काठमाडौ,१४ चैत । पार्टी अध्यक्ष पक्राउको बिरोधमा एमालेले देशभर राजनीतिक र कानुनी प्रतिवादसहित विभिन्न बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको बैठकले सबै राजनीतिक दल, नागरिक समाज र जनसमुदायसग मिलेर राजनीतिक र कानुनी प्रतिबाद गर्ने भन्दै देशब्यापी बिरोधका बिभिन्न कार्यक्रम तय गरेको सचिव महेश बस्नेतले बताए ।
यस्तो छ निर्णय : पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष क. केपी शर्मा ओलीलाई तत्काल रिहा गरियोस् भन्ने मागसहित आज बसेको नेकपा एमालेको सचिबालयको बैठकले निम्न कार्यक्रमहरू तय गरिएको छ:
१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।
