काठमाडौं, १४ चैत ।
पूर्वप्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजका लागि सचिवालय बैठक बोलाएको छ।
एमालेका सचिव महेश बस्नेतका अनुसार बैठक अहिले बिहान ८:३० बजे बस्नेछ।
अध्यक्ष ओली पक्राउको विरोधमा कार्यक्रम तय गर्न सचिवालय बैठक राख्न लागिएको उनले बताएका छन्।
प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ एमाले सचिव बस्नेतले भनेका छन्, अहिले बिहान ८:३० बजे बस्ने सचिवालयको बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ।
