२०७९ असार २६–३२ साप्ताहिक भाग्योदय राशी

२०७९ असार २६–३२ साप्ताहिक भाग्योदय राशी


२०७९ असार २६–३२ साप्ताहिक भाग्योदय राशी


मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) ः–असार महिनाको अन्तिम साता कडा मिहिनेत गर्नु पर्ने सिर सम्बन्धि समस्याले सताउने छ । शुभकार्यमा धन खर्च गराउछ । सेयर कारोबारमा हानी रहनछ । सरकारी जागिरमा रहेकाहरु कु कर्ममा लागि मानी हानी गराउँछ ।  शुभ कार्यमा धन खर्च गराउँछ ।

धनसम्पति आए पनि रक्त सम्बन्धी समस्याले सताउनेछ । प्रेम तथा दामपत्य जीवनमा खटपट रहनेछ । पेल, फलाम खनिज सम्बन्धी कार्यबाट लाभ दायक रहेको छ । मनमा खिन्नता बढने देखिन्छ । 

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) ः–असार महिनाका अन्तिम साता शारीरिक सुखप्राप्त रहनेछ । सञ्चित धन शुभ कार्यमा खर्च गराउछ । साताको मध्यपछि खराब कर्ममा लाग्ने ग्रह गोचर रहेको छ ।

विद्यार्थी बर्गका लागि अध्ययनमा सफलताका साथैं आर्थिक लाभ रहने छ । मौसमी रोगले सताउने देखीन्छ । दुष्ट कर्म गराउने अवस्था रहेको छ । भगवान भगवतिको आराधना गर्दा शुभ दायक नैं रहने देखिन्छ । 

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) ः –असार महिनाको अन्तिम शारीरिक सुख, मनमा उमङ्गता पैदा हुनेछ । संन्तान टाढा हुनेछन् । गाडीबाहनमा चोटपटकको सम्भावना रहेको छ । सेयर कारोबार तथा राज्यपक्ष्यबाट लाभ रहेको  छ ।

विरोधी पक्षबाट काममा अवरोध रहेको छ । प्रेम तथा दामपत्य जीवनमा सुखमय रहेको छ । कार्यमा ढिलो हुन गई अलि दिक्दार बढनुका साथैं खिन्नता पन देखा पर्ने छ । 

कर्कट राशी (हि,हु,हे,हो,डि,डु,डे,डो) ः–असार महिनाको अन्तिम साता घर गृहस्थी सुखमा कमि, सियर तथा ब्यापार कारोबारमा हानी, मित्रजनबाट धोखा रहेको छ । प्रेम तथा दामपत्य जीवनमा खटपट भई विरत्त गराउनुका  साथैं टाढा हुने देखिन्छ ।

मित्रजनवाट धोखा खानुपर्ने देखिन्छ । धार्मिक तथा परोपकारी कार्यमा धन खर्च गराउनेछ । विद्यार्थी बर्गका लागि अध्ययनमा सफलता रहेको छ । मौसमी रोगले सताउने देखिन्छ । 

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) ः–असार महिनाको अन्तिम साता अनेक प्रकारका कष्ट दिने छ । खराब कर्मको कार्य गराउछ । राज्यपक्षबाट अनेक किसिमका लाभ गराउँछ ।

आर्थिक लाभका साथैं बिद्यार्थी वर्गमा अध्ययनमा रुची गराउँनेछ । व्यापार कारोबारमा मित्रजनबाट लाभ, घरगृहस्थीको सुख प्राप्त रहेको छ ।

संन्तान सुख प्राप्त रहेको छ । गुरु, संन्यासीहरुको अपमान गराउछ । कानको समस्या देखा पर्नुका साथैं धार्मिक कार्यमा रुची बढने छैंन । 

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) ः–असार महिनाको तेस्रो साता सञ्चित धन नोक्सान गराउँछ ।

नयाँ कार्यको सुरुवात रहन्छ । प्रेम तथा दामपत्य जीवनमा सुखमय रहेको छ । रक्त सम्बन्धी समस्याले सताउनुका साथैं चोटपटकको सम्भावना रहेको छ ।

राज्यपक्षबाट लाभदायक नैं रहेको देखीन्छ । ब्यापार ब्यवसायमा लाभ नैं रहेको छ । घरगृहस्थीको सुखमा प्राप्त ।

ब्यापार ब्यवसायमा लाभ रहेको छ । विद्यार्थीवर्गका लागि अध्ययनमा रुची रहनेछ । कडा संघर्ष गर्नुपर्ने देखिन्छ । 

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) ः–असार महिनाको तेस्रो साता अनेक किसिमका संकट आई पर्नुका साथैं अलि दुःखकष्ट गर्नु पर्नेछ ।

धर्म कर्ममा मन लाग्नुका साथैं धार्मिक यात्रा समेत गर्नु पर्ने देखिन्छ  । अलि विरक्त गराउने देखिन्छ । कुलकुटुम्ब, दिदीबहिनी सितको साथ सहयोग मिल्नेछ । अध्ययनमा मन लाग्नेछैन ।

खराब कर्ममा मन लाग्नुका साथैं चोटपटकको सम्भावना रहेको छ । प्रेम तथा दामपत्य जीवनमा खटपट रहने देखीन्छ । वैदेशिक यात्रामा दुःखकष्ट ब्यहोर्नु पर्ने देखिन्छ । 

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) ः–असार महिनाका अन्तिम साता शारीरिक सुख प्राप्त हुनुका साथैं सोचेको आटेको काम पूर्ण हुनेछ । बिरोधी पक्षहरु परास्त भई विरोधीबाट धनलाभ हुने देखिन्छ ।

शारीरिक चोटपटक लाग्नुका साथैं अग्नि भय रहेको छ । विद्यार्थीवर्गका लागि कडा मिहिनेत गर्नु पर्ने देखीन्छ । कुलकुटुम्बबाट साथ मिल्नेछ ।

प्रेम तथा दामपत्य जीवनमा सुख प्राप्त हुनुका साथैं सुखमय जिवन रहने देखीन्छ । सञ्चित धन बृद्धि हुनुका साथैं कुलकुटुम्बको साथ सहयोग अवश्य मिल्ने देखिन्छ । 

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) ः– असार महिनाको अन्तिम साता अनेक किसिमको धन आर्जन हुनुका साथैं शारीरिक सुख प्राप्त हुनेछ । संन्तान सुखमा कमि हुनुका साथैं अध्ययन कार्यमा अलि मन कम लाग्नेछ । प्रेम तथा दामपत्य जिवनमा सुखमय रहेको छ ।  

कुलकुटुम्बले अलि दुःखकष्ट दिने छन् । सेयर कारोबार गर्नेहरुलाई लाभदायक समय नै रहनुका साथैं घरगृहस्थीको सुख प्राप्त हुनेछ भने मातृ सुख प्राप्त हुनेछ । सानो तिनो मौसमी रोगले सताउने देखिन्छ । बोल्दा अलि सावधानी अपनाएर बोल्नुपर्ने देखिन्छ । 

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) ः–असार महिनाको अन्तिम साता मनमा बैराग्यतापन उत्पन्न हुनेछ । दाजुभाई वीचमा सम्बन्धमा सुधार हुुनेछ ।

बोलीमा प्रभावकारीता बढने छ भने आर्थिक पक्ष्यमा नयाँ स्थानहरुबाट धन लाभ हुने देखिन्छ । विरोधी पक्षहरु परास्त हुनेछन् । प्रेम तथा दाम्पत्य जीवनमा सुखमय रहेको छ । 
व्यापार ब्यवसायमा साथीभाईको कारण नोक्सान ब्यहोर्नु पर्नेछ ।

घर गृहस्थीको सुखमा कमि रहनेछ । बिद्यार्थी बर्गमा अध्ययनमा कार्यमा शुभ रहनेछ । राज्यपक्षबाट विविध किसिमका अपमान ब्यहोर्न पर्ने देखिन्छ । 

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) ः–असार महिनाको अन्तिम साता सञ्चित धनहरु बृद्धि हुनुका साथैं कुलकुटुम्बको साथ सहयोग प्राप्त रहनेछ । विद्यार्थी वर्गका लागि अध्ययन कार्यमा शुभफल प्राप्त हुनेछ ।

सरकारी सेवामा प्रवेश गरेकाहरुका लागि राज्यपक्ष्यबाट लाभ नैं रहने देखिन्छ । प्रेम तथा दामपत्य जीवनमा सुखमय रहने देखिन्छ । सियर कारोबारमा लाभप्रदाक रहेको छ ।

दाजुभाई बीचमा सम्बन्ध चिसो पन बढनुका साथैं रिसलाई बहसमा राख्नुपर्ने देखिन्छ । घर गृहस्थीको सुख प्राप्त हुनुका साथैं साझेदारी ब्यापार ब्यवसायमा लाभ दायक नैं रहनेछ देखिन्छ । वैदेशिक यात्राको अवसर रहेको छ । मनमा बैराग्यता पर्न देखा पर्नेछ । 

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) ः–असार महिनाको अन्तिम साता अनेक किसिमको सुख प्राप्त हुने देखिन्छ । कुलकुटुम्बबाट अनेक किसिमका कष्ट ब्यहोर्नु पर्ने देखिन्छ

। विद्यार्थी वर्गका लागि अध्ययनमा मन लाग्नेछ । धार्मिक कार्यमा मन लाग्नुका साथैं धार्मिक यात्रा गराउने देखिन्छ । सञ्चित धन नोक्सान हुन सक्नेछ । 

दाजुभाई बिचमा सम्बन्धमा सुधार रहने छ । घरगृहस्थीको सुख प्राप्त हुनुका साथैं राज्यपक्षबाट मान सम्मान पाउनेछ । राशीफलले जे जस्तो भनेता पनि तपाईको दिन शुभ रहोस ।

मौसमी रोगले सताउने देखिन्छ । बोल्दा अलि कम बोल्ने गर्दा लाभ दायक नैं रहने देखिन्छ । 

ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति, मांगलिक कार्य, पूजापाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गाप्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७, 

 


प्रकाशित मिति: शनिबार, २५ असार, २०७९, २१:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९