२०७९ साउन महिना भाग्यफल तपाईको !

२०७९ साउन महिना भाग्यफल तपाईको !


२०७९ साउन महिना भाग्यफल तपाईको !

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) :– सुरुवाती दिनमा कला, संगित, खेलकुद, पर्यटन, बस्त्र, सिंङ्गारिक सम्बन्धी कार्यगर्नेलाई शुभ रहने छ  । फलाम र होटल सम्बन्धी कार्य गर्नेलाई सावधानी रहनुपर्ने छ । सेना, पुलिसका साथैं सुरक्षा सम्बन्धिमा कार्य गर्नेलाई सावधानी अपनाउनु पर्ने छ । 
रोगका साथैं मानहानी हुनेछ ।

तेल, ग्याँस सम्बन्धिकाम गर्नेलाई तनाब हुनेछ । प्रेम तथा दामपत्य जीवनमा सुखमय हुनेछ । आय आर्जनमा शुभ रहेको छ । वाहन सुख रहको छ । राहु र भौमको कारण अङ्गारक योगका कारण शारीरिक चोटपटकका साथैं मानसीक तनाब बढने देखिन्छ । 

ठेकेदारी काममा गर्नेलाई अलि नोक्सान ब्यहोर्नु पर्ने देखिन्छ ।

कारोबार गर्दा वा बोल्दा सावधानी अपनाउनु पर्ने छ भने साझेदारी काममा सावधानी अपनाउनु पर्ने देखीन्छ । कृषि सम्बन्धी कार्य गर्नेलाई सावधानी अपनाउनु पर्ने देखिन्छ । 

आय आर्जन बढने छ । दाजुभाई बिचमा सम्बन्धमा सुधार हुनेछ । घर जग्गा सम्बन्धी कारोबारमा सुधार हुनेछ । सिङ्गारिक सम्बन्धि शुभ रहनेछ । महिनाको मध्यसम्म राम्रो रहनेछ भने मध्यपछि रोग, भोग र शोक बढने सम्भावना रहेको छ ।

बोलीमा प्रभावकारीता रहनेछ भने विद्यार्थी बर्गमा अध्ययनमा सफलता हुनेछ । श्रावण महिनामा मेष राशीका लागि शुभ अंक ४, शुभ रंङ्ग पहेला, शुभ दिशा दक्षिण, शुभ देबता लक्ष्मी भगवान रहेका छन् । 

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)   :– धनधान्यमा बृद्धि हुनेछ । लेखन कार्यमा, बक्ता सम्बन्धी पेशामा लागिकालाई शुरुवातीमा राम्रो रहेको छ । पत्रकारितामा का मगर्ने, फलाम सम्बन्धी काम गर्नेलाई राम्रो रहेको छ ।

घर, जग्गा, भूमिबाहन सम्बन्धी कार्ग गर्नेलाई राम्रो रहेको छ । कलाकारीता क्षेत्रमा लागिका, पर्यटन, सिङ्गारिक सम्बन्धी कार्य गर्ने, पयृटन सम्बन्धी कार्य गर्ने, बस्त्र, आभूषण सम्बन्धी कार्य गर्नेलाई शुभ रहेको छ । राजनीतिक सम्बन्धी क्षेत्रमा लागेकाहरुलाई शुभ रहेको छ ।

महिनाको अन्ततिर बिद्यार्थी बर्गका लागि शुभ रहेको छ । सरकारी पेशामा रहेकाहरुलाई शुभ रहेको छ । घर, भूमि, बाहनको कारोेवार गर्नेलाई सावधानी अपनाउनु पर्नेछ ।
राजनीतिक क्षेत्रमा लागेकाहरुलाई भएका बिबिध समस्या समाधान हुनेछ । ठेकेदारी, सुन, चादीका पेशामा रहेकाहरुलाई शुभ रहेको छ । धार्मिक कार्यमा रहेका हरुलाई शुभ रहेको छ । भाग्यमा बृद्धि हुनेछ । 

प्रशासन, राजनीतिक क्षेत्र, बिद्युत सम्बन्धी कार्य गर्नेलाई शुभ रहेको छ । भौम र राहु ग्रहको कारण रोग, भोग र शोक दिने छ भने बिदेशमा रहनेका लागि अलि सचेत रहनु पर्नेछ । मेकानिकल सम्बन्धि कार्य, छाला सम्बन्धी कार्य गर्नेलाई नोक्सान ब्यहोर्न पर्नेछ भने  पेट सम्बन्धि समस्या आईपर्नेछ । आगो सम्बन्धी कार्य गर्नेलाई समस्या पर्ने देखिन्छ । 
सेना, पुलीसका क्षेत्रमा रहनेहरुका लागि अलि सचेत रहनु पर्ने देखीन्छ । बृष राशीका ब्यक्तिका लागि महिनामा शुभ अंक ३, शुभ रङ्ग सेतो, शुभ दिशा पूर्व र भगवान पार्वतीको आराधना गर्दा शुभ रहनेछ । 

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) :–  कार्यमा अलि ढिला हुनेछ । शत्रुपराजीत  हुनेछन् । मामा पक्ष्यबाट राम्रो रहेको छ । धार्मिक क्षेत्रमा लाग्नेहरुका लागि शुभ रहेको छ । टाढीएका मान्छे नजिक हुनेछन् । 

महिनाको शुरुवाती समयमा धन, सुख प्राप्त हुनेछन् । पत्रकारीता क्षेत्रमा लागेकाहरुलाई बिभिन्न किसिमका आरोप लाग्न सक्नेछ । अनावश्यक काममा दौडधुप गर्नु पर्ने देखीन्छ । विरोधी पक्ष्यहरु नास भएर जानेछन् ।

 शरीरमा कान्ति बढने देखिन्छ । बस्त्र, मोडलिङ्ग, सृङ्गारीक सम्बन्धी कार्य गर्नेहरुलाई शुभ फल रहेको छ । प्रेम, दामपत्य जीवन, बैदेशीक कार्यमा लागेकाहरुलाई शुभ रहेको छ ।

सुरक्षा तिर कार्यरतलाई शुभ रहेको छ । मुद्दामामिला सम्बन्धि समस्या समाधान हुनेछ । फलाम, होटल, छाला, मेसीनरी सम्बन्धी काममा सुधार हुनेछ । पेटसम्बन्धी समस्या निवारण हुनेछ । पराक्रम बढनेछ । रिसलाई अधिनमा राख्ने पर्ने अवस्था रहकेो छ ।

 डर, त्रास बढने देखिन्छ । सरकारी कार्य गर्ने बिद्युतीय काममा लागेकाहरुलाई समस्या समाधान हुनेछ । तेल, ग्याँस, पेटो«ल सम्बन्धी कार्य गर्नेहरुका लागि सावधानी अपनाउनु पर्नो देखिन्छ । मिथुन राशीका ब्यक्तिका लागि श्रावण महिना शुभ अंक २, शुभ रङ्ग खरानी, शुभ दिशा उत्तर र जुनसुकै शुभ कार्य गर्दा खेरि भगवान देबीको आराधना गर्नु भयो भने तपाईको दिन शुभ रहने देखिन्छ । 

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :–  वैदेशीक कार्य गर्नेहरुका लागि शुभ रहेको छ । कर्मक्षेत्रमा भई रहेको विभिन्न अवरोधहरु समस्याको समाधान हुनेछ । बुवाको स्वास्थ्यमा केही समस्या देखापर्ने छ । अध्ययनमा राम्रो रहेको छ । चोटपटक लाग्न सक्ने सम्भावना रहेको छ । विरोधी पक्ष्य पराजीत हुनेछन् । विद्यार्थी बर्गका लागि अध्ययनमा शुभ रहेको छ ।

कुलकुटुम्बको साथ सहयोग, सम्बन्धमा सुधार, धनधान्यबृद्धि हुुनेछ । शारीरिक अवस्था मजबुत हुनेछ । 
सरकारी पेशामा लागेकाहरुका लागि राम्रो रहेको छ । कृषि कार्यमा लाग्नेहरुका लागि शुभ रहेको छ । कार्यमा सफलता रहको छ । आय आर्जनमा बृद्धि, घर जग्गा बाहन, फलाम मेसीनरी कार्यमा महिनाको मध्यसम्म शुभ फल रहेको छ त्यसपछि केही नोक्सान ब्यहोर्नु पर्ने देखिन्छ । बैदेशीक कार्य गर्ने, बैदेशीक यात्रा गर्न चाहनेहरुका लागि शुभ रहेको छ ।

पर्यटन, खेलकुद, बस्त्र, पयृटन, श्रृगारिक सम्बन्धी कार्य गर्नेहरुका लागि शुभ रहेको छ । 
फलाम, सिसा, मेसीनरी सम्बन्धि कार्य गर्नेहरुका लागि अलि सावधानी अपनाउनुपर्ने देखिन्छ महिनाको मध्यसम्म त्यसपछि शुभ फल प्राप्त हुनेछ ।

कर्कट राशीका लागि श्रावण महिनामा शुभ अंक १, शुभ रङ्ग रातो, शुभ दिशा पश्चिम जुनसुकैं कार्य गर्दा खेरी माता पार्वतीको आर्शिवाद लियर अघि बढनुहोस तपाईको दिन शुभ रहनेछ । 

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :– धनधान्यले बृद्धि हुनेछ । कुलकुटुम्ब बिचको सम्बन्धमा सुधार हुुनेछ । धार्मिक कार्यमा रुची बढने देखिन्छ । रोग, शोक र भय बढने देखीन्छ । घरका अग्रजहरुमा रोग, चोटपटकको सम्भावना रहेको छ । 

सेना, पुलीस, सुरक्षा सम्बन्ध्ी कार्यमा रहनेहरुका लागि सावधानी अपनाउनु पर्ने देखिन्छ । विरोधी पक्ष्य बढने देखीन्छ । रक्त सम्बन्धी समस्या बढने देखिन्छ । विविध समस्याहरु आई पर्न सक्नेछन् । सरकारी सेवा, पदमा रहनेहरुलाई हानी हुनेछ । 

तेल, ग्याँस, खनिज, ठेकेदारी सुनचाँदी सम्बन्धी काममा लाग्नेहरुका लागि सचेत रहनु पर्नेछ । विद्यार्थी वर्ग तथा कृषि सम्बन्धि कार्यगर्नेहरु अलि बढी दौडधुप गर्नुपर्नेछ । बस्त्र, खेलकुद, पर्यटन क्षेत्रमा कार्य गर्नेहरुका लागि शुभ रहेको छ । कलाक्षेत्रमा लागेकाहरुका लागि समेत शुभ रहेको छ ।

भोग, बिलासमा लाग्नेहरुलाई राम्रो रहेको छ । प्रेम तथा दामपत्य जीवन सुखमय रहेको छ । आय आर्जनमा अलि धन खर्च, चिठ्ठा सम्बन्धि नयाँ सामाग्रीमा कार्य गर्नेहरुका लागि सावधानी अपनाउनु पर्नेछ । 

मोवाईल, मेसीनरी, लेखन, पत्रकारिता क्षेत्रमा लाग्नेहरुका लागि अलि खराब रहेको छ । खोज सम्बन्धि कार्यमा लाग्नेहरुका लागि अवरोध रहेको छ । सिंह राशीका ब्यक्तिका लागि श्रावण महिनामा शुभ अंक ३, शुभ रंङ्ग पहेलो, शुभ दिशा दक्षिण जुनसुकै कार्य गर्दा पनि भगवान लक्ष्मीनारायणको ध्यान गरी अघि बढनु भयो भने तपाईको दिन शुभ रहने छ । 
कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)  :– आर्थिक श्रोतहरु प्रसस्त देखा पर्नेछन् । आजआर्जनमा बृद्धि हुनेछ । दाजुभाई, ईष्टमित्र बिच सम्बन्धमा शुभ रहने छ । अलि बढी डरत्रास बढने देखिन्छ ।

सेना, पुलीस सुरक्षा क्षेत्र, आगो, मेसीनरी कार्यमा लागेकाहरुका लागि अलि बढी सावधानी अपनाउनु पर्ने देखिन्छ । फलाम, मोवाईल सम्बन्धी कार्यमा लाग्नेहरुका लागि लाभ रहेको छ । शारीरिक सुखमा कमि, धर्ममा मन लाग्ने देखिन्छ ।

धन लाभका साथैं पर्यटन मोडलिङ्ग, आभूषण, बस्त्र, बिक्रेतामा लाग्नेहरुका लागि राम्रो रहेको छ । प्राईभेट क्षेत्रमा लाग्नेहरुका लागि, भूमि बाहन, औजारमा लाग्नेहरुका लागि लाभ रहेको छ । धार्मिक क्षेत्रमा रुची बढने देखिन्छ ।

राजनीतिक क्षेत्रमा राम्रो रहेको छ । तेल, फलाम, ग्याँस सम्बन्धी काममा लाग्नेहरुका लागि लाभ रहेको छ । सरकारी जागिरमा लाग्नेहरुका लागि राम्रो रहेको छ । कार्यमा सफलता प्राप्त हुनेछ । बिद्युतीय कार्यमा लाग्नेहरुका लागि शुभ रहेको छ । 

हड्डी आँखा सम्बन्धी समस्याले सताउने देखिन्छ । बिद्यार्थी बर्गका लागि अध्ययनमा अलि बढी मिहिनेत गर्नुपर्ने देखिन्छ । कूल, पितृको आर्शिवाद लिनु पर्नेछ । कन्या राशीका ब्यक्तिका लागि शुभ अंक २, शुभ रङ्ग सेतो, शुभ दिशा पूर्व जुनसुकै शुभ कार्यगर्दा  भगवान शिवजीको आराधना गर्नुहोस तपाईको दिन शुभ रहनेछ । 


तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) :–  कार्यमा सफलता, आयमा बृद्धि हुनेछ । रोकीयका काम सफलता पूर्वक सम्पन्न हुनेछन् । । विद्यार्थी वर्गमा अलि बढी कडा मिहिनेत गर्नुपर्ने देखीन्छ । सञ्चित धनहानी हुनेछन् । सेना, पुलिस सम्बन्धि चोटपटक लाग्न सक्नेछन् । छाला सम्बन्धि समस्या देखापर्नेछन् ।

मेकानिकल कार्य गर्नेहरुका लागि शुभ रहेको छ । बिरोधी पक्षहरु परास्त भएर जानेछन् । मेसीनरी सम्बन्धि कार्य गर्नेहरुका लागि अलि बढी सावधानी अपनाउनु पर्ने देखिन्छ । साझेदारी कार्यमा अलि हानी रहेको छ ।

प्रेम तथा दामपत्य जीवनमा रहनेहरुका लागि अवरोध रहेको छ । बोलीमा प्रभावकारिता बढने देखिन्छ । पत्रकारिता सम्बन्धि कार्य गर्नेहरुका लागि राम्रो रहेको छ । मित्रजनबाट लाभ रहेको छ । बैदेशीक कार्य गर्नेहरुका लागि लाभ रहेको छ ।

मित्र सुख, राज्यबाट सुख मिल्नेछ भने मनमा पवित्रता बढने देखिन्छ । हड्डी आँखा  सम्बन्धी समस्या समाधान हुनेछन् । राजनीतिक क्षेत्रमा लाग्नेहरुका लागि लाभ रहेको छ । तेल, ग्याँस सम्बन्धि कार्य गर्नेहरुका लागि शुभ रहेको छ । 

कार्यमा अलि बढी सावधानी अपनाउनु पर्ने देखिन्छ । देखा परेका सम्पूर्ण समस्या समाधान हुदैं जानेछन् । आर्थिक क्षेत्रमा अनेक बाटाहरु देखा पर्नेछन् । भोग बिलासका कार्यमा धनखर्च हुने देखिन्छ । राजनीतिक क्षेत्रमा रहनेहरुका लागि लाभ रहेको छ ।

मोडलिङ्ग,कला, संगित, नित्य, पर्यटन, खेलक्षेत्रमा रहनेहरुका लागि शुभ रहेको छ । 
तुला राशीका ब्यक्तिका लागि श्रावण महिनामा शुभ अंक १, शुभ रङ्ग कालो, शुभ दिशा उत्तरका साथैं जुनसुकै शुभ कार्य गर्दाखेरी माता सरस्वतीको आराधना गर्नुहोस तपाईको दिन शुभ रहनेछ । 

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) :– कार्यमा सफलता हुनेछ । विद्यार्थी वर्गका लागि अध्ययनमा लाभ रहेको छ । पत्रकारीता क्षेत्रमा लाग्नेहरुका लागि लाभ रहेको छ । मोवाईल सम्बन्धी कार्य गर्ने, फलाम सम्बन्धी कार्य गर्नेलाई महिनाको मध्यपछि मात्र लाभ रहेको छ ।

मित्रजनबाट धोखा मिल्नेछ । सचेत रहनु पर्ने देखिन्छ । पैतृक सम्पतिमा लाभ रहेको छ । मनमा खराब सोच आउने देखिन्छ । राजनीतिक, सामाजिक कार्यमा शत्रु बृद्धि हुने देखिन्छ । तेल, ग्याँस क्षेत्रमा कार्य गर्नेलाई हानी आउने देखिन्छ । शक्तिमा ह्रास आयको महसुन हुनेछ । 
कार्यमा समस्या, सुखमा कमी, धन खर्च महिनाको मध्यसम्म प्रेममा खटपट रहेको छ ।

कला, संगित, मोडलिङ्ग क्षेत्रमा लाग्नेहरुका लागि महिनाको अन्त्यतिर राम्रो हुनेछ । बैदेशीक क्षेत्र राम्रो रहेको छ । शत्रु नास, शारीरिक सुख प्राप्त, धन लाभ हुनेछन् । आटेका सम्पूर्ण कार्य सम्पन्न हुनेछन् । 

सेना, पुलिस क्षेत्रमा लागेकाहरुका लागि शुभ रहेको छ । आगो, होटल सम्बन्धी कार्य गर्नेहरुका लागि लाभ रहेको छ । मेकानिकल, ईलेक्ट्रीकल सम्बन्धी काम गर्नेहरुका लागि कार्यमा सफलता रहेको छ ।

छाला, हड्डी सम्बन्धी समस्यामा रहनेहरुका लागि रोग निको हुनेतिर जानेछ । पराक्रम बढने देखीन्छ । रक्त बिकार बढने देखिन्छ । धार्मिक कार्यमा रुची बढने देखीन्छ । शारीरिक सुख रहेको छ ।

वृश्चिक राशीका लागि महिनामा शुभ अंक ९, शुभ रंङ्ग रातो, शुभ दिशा पश्चिम जुनसुकै कार्य गर्दा खेरी गुरु गणेश भगवानको आराधना गर्नुहोस तपाईको दिन शुभ रहने छ । 

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) :–  बोलीमा प्रभाव कारीता बढने छ । सरकारी क्षेत्रमा रहनु भएकाहरुलाई सचेत रहनु पर्ने देखिन्छ । तेल ग्याँस सम्बन्धी कार्य गर्नेहरु सावधानी अपनाउनु पर्ने देखिन्छ । ठेकेदारी सम्बन्धी कार्य गर्नेहरु अलि सचेत रहनु पर्ने देखिन्छ ।

बिद्यार्थी बर्गमा अध्ययनमा अवरोध हुने देखिन्छ । सेना, पुलिसका साथैं सुरक्षा क्षेत्रतिर कार्य गर्नेहरु अलि बढी सचेत रहनु पर्ने देखिन्छ । आज आर्जनमा बृद्धि हुने देखीन्छ । प्रेम तथा दामपत्य जीवनमा सुधार आउने देखिन्छ । मनोरञ्न सम्बन्धी कार्यमा खर्च बढने देखिन्छ । बिरोधी पक्ष्यहरु बढने देखिन्छ ।
 लेखन तथा पत्रकारिता क्षेत्रमा लाग्नेहरुका लागि सुख रहेको छ ।

गाडी, बाहन सुख रहेको छ । कार्यमा सफलता प्राप्त हुनेछ । फलाम, सिसा सम्बन्धी कार्यमा लाभ रहेको छ । कुलकुटुम्बबाट लाभ रहेको छ । धार्मिक कार्यमा रुची बढने देखीन्छ । प्रेम तथा दामपत्य जीवन सुखमय हुनेछ । महिनाको मध्यपछि धन हानी, रोग, शोक र भय बढने देखीन्छ । धनु राशीका ब्यक्तिका लागि श्रावण महिनामा शुभ अंक ८, शुभ रङ्ग सेतो, शुभ दिशा दक्षिण र जुनसुकै शुभ कार्य गर्दा खेरी भगवान शिवजीको आराधना गर्नुहोला तपाईको दिन शुभ रहने छ । 

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) :–  वैदेशीक सम्बन्धी कार्य गर्नेहरुका लागि लाभ रहेको छ । पेट छाला सम्बन्धी समस्याले सताउने देखिन्छ । आलस्यता पन बढने देखिन्छ । भूमि, जमिनबाट लाभ रहेको छ । माताको स्वास्थ्यमा समस्या बढने देखिन्छ । होटल सम्बन्धी कार्यबाट कष्ठ खर्च बढने देखिन्छ । साझेदारी पेशामा सावधानी अपनाउनु पर्ने देखिन्छ ।

सरकारी जागिरमा रहनेहरुलाई समस्या बढने देखिन्छ । राजनीतिक क्षेत्रमा लाग्नेहरुलाई, सुन, धातु पेसामा लाग्नेहरुलाई बिभिन्न आरोप समस्या आई पर्नेछन् । कृषि सम्बन्धी कार्यमा लाग्नेहरुलाई सफलता प्राप्त हुनेछ ।

विद्यार्थी वर्गका लागि अध्ययनमा अवरोधका साथैं आलस्यता पन बढने देखीन्छ । पर्यटन, सिङ्गारिक, मोडलिङ्ग, खेलकुद, बस्त्र सम्बन्धी कार्य गर्नेहरुका लागि सचेत रहनु पर्ने देखिन्छ । वैदेशिक यात्राको अवसर मिल्नेछ । 

घर छोडेर बाहिर टाढा जानु पर्ने अवस्था आउन सक्नेछ । शत्रु नास हुनेछ । कार्यमा सिद्धि हुनेछ । महिनाको मध्यपछि शुभ रहेको छ । बोलीम प्रभावकारीता बढने देखिन्छ । बिरोधी पक्ष्यबाट भय डर त्रास बढने देखिन्छ । शरीरमा आलस्यता बढने देखिन्छ ।

भूमि, जमिनबाट लाभ रहेको छ । धार्मिक कार्यमा रुची बढने देखिन्छ । मकर राशीका ब्यक्तिका लागि श्रावण महिनामा शुभ अंक ७, शुभ दिशा पूर्व, शुभ रङ्ग सेतो रहेको छ भने जुनसुकै शुभ  कार्य गर्दा खेरी भगवान शिवजीको आराधना गर्नुहोस तपाईको दिन शुभ रहने छ ।  
कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) :– बिरोधी पक्ष्यहरु परास्त भएर जानेछन् । कार्यमा सफलता प्राप्त हुनेछ । पराक्रममा बृद्धि हुनेछ । मेसिनरी, औजार, सेना, पुलीस, मेकानिकल, होटल सम्बन्धी कार्य गर्नेहरुका लागि लाभ रहेको छ । बिरोधी पक्ष परास्त हुने देखिन्छ ।

विद्यार्थी वर्गका लागि अध्ययनमा कडा मिहिनेत गर्नु पर्ने देखिन्छ । पत्रकारिता क्षेत्रमा  लागेकालाई आरोप लाग्ने सक्नेछ । सवारी साधन चलाउनेले अलि सावधानी अपनाउनु पर्ने देखिन्छ । दाजुभाई बिचमा सम्बन्धमा खटपट बढने, संन्तान सुखमा अलि चिन्ता बढने, शत्रु हानी हुनेछ ।

राजनीतिक क्षेत्रमा लागेकाहरुलाई अलि बढी मिहिनेत गर्नु पर्ने देखीन्छ । कला, संस्कृति, संगित, नित्य, कृषि कार्यमा मध्ययम किसिमको लाभ रहेको छ ।बैदेशीक कार्यमा सफलता प्राप्त हुनेछ । शारीरिक सुख प्राप्त हुनेछ ।

प्राकृतिक प्रकोप बढने देखिन्छ । सरकारी, सामाजिक, राजनीतिक कार्यमा लाग्नेहरुका लागि लाभ रहेको छ । धार्मिक क्षेत्रमा लाग्नेहरुका लागि लाभ रहने छ । सुन, चाँदी, फलाम, तेल सम्बन्धी कार्य गर्नेहरुका लागि लाभ रहेको छ । 

कार्यमा सावधानी अपनाउनु पर्ने देखिन्छ । प्रेममा सुधार रहने छ । साझेदारी पेशामा लाग्नेहरुका लागि मध्ययम किसिमको फल रहेको छ । जुनसुकै कार्य गर्दा अलि बढी सचेतका साथैं सावधानी अपनाउनु पर्ने देखिन्छ ।

कुम्भ राशीका ब्यक्तिका लागि श्रावण महिनामा शुभ अंक ६, शुभ रङ्ग कालो, शुभ दिशा उत्तर जुनसुकै शुभ कार्य गर्दा खेरी भैरबको आराधना गर्नुहोस तपाई दिन शुभ रहने देखिन्छ । 

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) :– आर्थिक क्षेत्रमा धन लाभ हुनेछ । कार्यक्षेत्रमा अलि बढी ध्यान दिनुपर्नेछ । सञ्चित धन हानी हुनेदेखिन्छ । वाणीमा सावधानी अपनाउनु पर्ने देखिन्छ । सवारी साधन, पत्रकारिता, लेखन कार्यमा लागेकालाई सावधानी अपनाउनु पर्नेछ ।

साझेदारी कार्यमा सावधानी अपनाउनु होला । बिरोधी पक्षवाट हानी हुनेछ । दाजुभाई बिचमा सम्बन्धमा सुधार हुनेछ । कुलकुटुम्बबाट साथ सहयोग मिल्ने देखिन्छ । छाला, पेट सम्बन्धी समस्याबाट सावधानी अपनाउनु पर्ने देखिन्छ । होटल, मेसिनरी सम्बन्धी कार्य गर्नेहरुलाई हानी हुने देखिन्छ । सुरक्षा क्षेत्र, सेना, पुलीसमा  कार्य गर्नेहरुका लागि हानी हुनेछ । 

धनबृद्धि हुने देखिन्छ । मानसिक तनाब बढने देखिन्छ । राजनीतिक क्षेत्रमा शत्रुबृद्धि हुनेछन् । बिद्यार्थी बर्गमा अध्ययन कार्यमा लाभ रहेको छ  आय आर्जनमा बृद्धि हुनेछ । गीत, संति, भोग बिलास, नित्य, मोडलिङ्ग, बस्त्र, सिङ्गारिक सम्बन्धी कार्य, पर्यटन सम्बन्धी कार्य गर्नेहरुका लागि लाभ हुनेछ । भूमि, घरबाट लाभ हुनेछ । प्रेममा सफलता हुनेछ ।
मीन राशीका ब्यक्तिका लागि श्रावण महिनामा शुभ अंक ५, शुभ रङ्ग निलो, शुभ दिशा पश्चिम र जुनसुकै शुभ कार्य गर्दाखेरी आफ्नो कुलदेबतालाई सम्झीयर कार्य गर्नुहोस तपाईको दिन शुभ रहने छ । 


श्रावण महिना शुभ रहोस !
ॐ नमोः भगवते बासुदेवाय नमः

चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७, 

 


प्रकाशित मिति: शनिबार, ३२ असार, २०७९, २२:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९