खानेपानी संस्थाको नेतृत्वको लागि दलीय प्रतिस्पर्धा

खानेपानी संस्थाको नेतृत्वको लागि दलीय प्रतिस्पर्धा


दाङ ।  घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वको लागि शनिबार निर्वाचन भएको छ ।

जिल्लाकै पुरानो  खानेपानी संस्थाको रूपमा रहेको घोराही खानेपानीको नेतृत्वको लागि दलीय प्रतिस्पर्धा छ । 

नेतृत्वका लागि घोराहीमा प्रतिस्पर्धा रोचक देखिएको छ । नेतृत्वको लागि दलीय रूपमा दुई समूहका रहेर उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा समन्वय समितिको एउटा समूह निर्वाचनमा गएको छ । भने अर्को समूह एमाले, राप्रपा र राजमोको रहेको छ ।

संस्थाका वर्तमान अध्यक्ष देवीबहादुर डिसीलाई कांग्रेस माओवादी लगायतका दलको समर्थन छ । भने नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चाको समर्थनमा  नारायणप्रसाद भुसाल प्रतिस्पर्धामा रहेका छन् ।

डिसीको समूहबाट वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डे, महिला उपाध्यक्षमा हेमन्ती पुन मगर, सचिवमा धर्मेन्द्र श्रेष्ठ, कोषाध्यक्ष धुव्र केसी रहेका छन् । सदस्यहरूमा किशोरकुमार आचार्य, दिनेश वली, युवराज आचार्य, खुमा खड्का, विन्दु पाण्डे र यशोदादेवी पाण्डे छन् ।

भुसाल समूहबाट वरिष्ठ उपाध्यक्षमा नरबहादुर बुढाथोकी, महिला उपाध्यक्षमा लक्ष्मीदेवीसिंह ठकुरी, सचिवमा दीपककुमार श्रेष्ठ, कोषाध्यक्षमा सानुनारायण अधिकारी रहेका छन् ।

सदस्यहरूमा महेशकुमार न्यौपाने, सुनिलकुमार बनियाँ, हरिप्रसाद खरेल, ज्योति रोका मगर, देवकला पाण्डे र लक्ष्मी अधिकारी प्रतिस्पर्धामा छन् । 

डिसी २०६० सालदेखि निरन्तर रूपमा यही संस्थाको नेतृत्वमा रहेर काम गर्दै आएका छन् भने संयुक्त प्यानलका भुसाल दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिसकेका व्यक्ति हुन् । 

उम्मेदवार दुवै जना सामाजिक क्षेत्रमा क्रियाशील भएको हुँदा चुनाव अझ बढी रोचक देखिन्छ । अब्बल क्षमता र सामाजिक छवि बनाएका दुबै जना अध्यक्ष पदका उम्मेदवार कुनै पनि संस्थाका लागि काबिल पात्रका रूपमा रहँदै आएका छन् । 

 उपभोक्ता रामबहादुर चौधरीले खोपानीको निर्वाचन पनि दल विशेष निर्वाचन जस्तो देखिएको बताए । ‘खानेपानीको निर्वाचन पनि निकै फरक देखियो,' उनले भने,‘२०७५ सालको निर्वाचनमा यस्तो देखिएको थिएन तर यस पटक त धूमधाम छ ।’

एक घण्टामा बसेपछि मात्र आफूले चाहेका उम्मेदवारलाई मतदान गरेको बताए ।

‘खेतीपातीको समय छ झन् छिटो भोट दिएर फर्किनुपर्ला भनेर बिहान सबेरै आएको हुँ, उनले भने, तर आजको दिन यतै वित्नेभयो,’ उनले भने । घोराही १८का उपभोक्ता अम्मरराज आचार्यले लोकतान्त्रिक पद्धतिमार्फत नयाँ नेतृत्व चयन गर्नको लागि भोट हाल्न पाउँदा उत्साहित भएको बताए । 

‘मदानबाटै नयाँ नेतृत्व चुन्दा जनमतको सम्मान हुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘जसले जिते पनि उपभोक्तालाई आइपर्ने समस्यामा खटिने हुनुपर्छ ।’

खानेपानी संस्थाको कुल ७ हजार १ सय २३ मतदाता मध्ये जम्मा ३ हजार ५ सय ६१ मतदाताले मतदान गरेको निर्वाचन अधिकृत दीपक कुमार रेग्मीले बताए ।


प्रकाशित मिति: शनिबार, २५ असार, २०७९, २१:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९