काठमाडौ, १४ चैत ।
एमाले नेता तथा पुर्वमन्त्री गोकुल बाँस्कोटाले देश अँध्यारो सुरुङमा प्रवेश गरेको बताएका छन ।
सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको घटनाबारे टिप्पणी गर्दै बाँस्कोटाले देश बालेन युगतिर नभएर अध्यारो सुरुङतिर प्रवेश गरेको बतएका हुन्।
उनले पाकिस्तानी र बङ्गलादेशी मोड्ललाई नेपाली समाजले स्वीकार नगर्ने ठोकुवा पनि गरेका छन ।
“बालेन युगमा जान्छ भन्थे- ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौ होला । पार्ट थ्री कति समयमा पुग्ने हो?पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन । पुर्वाग्रह र प्रतिसोध फाईनल्ली राम्रो हुदै होईन।जस्लाई जे सुकै लागोस।” सामाजिक संजालमा उनले लेखेका छन ।
