सामुदायिक वनमा खयरका बिरुवा रोपिए

सामुदायिक वनमा खयरका बिरुवा रोपिए


सामुदायिक वनमा खयरका बिरुवा रोपिए

 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित देउले सामुदायिक वनमा खयरका बिरुवा रोपिएको छ । देउले सामुदायिक वन उपभोक्ता समूहले आइतबार खयरका १४०० बोट बिरुवा रोपेका छन् ।

पछिल्लो समय सल्लाको बोट मासिँदै गएकाले खयरको बिरुवा रोपिएको देउले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष घिमिरेले बताए । २८५ हेक्टरमा फैलिएको सामुदायिक वनको उपभोक्ता समूहले वर्ष दिनअघि खयरको बिरुवा खरिद गरेर ल्याएर बेर्ना तयार पारेर रोपेको हो । 

खयरको बोट हुर्केपछि भविष्यमा राम्रो मूल्यमा बिक्रीवितरण र आयआर्जन हुने भएकाले खयरको बिरुवा लगाइएको अध्यक्ष घिमिरेले बताए । समूहले खयरको बिउ खरिद गरेर ल्याएर समूहका सदस्यलाई बेर्ना उत्पादन गर्ने जिम्मा दिएको थियो । वृक्षारोपणमा समूहका २८ जनाको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: मंगलबार, ३१ जेठ, २०७९, ०८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९