काठमाडौँ । औँसी तिथि ज्योतिषिय दृष्टिले शुभ काम प्रारम्भ नगर्नु राम्रो हुन्छ । भारतीय पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीले औंसीमा शपथ लिएका थिए ।
शास्त्री सन् १९६४ जून ९ मा औँसी तिथिमा शपथ लिनुभएको थियो तर कार्यकाल पूरा नहुँदै रुसको तासकन्दमा उनको संदिग्ध रुपमा निधन भयो।
यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दुवैपटक प्रधानमन्त्री हुँदा औँसीमै शपथ गरेका थिए । औंसी तिथिमा नै सपथ गरेको हुनाले ओलीले पनि आफ्नो कार्यकाल पूरा गर्न नसकेर बीचैमा पदबाट हट्नु पर्यो ।
२०७५ फागुन ४ गते सपथ लिएका ओली वहुदलपछि शक्तिशाली पाँच बर्षका लागि प्रधानमन्त्री बनेका थिए । तर नेकपाको एकताप्रक्रिया नै बीचमा तुहिएपछि उनी तीन बर्षमा नै प्रधानमन्त्री कुर्सी छाड्न वाध्य भए ।
कृष्णपक्ष भनेको पितृपक्ष र चर्तुदशी र औंसीमा चन्द्रमा शून्य अवस्थामा हुन्छ । त्यसैले औँसीमा कुनै काम गर्न शुभ हुँदैन ।
औँसीमा शपथ लिएर काम सुरु गर्दा कार्यकाल पूरा नहुने वा पूरा भए पनि सफलता नमिल्ने हुनसक्छ। काठमाडौँ महानगरका मेयर वालेन शाहले पनि औंसीमा नै सपथ लिएका छन् । शुरुमा राम्रो काम गर्न खोजेका उनी अहिले विस्तारै विवादमा आउन थालेका छन् ।
एमालेका सचिव योगेश भट्टराईको पनि सपथ ग्रहण औँसी तिथिमा भयको हुदा विभिन्न विवाद र कार्यकाल पुरा नहुदै समाप्त हुन गयो ।
हालै नियुक्त भएका नेकपा (एकीकृत समाजवादीं) मन्त्रीहरुको सपथ पनि कृष्णपक्ष चतुर्दशी तिथि, समय बारवेला राहुकाल, उद्देग समयमा लिएका छन् । त्यसैले ती मन्त्रीले पनि मन्त्रालयमा फोटो झुन्डाउने काम बाहेक केहि गर्न सक्दैनन् ।
हुनत पूर्विय शास्त्र नमान्नेलाई मन्त्रीपदमा बस्न हतार, हुन्छ र सोही अनुसार उनीहरुले तिथि नहेरिकन पदमा बस्ने गर्दछन । तर उनीहरु असफल हुन्छन् ।
प्रस्तुती : ज्योतिष दुर्गाप्रसाद उपाध्याय
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९