तपाईको भाग्य साप्ताहिक राशीफल (साउन ८–१४)

तपाईको भाग्य साप्ताहिक राशीफल (साउन ८–१४)


तपाईको भाग्य साप्ताहिक राशीफल (साउन ८–१४)


मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) :– मेष राशीका कडा मिहिनेत गर्नु पर्ने । अरुलाई दोष दिएर कार्यबाट उम्कने बानी बढन सक्नेछ । अलि घाउ खटिराको समस्या बढन सक्नेछ ।

कार्यमा सफलता प्राप्त हुनेछ । सत्यतालाई आत्मसाथ गरेर अघि बढने देखिन्छ । सियर कारोबारमा लाभ नै रहेको छ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्त हुनेछ । खर्च बढने देखिन्छ । मनमा चन्चलता पन बढने छ ।

प्रेम तथा दामपत्य जीवनमा खटपट बढने देखिन्छ। शुभ कार्यमा मन लाग्ने, हिम्मत बढने देखिन्छ । कामवासनामा मन लाग्नेछ । शारीरिक सुख प्राप्त, आर्थिक लाभ, घरगृहस्थीको सुख प्राप्त हुनेछ । राज्यपक्षबाट लाभ, मित्रजनवाट लाभ बढने देखिन्छ । 

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) :– बृष राशीका कुलकुटुम्बको साथ सहयोग मिल्नेछ । धार्मिक कार्यमा मन लाग्ने देखिन्छ ।

मनमा अलि चिन्ता बढने देखिन्छ। सिछ । सिङ्गारिक सामाग्रीमा खर्च बढने देखिन्छ। शुभ कार्यमा मन लाग्ने सुखी, दिर्घायु बढाउने देखिन्छ । फलाम तेल, खनिज सम्बन्धी कार्यबाट लाभ हुने देखिन्छ । असल काममा मनलाग्ने, कामबासना बढने असल काममा मन लाग्नेछ ।

मनमा अलि दिक्दार बढने देखिन्छ । पराक्रमी बढने देखिन्छ । आफ्नै परिश्रमबाट धन आर्जित हुनेछ । दाजुभाई बिचमा सम्बन्धमा सुधार हुनेछ । 
 

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)राशी :– मिथुन राशीका धार्मिक कार्यमा मन लाग्ने, आर्थिक लाभ, प्रेम तथा दामपत्य जीवनमा सुखमय रहने छ ।

अरुको धनमा आस बढन सक्नेछ । बिरोधी पक्षबाट धन प्राप्त हुनेछ । राज्यपक्षबाट लाभ हुनेछ, सियर कारोबारमा लाभ हुने देखिन्छ । प्रेम तथा दामपत्य जीवनमा अलि खटपट बढने देखिन्छ । अलि अरुको आलोचना गर्नेमा समय बित्ने देखिन्छ ।

अर्काको आस गर्ने बाँनी देखा पर्न सक्नेछ । अर्काको भाग्यमा भर  पर्ने बाँनीले नोक्सान ब्यहोर्नु पर्नेछ । खराब कार्यमा मन लाग्ने देखिन्छ ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :–कर्कट राशीका आर्थिक नोक्सान बढने देखिन्छ । अध्ययनमा मन नलाग्ने देखिन्छ । घरगृहस्थीको सुखमा कमि, मित्रजनबाट धोखा, ब्यापारमा नोक्सान बढने देखिन्छ ।

राज्यबाट बिविध किसिमका झन्झट ब्यहोर्नु पर्ने देखिन्छ । नसाँ, बाथ सम्बन्धी समस्याले सताउने देखिन्छ । ब्यापारमा नोक्सान ब्यहोर्नु पर्ने देखिन्छ । राज्यपक्षबाट लाभ आउनेछ । विद्यार्थी वर्गमा अध्ययनमा अवरोध हुनेछ देखिन्छ ।

साना तिनो रोगले सताउने देखिन्छ । अर्काको लागि समय खर्च ब्यर्थित गर्नु पर्ने देखिन्छ । असल सिल कार्यमा मन लाग्ने देखिन्छ । 

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :–सिह राशी शारीरिक सुख प्राप्त नहुने,अनावश्यक खर्च बढने देखिन्छ । मनोरञ्जन सम्बन्धी कार्यमा खर्च बढने देखिन्छ । धार्मिक कार्यमा मन लाग्नेछ ।

आफन्त सित सम्बन्धमा चिसोपना आउने देखिन्छ भने बाहिरी मान्छेसित मित्रता बढने देखिन्छ ।

प्रेम तथा दामपत्य जीवनमा खटपट बढने देखिन्छ । अर्काको सम्पति हरण गर्नेमा मन लाग्न सक्नेछ । दाजुभाई बिचमा सम्बन्धमा चिसो पन आउने देखिन्छ ।

आर्थिक अभाब भएता पनि मनमा आत्मबल बढने देखिन्छ । संन्तान सुखमा कमि देखिन्छ । ब्यापारमा नोक्सान ब्यहोर्नु पर्ने देखिन्छ । अर्काको कार्यमा समय खर्च गर्नु पर्ने देखिन्छ ।
 

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) :– कन्या राशी आर्थिक पक्षमा लाभ हुनेछ । प्रेममा सफलता हुनेछ । मनमा घमण्ड पन बढेर मुर्खता पन देखा पर्नेछ ।

धन अस्थिर हुनेछ भने संन्तानबाट शत्रुता बढने देखिन्छ । शारीरिक सुख प्राप्त, धर्यसिल, बुद्धिमान तर बाथको समस्याले सताउने देखिन्छ ।

अर्काको निन्दा गर्नेमा बढी समय खेर जानेछ । सबै मान्छेको पूज्य हुनेछन् । आर्थिकपक्षबाट लाभ हुनुका साथैं सत्यकुरामा मन लाग्नेछ । सत्यकुरा बोल्नेका साथैं मनमा अलि जिद्धिपन बढने देखिन्छ ।

अध्ययनमा मन लाग्नेछ । असल सिलस्वभाव बढने देखिन्छ । मनमा अलि घमण्ड पनि बढने देखिन्छ । अर्काको काममा समय खर्च गर्नु पर्ने छ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता बढने देखिन्छ । 

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) :–तुला राशी आफन्तहरुसित सम्बन्धमा सुमधुरता बढने छ । मावली पक्षसित पनि शत्रुता पन देखा पर्नेछ । मित्रजनबाट लाभ, घरगृहस्थीको सुख, राज्यपक्ष्यबाट मानसम्मान पाउने देखिन्छ ।

धनप्राप्त हुनुका साथैं बिद्यार्थी बर्गमा अध्ययनमा सफलता हुने देखिन्छ । आफन्तसित मनमुटाब बढेता पनि बाहिरी मान्छेसित मित्रता बढने देखिन्छ । शारीरिक सुखमा कमि देखिन्छ। अर्काको धनमा मन लाग्ने देखिन्छ। राज्यपक्ष्यबाट मानसम्मान पाउने देखिन्छ।

धार्मिक कार्यमा मन लाग्ने । प्रेम तथा दामपत्य जीवनमा खटपट बढने देखिन्छ। दाजुभाई बिचमा सम्बन्धमा चिसो पन आउने छ । 

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) :–बृश्चिक राशी शारीरिक सुखमा कमि देखिन्छ। पराक्रमी बढने देखिन्छ । आफ्नै मिहिनेतले धन आर्जन हुने देखिन्छ । संन्तानबाट सुख प्राप्त, बिद्यार्थी बर्गमा अध्ययनमा सफलता बढने देखिन्छ । भने बोलीमा प्रभावकारी बढनेछ ।

आफन्तबाट शत्रुभाव बढने देखिन्छ । प्रेम तथा दामपत्य जीवनमा अलि खटपट बढने देखिन्छ । राज्यपक्ष्यबाट लाभ प्राप्त हुनुका साथैं सम्मान पाउने देखिन्छ । कडा मिहिनेत गर्नु पर्नेछ । आर्थिक लाभ, संन्तानबाट सुख प्राप्त हुनेछ । दाजुभाईबाट सुखप्राप्त हुनेछ । धर्मकर्म तिर लागे पनि धर्मप्रति द्रोह गर्ने देखिन्छ ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) :–धनु राशी मित्रजनवाट लाभ हुनेछ । राज्यपक्षबाट मान सम्मान पाउने देखिन्छ । संन्तान सित मनमुटाब बढने देखिन्छ ।

मनमा साहस बढने देखिन्छ । प्रेम तथा दामपत्य जीवनमा अलि चिसोपन बढने देखिन्छ । दामपत्य जीवनमा परिवारमा अलि रोगी पन देखा पर्नेछ ।

बिरोधी पक्षहरु परास्त भएर जानेछन् । बोल्दा खेरि सावधानी अपनाउनु पर्ने देखिन्छ । अध्ययनमा अलि अवरोध हुनेछ ।

घरगृहस्थीको सुख प्राप्त, राज्यपक्ष्यबाट मान सम्मान पाउने देखिन्छ । धन बढेर जानेछ । मनमा घमण्ड पन बढने छ । अरुको धनमा लोभ बढने देखिन्छ । सबैको सम्मानीय ब्यक्ति हुनेछ ।

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) :– मकर राशी आफ्नै मिहिनेतबाट धन आर्जन हुनेछ । राज्यपक्ष्यबाट बिविध किसिमका समस्याहरु आई पर्नेछन् ।

ब्यापारमा नोक्सान ब्यहोर्नु पर्ने देखिन्छ । संन्तान टाढिन सक्नेछन्, अलि मनमुटाब बढने देखिन्छ । प्रेम तथा दामपत्य जीवनमा सामान्य रहेको छ ।

ब्यापारमा अलि नोक्सान हुनेछ । बाबु स्वास्थ्यमा अलि बिग्रने अवस्था रहेको छ । राज्यपक्षबाट अलि खर्च बढने देखिन्छ।

प्रेम तथा दामपत्य जीवन सुखमय रहनेछ । धन आर्जन हुनेछ । कुटुम्बबाट अलि बैरभाव बढने देखिन्छ । आफन्त दाजुभाईबाट सुख प्राप्त पाउने हुन्छ, शारीरिक सुख प्राप्त हुनेछ । 

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) :– कुम्भ राशी शारीरिक सुखमा कमि, ब्यर्थमा धन खर्च बढने देखिन्छ । शरीरमा बिभिन्न किसिमका रोगले आक्रमण गर्न सक्नेछन् ।

गुरु भक्तिमा मन लाग्ने देखिन्छ । दाजुभाई बिचमा सुखमा अलि कमि रहने छ । मावलीपक्ष्यबाट नोक्सान ब्यहोर्नु पर्ने देखिन्छ । धार्मिक कार्यमा मन लाग्नेछ । तीर्थव्रतमा समय जानेछ । खर्च अलि बढी बढेर जानेछ । 

अनावश्यक रिस बढने छ । धनी अलि घमण्ड पन बढने देखिन्छ। आफ्न्तबाट मनमुटाब बढनेछ । सबैको मान्छेले मान्ने अवस्था आउने छ ।

संन्तान सुखमा कमि, अध्ययनमा अलि अवरोध, बोलीमा प्रभाव कम रहने देखिन्छ। प्रेम तथा दामपत्य जीवनमा अलि खटपट बढने देखिन्छ। सर्प देखी अलि सजग रहनु होला । 
मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) :– मीन राशी आफ्नै बाहुबलबाट धन आर्जन हुनेछ । सुखीका साथैं मनमा दयालु पन बढने देखिन्छ। सबैको मान्य गुणवानका साथैं सुख प्राप्त हुनेछ । घरजग्गाको सुखमा कमि हुनेछ भने मित्रजनवाट रिसराग बढने देखिन्छ ।

नयाँ धन आर्जनका बाटाहरु देखा पर्नेछन् । मनमा कामवासना बढने देखिन्छ । अध्ययनमा सफलता प्राप्त हुनेछ । नयाँ नयाँ आर्थिकका श्रोतहरु देखा पर्नेछन् । धार्मिक शास्त्रतिर रुची बढने देखिन्छ । अरुलाई धनदिदा अलि सावधानी अपनाउनु पर्ने देखिन्छ ।

मनमा अलि चञ्चल पन देखापर्नेछ । मनमा अलि घमण्ड पन बढेर जानेछ । सुखी, धन आउने छ । शारीरिक सुख प्राप्त, सबै मानिसको प्यारो, गुणवान बढेर जानेछ ।

अलि बढी चुक्ली लगाउने बाँनी बढन सक्नेछ । धन अलि अस्थिर हुन्छ । संन्तानबाट अलि बैरभाव बढने छ ।
 

राशीफलले जे जस्तो भनेता पनि तपाईको यो साता शुभ रहोस ! यही कामना गर्दछौं । 
ॐ नमोः भगवते बासुदेवाय नमः

चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला ।

 ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७, 

 


प्रकाशित मिति: शनिबार, ७ साउन, २०७९, २१:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९