काठमाडौ,१२ चैत । एमाले महासचिव शङ्कर पोखरेलले देश र लोकतन्त्रका लागि अबको बाटो सजिलो नभएको टिप्पणी गरेका छन ।
भदौ २३ र २४ को घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगको प्रतिबेदनमाथी टिप्पणी गर्दै उनले त्यस्तो प्रतिक्रिया जनाएका हुन ।
नेपाली राजनीती नयाँ मोडतर्फ अग्रशर भएको तथा अल्गोरिदम र चुनावी परिणामलाई बैधानिकता दिनेगरी प्रतिवेदन आएको उनको भनाइ छ ।
सामाजिक संजालमा उनले लेखेका छन :
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ । कार्की आयोग र आम निर्वाचन
०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।
निर्वाचन र आयोगको प्रतिवेदनसंगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर छ। अल्गोरिदमको प्रयोगवाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको छ । अबको बाटो सजिलो नहुन सक्छ—राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ।
यस्तो अवस्थामा, ‘नयाँ शक्ति’ र ‘नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्छ।
तर पनि सत्य कुरा के हो भने- लोकपृयतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको वाटो होइन र विचारधारात्मक राजनीतिको दिर्घकालिन विकल्प पनि होइन ।
