जनकपुरधाम ५ चैत ।
जनकपुर उपमहानगरपालिका–८ स्थित वर्षा राइस मिलको गोदाममा बिहीबार बिहान करिब ८ बजे लागेको आगलागी नियन्त्रणमा आएको छ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना अन्तर्गत विष्णुदल गणबाट खटिएको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय निकायसँग समन्वय गर्दै आगो नियन्त्रणमा लिएको हो।
गोदाममा अचानक लागेको आगलागीका कारण धान तथा अन्य सामग्रीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।
स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा दमकलको संयुक्त प्रयासमा केही घण्टामै आगो नियन्त्रणमा ल्याइएको हो। घटनामा मानवीय क्षति भएको जानकारी हालसम्म प्राप्त नभएको जनाइएको छ।
