काठमाडौं, १७ चैत।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई हाजिर जमानीमा छाडिएका छन ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयनमा रिजाललाई हाजिर जमानिमा छाडिएको हो । रिजाललाई प्रहरीले मंगलबार बिहान सुविधानगरस्थित निवासबाट पक्रीएको थियो । जेन–जी आन्दोलन छानबिन आयोगको सिफारिसपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले रिजाललाई हाजिर जमानीमा छाड्ने निर्णय भएको बताए ।
