मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) ः–मेष राशीका ब्यक्तिका लागि २०७९ असार महिनाको तेस्रो साता प्रभावले रोगबाट मुक्ति मिल्नेछ । राजकीय पद प्राप्त हुनुका साथैं कार्यमा सफलता हुनेछ बिरोधी पक्ष्यहरु परास्त भयर जानेछन् ।
बुध तेस्रो स्थानमा हुँदा दाजुभाई बिचमा सम्बन्धमा सुधार हुनेछ । बृहस्पतिको सन्तान सुखमा कमि हुनुका साथैं सन्तान टाढिने सम्भावना रहेको छ ।
यात्राको अवसर मिलेता पनि यात्रामा कष्ट हुनुका साथैं धननोक्सानको सम्भावना रहेको छ । मित्रजनबाट धोखा मिल्ने देखिन्छ । अकस्मात धन लाभका साथैं शरीरमा स्वस्थ रहने छ ।
नयाँ वस्त्र आभूषणमा खर्च बढने देखिन्छ । दामपत्य जीवनमा सुख, अध्ययनमा सफलता हुनेछ । विरोधी पक्षयहरु परास्त हुनेछन् ।
शनि ग्रहका कारण दशौं स्थानमा रहेको हुँदा छाती सम्बन्धी समस्याले सताउने देखिन्छ । राहु ग्रह प्रथम स्थानमा रहेको हुदा मानसिक तनाब उत्पन्न हुनुका साथैं केतु ग्रहको कुप्रभावको कारण अकस्मात धन हानी हुनेछ ।
शुक्र ग्रह दोस्रो स्थानमा हुदा मनमा खराब कुरा उत्पन्न हुनुका साथैं खराब कुरामा मन लाग्नुका साथैं ब्यर्थमा यात्रा हुने देखिन्छ । धन नोक्सान हुनुका साथैं आखा सम्बन्धी समस्याले सताउनेछ ।
बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) ः–बृष राशीका ब्यक्तिका लागि २०७९ असार महिनाका तेस्रो साता सूर्य ग्रहको प्रभावको कारणले मित्रजनबाट वादबिवादमा पर्ने देखिन्छ ।
दाम्पत्य जीवनमा कलह, संन्तान सुखमा कमि हुनेछ । नयाँ स्थानबाट धन आर्जन हुनुका साथैं बोलीमा प्रभावकारीता बढनुका साथैं नयाँ आयश्रोतका बाटो खुल्नेछ । धनबृद्धि हुनेछ । बिरोधी पक्ष्य परास्त हुनेछन् ।
धनसम्पतिमा हानी हुनेछ । स्वास्थ्य अवस्था ठिक रहने नैं छ । बिरोधी पक्ष परास्त हुनेछन् । दिदीबहिनी सित सम्बन्धमा राम्रो हुनेछ । धन प्राप्तका साथै भूमि सम्बन्धी कार्यबाट लाभ हुनेछ । धन नोक्सानका साथैं घरदेखी टाढा जान पर्नेछ । भने आँखा सम्बन्धी समस्याले सताउने देखिन्छ ।
राज्य पक्ष्यवाट मान हानी हुनुका साथै बिविध समस्या पर्नु पर्ने देखिन्छ । राज्यपक्ष्यबाट सम्मान, शुभ कार्यमा मन लाग्नेछ ।
शुक्र ग्रहको कारण धन लाभ, संन्तान सुख, ब्यापारमा लाभ हुनेछ । दुःख, रोगका साथैं शत्रुबृद्धि हुनेछन् । तिर्थ यात्राको अवसर मिल्नेछ । प्रशासनीक झमेलामा पर्ने देखिन्छ । शिर,आँखा सम्बन्धी समस्याले सताउने देखिन्छ । धन नोक्सानका साथैं घर छोडि टाढा जानुपर्ने देखिन्छ । आँखामा समस्या बढने देखिन्छ ।
मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)राशी ः –मिथुन राशीका ब्यक्तिका लागि २०७९ असार महिनाको तेस्रो साता सुर्य ग्रहको प्रभावको कारण रंक्त सम्बन्धी समस्याले सताउनेछ । कार्यमा अवरोध हुने देखिन्छ ।
खानपिन गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ पेटमा गडबडिको समस्या देखा पर्नेछ ।
सन्तान सुखमा कमि हुनुका साथैं दामपत्य जीवनमा खटपट बढने देखिन्छ । खराब मान्छेको संगतले कार्यमा अवरोध ब्यहोर्न पर्ने देखीन्छ । शुभ कार्यमा मन लाग्नुका देखिन्छ ।ं
शनिको प्रभावले धन हानी, संन्तान कष्ट, बिरोधी पक्ष्यबाट दुःखकष्ट ब्यहोर्न पर्ने देखिन्छ । बिरोधी पक्ष्यबाट नोक्सान, संन्तान कष्टका साथैं आँखामा समस्या हुनेछ । मानसिक तनाब ब्यहोर्न पर्ने देखिन्छ । खराब कार्यमा मन लाग्नुका साथैं अध्ययनमा अवरोध हुनेछ । घरदेखी टाढा रहनु पर्ने देखिन्छ । पेशा ब्यवसायमा अवरोध, धन चोरीको डर रहेको छ
। बोल्दा अलि सावधानी अपनाउनु पर्ने देखिन्छ मनमा खराब कुरा उत्पन्न हुन सक्नेछन् । सानातिना झमेलामा पर्नु पर्ने देखिन्छ । यात्रामा अपमान ब्यहोर्न पर्ने देखिन्छ । अकस्मात धनलाभ हुनेछ ।
सिङ्गारिक सामान, बस्त्र लगायत सामाग्रीमा धन खर्च, ब्यापारमा हानी हुने देखिन्छ । धन दौलत हानी हुने देखिन्छ । कार्यमा अवरोध भई कार्यमा ढिलाई समेत हुनेछ ।
कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) ः– कर्कट राशीका ब्यक्तिका लागि २०७९ असार महिनाको तेस्रो साता सुर्य ग्रहको कारण समुद्र पारको यात्राको अवसर मिल्नेछ । गरेको कार्यमा नोक्सानी ब्यहोर्न पर्ने देखीन्छ । अनावश्यक खर्च बढने देखिन्छ । विविध प्रकारका कठिनाई ब्यहोर्न पर्ने देखिन्छ । मौसमी सम्बन्धी रोगले सताउने छ । आँखामा समस्या देखा पर्नेछ ।
चन्द्रमाको कारण सुख आनन्द प्राप्त हुनेछ । भौम ग्रहका कारण शरीरमा देखा परेका रोगहरु निको भएर जानेछन् । पारीवारीक तथा दामपत्य सुख प्राप्त हुने देखिन्छ । राहु ग्रहको प्रभावले तिर्थ यात्राको अवसर मिल्नेछ । अपमान ब्यहोर्न पर्नेछ ।
कार्यमा अवरोधका साथैं बिरोधीपक्षबाट नोक्सान खु तथा मानमा कमि हुनेछ । केतु ग्रहको कुप्रभावले भूमि हानी, घर गृहस्थीको सुखमा कमि रहेको छ । शरीरमा अलि आलस्यता पन देखा पर्नेछ । धन तथा सुखमा अलि कमि रहने छ ।
बालविवाद बढनुका साथैं कार्यमा अवरोध हुनेछ । बिरोधी पक्ष्यवाट अपमान ब्यहोर्न पर्नेछ । स्वास्थ्यमा समस्या बढने देखिन्छ । बृहस्पती ग्रहको प्रभाव धनलाभ हुने देखिन्छ । संन्तान सुख प्राप्त हुनेछ । सन्तानबाट लाभ हुनेछ ।
कार्यमा सफलताका साथैं भाई बन्धुबाट लाभ हुनेछ । धनलाभ, कार्यमा सफलता हुनेछ । दामपत्य सुख, मित्रलाभ हुनेछ । शनि ग्रहको कारण घरदेखी टाढाको यात्रा गर्नु पर्नेछ । गुप्त रोग देखा पर्नेछ । यात्राको अवसर मिलेता पनि कष्ठ हुनेछ ।
सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) ः– सिह राशीका ब्यक्तिका लागि २०७९ असार महिनाको तेस्रो साता रोगबाट मुक्त, संन्तान तथा धनलाभ हुने देखिन्छ । मित्रजनबाट भेटघाट हुनेछ । संन्तान र मित्रजनवाट धन लाभ हुनेछ । शारीरिक कष्ट हुनेछ ।
आँखा सम्बन्धी समस्याले सताउने देखिन्छ । धन सम्पति नोक्सानका साथैं मान हानी हुने देखिन्छ । संन्तान सुखमा कमिका साथैं मानसिक चिन्ता बढने देखिन्छ । खर्चमा बृद्धि हुनेछ ।
भौमग्रहको कारण घर जग्गाको कार्यमा हानी ब्यहोर्न पर्ने देखिन्छ । बिरोधी पक्ष्य परास्त हुनेछन् । स्वास्थ्यमा सुधार हुनेछ । दामपत्य जीवनमा सुख प्राप्त हुनेछ । धार्मिक कार्यमा मन कम लाग्नेछ । मानसिक तनाब बढनेछ ।
दाजुभाई बीचमा कलह बढने छ भने शत्रुबृद्धि हुनेछन् । शरिरमा बिभिन्न प्रकारका घाउँ खटिराहरुले सताउने देखिन्छ । आँखा सम्बन्धी समस्या देखा पर्नेछ । दुर्घटनाको योग समेत रहेको छ । आफुभन्दा सानो भाईलाई चोटपटकको सम्भावना रहेको छ ।
खराब कार्यमा मन लाग्नेछ । बिरोधी पक्षवाट डर रहेको छ । बुधको प्रभाव सुख, एस, स्वास्थ्यमा सुधारका साथैं सुख मिल्नेछ । संन्तान सुख मिल्नेछ । शुभ कार्यमा मन लाग्नेछ । गुरुको प्रभावले रोग, भोग, शोकका साथैं चोरको डर समेत रहेको छ । कम बोल्दा लाभहुने देखिन्छ । शारीरिक कष्ठ बढने देखिन्छ । राज्यपक्ष्यबाट लाभ हुनेछ । पेशा ब्यवसायबाट लाभ हुनेछ । स्त्रीवाट सुख प्राप्त हुनेछ । शनिको प्रभावले धन, अन्न, सुख प्राप्त हुनेछ ।
कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)ः–कन्या राशीका ब्यक्तिका लागि २०७९ असार महिनाको तेस्रो साता धन लाभ, मित्रबाट सुख प्राप्त हुनेछ । राज्यपक्ष्यबाट सुख प्राप्त कार्यमा सफलता सरकारी सेवामा उन्नती हुनेछ ।
शुक्र ग्रहको प्रभावबाट आभूषण प्राप्त हुुनुका साथैं शरीरमा स्वास्थमा सुधार हुनेछ । धनलाभ समेत हुनेछ । राज्यद्धारा लाभ हुनेछ । लामो यात्रा हुनेछ ।
कुबुद्धिका कारण मनमा अनेक किसिमको खराब कुराहरु उत्पन्न हुनेछन् ।राज्यद्धारा लाभ प्राप्त हुनेछ । लामो यात्रा समुद्रा पारको यात्रा समेत हुनेछ । संन्तान सुखमा अवरोध बढने छ । रोगले सताउने देखीन्छ भने राहुको प्रभावबाट अकस्मात धन नोक्सान हुनुका साथैं आँखामा समस्या बढने देखिन्छ ।
बुध ग्रहको प्रभावबाट दाजुभाई सित बाल बिवाद बढने देखिन्छ । दुःख, मानसिक तनाब, आँखामा समस्या बढने छ । दाजुभाई घर गृहस्थी सुख प्राप्त हुनेछ । मित्रजनबाट धनलाभ समेत हुनेछ । गुरुको प्रभावबाट चिन्ता बढने देखिन्छ ।
सन्तान सुखमा अलि कमि रहेको छ । आय आर्जनमा रोकावट हुनेछ । चन्द्रमाको प्रभाववाट आय आर्जनमा बृद्धि, ब्यापारमा लाभ, संन्तान सुख हुनेछ । भौंमको कारण दामपत्य सुख मिल्नेछ भने तरल पदार्थबाट लाभ हेनछ । मानसिक तनाब बढने छ । स्वास्थयमा अलि खराब हुनेछ ।
तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) ः–राशीका ब्यक्तिका लागि २०७९ असार महिनाको तेस्रो साता अलि सूर्यको प्रभावले झुटा आरोप लाग्ने सक्नेछन् ।
बिना कारण धन हानी नोक्सानी ब्यहोर्न पर्ने देखीन्छ । आय आर्जनमा कमि हुने देखिन्छ । भौम ग्रहको कारण धन प्राप्त हुनेछ । बिरोधी पक्ष्य निस्क्रिय हुनेछन् । आयमा बृद्धि हुनेछ । स्वास्थमा खराब हुनेछ । कार्य सिद्धि हुनेछ ।
मानसिक सुख शान्ति प्राप्त हुनेछ । सामाजिक कार्यमा मन लाग्नेछ । रोगले सताउनेछ । संन्तान टाढा हुनेछन् । धनहानी हुनेछ । सरकारी कार्यमा हानी हुुनेछ । बिलासी सामानमा खर्च बढने छ ।
बिद्यामा कम मन लाग्नेछ । शत्रु र रोग बढने छ । यात्रामा कठिनको अवस्था सृजना हुनुका साथैं अपमान ब्यहोर्न पर्ने देखिन्छ ।
चन्द्रमाको कारण कार्यमा सिद्धि प्राप्त हुनेछ । नोकरी पेशामा उन्नती हुनेछ । घर गृहको सुख मिल्नेछ । राहुको कारण ब्यापारमा हानी, पारीवारीक कलह बढने छ । शरीरमा पित्त बढने छ । केतुको कारण शरीरमा चोटपटकको सम्भावना बढेर गयको छ ।शारीरीक कष्ठ हुनेछ ।
बृश्चिक (राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) ः–बृश्चिक राशीका ब्यक्तिका लागि २०७९ असार महिनाका तेस्रो साता सूर्य ग्रहका कारण बिरोधीहरु बढनेछन् । शरीरमा पिडा बढने छ ।
चन्द्रमाको प्रभावले राज्यबाट भय सृजना हुनेछ ।
पारिवारीक प्रेममा कलह बढने छ । भौम ग्रहको प्रभावले धन हानी हुनेछ । हरेक काममा असफलता बढने छ । राज्यबाट सम्मान प्राप्त हुनेछ । बिरोधी पक्ष्य परास्त हुनेछन् ।
राज्यबाट मान सम्मान मिल्नेछ । भौंमको प्रभाववाट धन र स्वास्थ्यमा सुख प्राप्त हुनेछ । बिरोधी पक्ष्यबाट पिडा हुनेछ ।
बुध ग्रहको प्रभावले डर त्रासमा रहनु पर्नेछ । मनमा आट कम आउने छ । कार्यमा हानी हुनेछ । सामाजिक ह्ैसियतमा कमि हुनेछ । पद प्राप्त ब्यवसायमा उन्नती हुनेछ ।
प्रेममा सफलता, गुप्त रोगले सताउने छ । यात्रामा कठिन हुनेछ । शनि ग्रहको प्रभावले आरोग्य पराक्रम बढनेछ । कार्यमा सफलता हुनेछ । यात्रामा कष्ठ सुखमा कमि हुनेछ ।
राज्यपक्ष्यबाट कष्ट बढने छ । राहुको प्रभावले दीर्घकालीन रोगले सताउने छ । मामालाई नोक्सान हुनेछ । मानहानी ब्यहोर्न पर्नेछ । पित्त रोगले सताउने देखिन्छ । केतु ग्रहको प्रभावले आँखामा कष्ट, मातृभुमि यिबोगका साथैं अशान्त बढने छ ।
धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) ः– धनु राशीका लागि २०७९ साल असार महिनाको तेस्रो साता सूर्य ग्रहको प्रभावले दामपत्य जिवनमा वैमन्यस्ता बढने छ ।
स्त्री र संन्तान बिरामी हुनेछन् । कार्यमा अवरोध हुनेछ ।
ब्यवसायमा बाधा हुनेछ । यात्रा कष्टकारी हुनेछ । टाउको समन्धी समस्याले सताउने छ । मान हानी बढने देखिन्छ । चन्द्रमा सम्बन्धी प्रभावले छाति सम्बन्धी मौसमी रोगले सताउने छ ।झगडा, मानसिक तनाब बढने छ । कष्ट ब्यहोर्न पर्ने देखिन्छ ।
भौंमको कारण शत्रु बृद्धि हुनका साथैं आफन्तजनबाट बिरोध आउनेछ । धनका साथैं उपभोग्य बस्तुमा कमि हुनेछ । गृहसुखमा कमि हुनेछ । मौसमी रक्त बिकार रोगले सताउने छ । मान सम्मानमा अलि कमि आउनेछ । बुधको कारण यात्रामा कठिन हुनेछ । चिन्ताले सताउने छ । धननास हुनेछ । गुरुको प्रभावले मनमा अशान्ति बढने देखिन्छ
। धन एवं कान्तिमा हानी हुनेछ । बिरोधीबाट अलि कष्ट हुनेछ ।
राज्यपक्ष्यबाट भयत्रास रहेको छ । शुक्रको प्रभाववाट साझेदारी पेशामा झगडा हुनेछ । महिलाको कारण अपमान ब्यहोर्न पर्नेछ । यात्रामा कठिन रहेको छ । शनिको कारण बिना कारण झगडा बढने छ ।
धनको नोक्सान हुनेछ । शारीरिक कष्ट प्राप्त हुनेछ । बिदेश यात्राको अवसर रहेका ेछ । राहुको कारण अध्ययनमा अवरोध ब्यापारमा हानी रहेको छ । मित्रजनबाट सहायता मिल्नेछ । वायु दोष लाग्नेछ ।
मनमा क्लेश बढने देखिन्छ । केतुको कारण धन रोकावट सानोतिनो रोगले सताउने देखिन्छ भने मित्रजनबाट धनलाभ हुनेछ ।
मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) ः– मकर राशीका लागि २०७९ असार महिनाको तेस्रो साता सूर्य ग्रह अनुकुलता रहेको हुदा शारीरिक सुख प्राप्त हुनेछ । बस्त्रादिबाट लाभ हुनेछ ।
बिरोधीहरु पराजित हुनेछन् । रोगनास हुनेछ । राज्यवाट लाभ हुनेछ । चन्द्रमा ग्रहको प्रभावले धन लाभ हुनेछ । प्रयाप्त सुख मिल्नेछ । पेशा ब्यवसायमा लाभ मिल्नेछ । बाहन सुख मिल्नेछ । भौम ग्रहको प्रभावले शरीरमा साहस बढनुका साथैं उमङ्गता बढने छ ।
शत्रु पराजय हुनेछन् । तर्क शक्ति बढने छ । बुध ग्रहको प्रभावले बस्त्रको सुख मिल्नेछ । पुस्तक अध्ययनमा मन लाग्नेछ । सबै कार्यबाट मान सम्मान प्राप्त हुनेछ । लेखन तथा वाक कार्यमा ख्याति मिल्नेछ । कुलकुटुम्बबाट झगडा हुने सम्भावना रहेको छ । रोजगारमा झन्झट बढने छ । नोकरी छुटने सम्भावना रहेको छ ।
राज्यपक्ष्यबाट कष्ट प्राप्त हुनेछ । मान हानी हुनेछ । यात्रा कठिन हुनेछ । संन्तान सुख प्राप्त हुनेछ । शुक्र ग्रहको प्रभाले साझेदारी पेशामा बिविध समस्या आउनेछन् । अन्नधन प्राप्त हुनेछ ।
बिरोधी पक्ष्य परास्त हुनेछन् । पुत्र सुख प्राप्त हुनेछ । अन्न धन प्राप्त हुनेछ । पुत्र सुख हुनेछ । शारीरिक तथा मानसिक पिडा हुनेछ । भाई बहिनी सित मन मुटाब बढने छ । शस्त्र तथा पत्थरबाट चोट पटक लाग्नेछ । राज्यवाट बिद्रोह, घरदेखी टाढा, घरदेखी टाढा घर सुखमा कमि हुनेछ । राज्यबाट हानी हुनेछ । कार्यमा निष्फल हुनेछ । मनमा अशान्ति बढने छ ।
कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) ः– कुम्भ राशीका ब्यक्तिका लागि २०७९ सालको असार महिनाको तेस्रो साता सूर्य ग्रहको प्रभावले मानसिक भ्रम उत्पन्न हुनेछ । शारीरिक एवं मानसिक शक्तिमा कमि आउनेछ ।
धनहानीका साथैं सन्तानमा रोग उत्पन्न हुनेछ । राज्यपक्ष्यबाट बिवाद यात्रामा दुर्घटना बढेर जानेछ । चन्द्र ग्रह अनुकुल रहदा बिरोधीपक्ष्यबाट धनलाभ हुनुका साथैं आनन्द प्राप्त हुनेछ । घरगृहमा सुख प्राप्त हुनेछ । बिरोधी पक्ष्य पराजित हुनेछन् ।
भौमग्रह प्रतिकुल रहदा कार्यमा असफलता हुनेछ । कठोर बोली उत्पन्न हुनेछ । संन्तानबट झगठा बढने छ । आर्थिक हानी हुनेछ । प्रेममा सफलता हुनेछ । बुध ग्रहको प्रभावले कुलकुटुम्बबाट सुख प्राप्त, प्रेम तथा पुत्र लाभ हुनेछ ।
परोपकार कार्यमा मन लाग्नेछ । मनकामना प्राप्त भई धन प्राप्त हुनेछ । बाहन सुख प्राप्त हुनेछ । प्रेममा सफलता हुनेछ । शनि ग्रह प्रतिकुल रहदा कुटुम्बबाट टाढा रहनु पर्नेछ । अनावश्यक धन नोक्सान हुनेछ । स्वास्थ्यमा खराब हुनेछ । यात्रामा कष्ट हुनेछ ।
राहु ग्रहको प्रभावले शत्रु परास्त हुनेछन् । सअकस्मात धनलाभ हुनेछ । राज्यपक्ष्यबाट बिद्रोह बढने छ । सुखमा कमि हुनेछ । केतु ग्रहको प्रभावले अकस्मात धाग्यमा बृद्धि हुनुका साथैं मित्रजनबाट लाभ हुनुका साथैं संन्तान सुख हुनेछ ।
मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) ः– मीन राशीका ब्यक्तिका लागि २०७९ असार महिनाको तेस्रो साता सूर्य ग्रहको प्रभावले मानसिक शारीरिक पिडा हुनेछ । घरेलु झगडाको कारण सुखमा कमि हुनेछ ।
भूमि सम्बन्धी बिवाद हुनेछ । यात्रा कठिन हुनेछ । चन्द्रमा ग्रह प्रभावले अध्ययनमा सफलता यात्रामा दुर्घटना बढने छ भने कार्यमा अवरोध हुनेछ । मनमा अशान्ति, धनहान हुनेछ । कामुकता बढने छ ।
भौम ग्रहको प्रभावले कार्यमा अवरोध रक्त बिकार बढने छ । शारीरिक कष्टका साथैं स्त्रीमा पनि ज्वरोको समस्या हुने छ । दुर्घटना बढने छ । बुध ग्रह शुभ रहदा धनप्राप्तका साथैं माताबाट सुख प्राप्त, संन्तान बृद्धि, घरेलु कायमा सुख मिल्नेछ ।
गुरु ग्रहको प्रतिकुलको कारण रोजगार ब्यवसायमा बाधा हुनेछ । राजभय मानसिक पिडा हुनेछ । यात्रामा कष्ट हुनेछ । शुक्र ग्रहको कारण सुख प्राप्त शत्रु पराजय, धन लाभका
साथैं नोकर चाकरबाट समेत धनलाभ हुनेछ ।
राज्यवाट मान सम्मान प्राप्त हुनेछ । शनि ग्रहको शुभ रहदा स्त्री, फलाम भूमि, मेसिन ढुङ्गा सिमेन्ट कोईलाबाट लाभ हुने देखिन्छ । कुलकुटुम्बबाट टाढा रहनु पर्नेछ । स्वास्थयमा समस्या हुनेछ । संन्तानबाट कष्ट ब्यहोर्न पर्नुका साथैं मृत्यु तुल्य कष्ट रहेको छ । राहु ग्रहको प्रभावले अकस्मात धन हानी बिद्यामा मन नलाग्ने । शत्रु बृद्धि हुनेछन् ।
केतु ग्रहको प्रभावले अकस्मात धन हानीका साथैं बिदेश यात्राको सम्भावना रहेको छ । पायल्स समस्धी समस्याले सताउने देखिन्छ ।
ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला ।
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७,
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९