अमेरिकी बन्दुक नियन्त्रणः सुरक्षा उपायबारे सिनेटरहरूको क्रस–पार्टी समूह सहमत

अमेरिकी बन्दुक नियन्त्रणः सुरक्षा उपायबारे सिनेटरहरूको क्रस–पार्टी समूह सहमत


अमेरिकी बन्दुक नियन्त्रणः सुरक्षा उपायबारे सिनेटरहरूको क्रस–पार्टी समूह सहमत

अमेरिकी सिनेटरहरूको एउटा क्रस–पार्टी समूहले बन्दुक सुरक्षामा सम्भावित कानूनको लागि एउटा ढाँचामा सहमति जनाएको छ  । बन्दुक नियन्त्रणका सम्बन्धमा चौतर्फी दबाब बढिरहेका बेला समूहले सहमति जनाएको हो । 

समूहले तयार गरेको प्रस्तावमा २१ वर्ष मुनिका खरिदकर्तामा कडा जाँच र अवैध बन्दुक खरिदमा नियन्त्रण रहनेछन् । प्रस्तावलाई १० जना रिपब्लिकनहरुले समर्थन जनाएका छन् । राष्ट्रपति जो बाइडेनले समूहले ल्याएका योजनाहरु सहि दिशाका लागि महत्वपूर्ण कदम भएको बताएका छन् ।  

बन्दुकसम्बन्धी कानुनलाई कडाइ गर्ने यसअघिका प्रयास अमेरिकी कंग्रेसमा आवश्यक समर्थनको अभावमा बिफल भएका थिए । दुईवटा सामूहिक गोलीकाण्डको घटनापछि अमेरिकामा बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै शनिबार हजारौं प्रदर्शनकारीले अमेरिकाभर जुलुस निकालेका थिए । 

सिनेट समूहले एक विज्ञप्तिमा भनेको छ, ‘आज हामी अमेरिकाका बालबालिकाको सुरक्षा गर्न, हाम्रा विद्यालयहरूलाई सुरक्षित राख्न र हाम्रो देशमा हुने हिंसाको खतरालाई कम गर्नका लागि द्विपक्षीय प्रस्तावको घोषणा गर्दैछौँ ’, सिनेट समूहले एक विज्ञप्तिमा भनेको छ ।

राष्ट्रपति बाइडेनले सांसदहरूलाई प्रस्तावहरू चाँडै पारित गर्न आग्रह गरे ।  


प्रकाशित मिति: सोमबार, ३० जेठ, २०७९, ०७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९