काठमाडौं, २१चैत । सुन्दा अचम्म लाग्नसक्छ, एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र विष्णु रिमाल राजनीतिक संकटमा परेका छन् । निर्वाचनको सकिएको केही दिनबाट रिमाललाई ओली ग्याङले विश्वास गर्न छाड्दा उनको राजनीति संकटमा परेको हो । धेरैलाई लाग्नसक्छ यो हुन सक्दैन । तर यथार्थ यही हो । निर्वाचनको बेला झापामा एक पटक पनि नपुगेका र निर्वाचनको सर्वेक्षणको जिम्मा लिएका रिमालले अन्तिमसम्म पनि एमाले प्रत्यक्षतर्फ ४५ र समानुपातिकमा ३०सिट हिसाब बुझाएका थिए । साथै यो हिसाबमा तलमाथि नहुने भन्दै उनले सर्वेक्षण रिपोर्ट बुझाउदा ओली ग्याङ निर्धक्क चुनावमा गएको थियो ।
साथै अर्कोतर्फ बालेन्द्र साहले पटक पटक चुनावी सर्वेक्षण गरेको झापा –५ मा रिमालेको टिमले एक पटक पनि सर्वेक्षण गरेको थिएन । ओलीले एक पटक सर्वेक्षण गरिदिन गरेको आग्रहलाईपनि उनले सुनेको नसुनेझै गरेका थिए । ‘उहाँले त्यति ठूलो आइटीको टिम चलाउन भयो, ओली प्रधानमन्त्री हुँदा राज्यका सबै सेवा सुविधा र शक्ति परिचालन गर्नु भयो तर एक पटक झापा –५को सर्वेक्षण गर्न आइटी टिम पठाउनु भएन’, ओली निकट रहेका एक पदाधिकारीले भने । साथै ओलीले हार्ने भन्ने निश्चित जस्तै देखिएको भए उम्मेदवारी त्यो क्षेत्रबाट नदिनेसम्मको तयारीमा भएपनि जितिन्छ भन्ने रिपोर्ट सबैभन्दा खतरनाक भएको पनि ओली टिमको भनाई छ । ‘उहाँ यसै उपमहासचिव हार्नुभएको होइन रहेछ,उहाँले पाउने रिपोर्ट पुरै फेक रहेछ’,एक पदाधिकारीले भने ।झापामा चुनाव लडिरहेका ओलीलाई भेट्न रिमाल एक पटक पनि पुगेका थिएनन । साथै उनले झापा ५को वस्तुस्थितिको बारेमा जानकारी लिन पनि चाहेनन ।
ती पदाधिकारीका अनुसार ओली गुटले रिमाललाई अहिले त्यति विश्वास गरेकोछैन । हरेक मोर्चा र योजनामा रिमाललाई सहभागी गराउदै आएका महासचिव शंकर पोखरेलले पनि उनको विश्वास गर्न छाडेका छन् । ओली गुटमा अहिले फूट आएको एउटा उदाहरण त महासचिव शंकर पोखरेलले पहिलो पटक नेतृत्व छाड्न आग्रह गरेपछि नै पुष्टि भएको हो । जेनजी आन्दोलनपछि बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको सिफारिसमा पक्राउ परेपछि महासचिव पोखरेलले अस्पतालमा पुगेर नेता कार्यकर्ताहरुको भावाना बमोजिम नेतृत्व हस्तान्तरण गर्दा उपयुक्त हुने बताएका थिए । तर महासचिव पोखरेलले त्यसोभन्दा ओलीले सातो खाएका थिए । नेतृत्वलाई अप्ठेरोमा पार्नेले थप गर्न सक्दैन भन्दै झपारेका थिए । ‘यसपटक अलि अप्ठेरो होला जस्तो छ, साथीहरुले नेतृत्व हस्तान्तरण गर्दा उपयुक्त हुने राय दिन थाल्नु भएको छ, अध्यक्ष कमरेडले रिथिङ्क गर्ने बेला भयो भन्ने आवाज तलबाटै आयो’, शंकर पोखरेलले अस्पतालको बेडका पुगेर भनेका थिए । तर ओलीले यो विषय सुन्न पनि नचाहेको स्रोतको दावी छ ।
ओली पक्राउ परेपछि शिक्षण अस्पतालमा महासचिव पोखरेल भेट्न पुगेका थिए । त्यही बेला यो विषय उठाएका थिए । शंकर पोखरेल नै नेतृत्व छाड्नु पर्यो भनेपछि ओली अहिले तनावमा रहेका छन् । ‘ओलीकै विश्वासपात्र शंकरले पहिलो पटक यस्तो भन्ने दुस्साहस गरे’, एक नेताले भने‘ शंकरको यो भनाई ओलीले सुन्न पनि चाहेनन ।’ ओली र शंकरबीत अस्पतालमा झण्डै पार्टीको विषयमा एक घण्टा कुराकानी भएको थियो । शंकर पोखरेलले बाहिरको परिस्थिति र आन्दोलन तथा अदालतमा भैरहेको विषयहरुबारे पनि जानकारी गराएका थिए । यद्यपि ओलीले नेतृत्वको छाड्न दिएको सुझावमा केन्द्रीत भएर शंकरलाई बढी हप्काएका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleभूतपूर्व सैनिक सम्मेलन–२०८२ सुरु, कल्याण र पुनर्स्थापनामा जोड
Next Article बालेन सरकारलाई झट्का, शर्मा हिरासतमुक्त
