काठमाडौ, १४ चैत। एमाले स्थायी समिती सदस्य बिन्दा पाण्डे अध्यक्ष केपी शर्मा ओलीको पक्राउको बिरोध गर्दै प्रतिरोधमा उत्रिएकि छिन ।
एक वर्षअघि उनै ओलीको निर्देशनमा ६ महिनासम्म पार्टी अनुशासन उल्लंघनको अभियोगमा कारवाहीमा परेकी पाण्डे ओली पक्राउ गर्ने बालेन सरकारको बिरोध गर्दै प्रतिरोधमा उत्रिएकि हुन ।
“मुलुक अव ‘प्रतिशोध र प्रतिरोध’को भासवाट मुक्त हुन जरुरी छ ।
पाच वर्षको म्याण्डेडसहित गठन भएको सरकारले यति हतासमा हैन, विधि सम्मत रुपमा चल्नु पर्थ्यो । वलियो जनमतसहित गठन भएको सरकारले आफ्ना हरेक कदममा कम से कम कानूनी रुपमा प्रश्न उठ्ने ठाउ दिनु हुदैन थियो । सुझवुझ पुर्ण कदमले नै आम नागरिकको विश्वास जित्न सकिन्छ ।‘नायक फिल्म’ को तरिकाले क्षणिक ‘वाहवाही’ त प्राप्त होला, तर यो कति समय टिक्छ ? कार्यालय खुलेपछी यसको असर के हुन्छ ? वलियो कानूनी आधार विनाको कदमका कारण ‘पहिलो एक्सन नै गलत’ सावित हुदा सुशासनको आशामा रहेका मतदाता र आम नागरिकको सोचाईमा के छाप पर्ला ? सरकारले हरेक कदम सोचेर चलेकै राम्रो होला। कानून जाग्नुपर्छ, न्याय वाच्नु पर्छ । ‘अहंकार र दम्भ’ जोसंग भए पनि हानिकारक नै हुन्छ ।
कानूनकोसम्मान गर
विधिकोपालना गर ।
उनले सामजिक संजालमा लेखेकी छिन ।
