काठमाडौँ, १२ चैत।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन भएका छन्। रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो ।
बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाको संसदीय दलको बैठक सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ । केन्द्रीय समितिको बैठकले आज संसदीय दलका नेतामा बालेन्द्र शाहलाई चयन गरेलगतै दलको बैठक पार्टीको केन्द्रीय कार्यालय चमतीमा सुरु भएको हो । पार्टीका प्रवक्ता मनिष झाले बैठकमा केन्द्रीय समिति सदस्यहरुलाई पनि सहभागी गराइएको जानकारी दिए । संसदीय दल गठनसम्बन्धी केन्द्रीय समितिबाट पारित प्रस्ताव सभापति रवि लामिछानेले संसदीय दलमा प्रस्तुत गरेकाे झाले बताए ।
