काठमाडौं, १८ चैत । नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ ।
भोली देखि संसदको अधिवेशन सुरु हुने भएकोले पार्टी कार्यलय ललितपुरको च्यासलमा बसिरहेको बैठकले संसदीय दलको नेता,प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ ।
फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सिट सहित २५ जना साँसद रहेका छन् । सासद तथा उपाध्यक्ष गुरु बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरुलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनेछन ।
दलको नेताका लागि युवा सासद सुहाङ नेम्बाङले औपचारिक दावी पेश गरेका छन ।
