तपाईको भाग्योदय ! साउन (१५–२१) राशीफल

तपाईको भाग्योदय ! साउन (१५–२१) राशीफल


तपाईको भाग्योदय ! साउन  (१५–२१) राशीफल

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)  –शीरमा चोटपटक लाग्न सक्नेछ । विद्यार्थी वर्गका लागि अध्ययनमा सफलताका साथैं बोलीमा प्रभावकारीता बढने देखिन्छ । 

संन्तानबाट सुखका साथैं शुभ समाचान सुन्न पाईनेछ । प्रेम तथा दामपत्य जीवनमा अलि खटपट बढने देखिन्छ । ब्यापार बिजनेसमा लाभ दायक नैं रहने देखिन्छ । अलि खराब कर्ममा मन लाग्नुका साथैं खराब कर्म हुन सक्नेछ । 

रिसलाई अधिनमा राख्नु पर्नेछ । कडा परिश्रम गर्नु पर्ने देखिन्छ । असल काममा मन लाग्नुका साथैं धार्मिक यात्रा गराउन सक्नेछ । राज्यपक्षबाट मान सम्मान पाउने देखिन्छ ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – आर्थिक लाभ हुनुका साथैं गुप्त रुपमा रहेका धन सम्पती आउन थाल्नेछन् । ब्यापार कारोबारमा लाभ दायक नै रहने देखिन्छ । 

सेयर कारोबारमा लाभ नैं रहने छ । मित्रजनबाट साथ सहयोग मिल्नेछ । विरोधी पक्षले अलि दुःख दिनेछन् । अनावश्यक धन खर्च हुने अवस्था रहेको छ  । 
आफुलाई अलि अधिनमा राख्नु पर्ने देखिन्छ ।

कुबुद्धिका साथैं खराब कर्ममा मन लाग्ने अवस्था रहेको छ । प्रेम तथा दामपत्य जीवनमा दुरी बढने अवस्था रहेको छ । 

कुलकुटुम्बको साथ सहयोग मिल्ने देखिन्छ । धार्मिक कार्यमा मन लाग्ने देखिन्छ । दाजुभाई बिचमा सम्बन्धमा सुधार आउने देखिन्छ । विद्यार्थीबर्गमा अध्ययन कार्यमा सफलता प्राप्त हुने देखिन्छ । 

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) –शारीरिक सुख प्राप्त हुनुका साथैं उमङ्गता बढने देखिन्छ । अनेक किसिमका सम्पति प्राप्त हुने देखिन्छ ।

विद्यार्थीबर्गका लागि अध्ययन अध्यापनमा अवरोधका साथैं बोलीमा प्रभावकारीतामा केही कमि रहने देखिन्छ । शरिरमा चोटपटक लाग्ने सक्नेछ । राज्यपक्षबाट मान सम्मान मिल्नुका साथैं उमङ्गता बढने देखिन्छ । सत्कर्ममा मन लाग्नुका साथैं धार्मिक यात्रा समेत हुने देखिन्छ । आर्थिक पक्षमा अलि अवरोध रहेको छ । 

कुलकुटुम्बबाट अनेक किसिमको अवरोध हुनुका धन नोक्सान ब्यहोर्न पर्ने देखिन्छ । धार्मिक कार्यमा मन लाग्नुका साथैं दाजुभाई बिचमा सम्बन्धमा सुधार आउने देखिन्छ । 

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – शारीरिक पिडा हुनुका साथैं कडा मिहिनेत परिश्रम गर्नु पर्ने छ । व्यापार बिजनेसमा साथीभाईको कारण नोक्सान ब्यहोर्नु पर्नेछ ।

प्रेम तथा दामपत्य जीवनमा अलि खटपट बढने देखिन्छ । आन्यजनको आर्शिवादको कारण धार्मिक यात्रा प्राप्तका साथैं धार्मिक कार्यमा मन लाग्नेछ । खराब कर्ममा लाग्दा ईज्जत मान प्रतिष्ठामा आच आउनुका साथैं राज्यपक्षबाट अनेक किसिमका अवरोध व्यहोर्नु पर्नेछ । 

सञ्चित धन अलि बढी नोक्सान व्यहोर्नु पर्ने देखिन्छ ।  कुलकुटुम्बको साथ सहयोगबाट अनेक किसिमका धनप्राप्तका साथैं धनबृद्धि हुने छ । 

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – शारीरिक सुख प्राप्त हुनेछ । दाजुभाई बिचमा सम्बन्धमा चिसोपन बढने देखिन्छ । आफुभन्दा साना ब्यक्तिबाट आर्थिक लाभ हुनेछ । 

धर्मकर्ममा मन कम लाग्नुका साथैं खराब काम नैतिक हिन काम गर्न मन लाग्नेछ । अरुको लागि खराब काम गर्ने धार्मिक द्रोहको कार्यमा मन लाग्नेछ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्तका साथैं आर्थिक लाभ समेत हुनेछ । 

ब्यापार कारोबारमा मित्रजनबाट लाभ प्राप्त रहनेछ । विद्यार्थी वर्गमा अध्ययनमा सफलताका साथैं बोलीमा प्रभावकारीता रहने देखिन्छ । 

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – खराब कर्ममा मन लाग्नुका साथैं शरिरमा चोटपटक लाग्न सक्नेछ । रक्त बिकारको सम्भावना बढेर जाने देखिन्छ । 
सत्कर्म गर्नुका साथैं सत्य निष्ठा र गुणवान तिर मन लाग्ने बनाउछ । राज्यपक्षबाट आर्थिक लाभ हुनुका साथै धन प्राप्त हुनेदेखिन्छ ।

आर्थिक क्षेत्रमा सञ्चित धन नोक्सान ब्यहोर्न पर्ने छ । 
आँखामा बिविध समस्याहरु झेल्नु पर्नेछ । कुलकुटुम्बबाट अनेक किसिमका दुःख, झन्झट ब्यहोर्न पर्नुका साथैं आर्थिक नोक्सान ब्यहोर्नु पर्ने देखिन्छ । संन्तानबाट अनेक किसिमका चिन्ता बढन सक्नेछ । 

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) – रक्त सम्बन्धी समस्या आउन सक्नेछ । तेल फलाम, खनिज सम्बन्धी काम गर्नेलाई लाभ हुनेछ । प्रेम तथा दामपत्य जीवनमा अलि खटपट रहने छ । 
बिरोधी पक्षबाट धनलाभ हुनेछ । मनमा अलि दीक्दार लाग्न सक्नेछ । धार्मिक कार्यमा मन लाग्नुका साथैं धार्मिक यात्रा हुनेछ ।

सरकारी जागिरमा रहेकाहरुलाई शुभ एवं सुखद समाचार सुन्नुका साथैं राज्यपक्षबाट मान सम्मान मिल्नेछ ।
 खराब कर्ममा धन नोक्सान हुने अवस्था रहेको छ । राज्यपक्षबाट मान सम्मान प्राप्त हुनेछ ।

शुभ कार्यबाट धन लाभ हुनुका साथैं बोलीमा मिठास पन आउने छ । विद्यार्थी वर्गका लागि अध्ययनमा सफलता प्राप्त हुनेछ । शरीरमा चोटपटक लाग्न सक्नेछ । रिसलाई वहसमा राख्नुपर्ने छ । शारीरिक दुःखकष्ट आईपर्नेछ ।  

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) – दिदी बहिनीबाट साथ सहयोगबाट प्रगति हुने देखिन्छ । विद्यार्थी वर्गका लागि अध्ययन कार्यमा सफलता प्राप्त रहने छ । 
विरोधी पक्षहरु परास्त भई जानुका साथैं बिरोधी पक्षबाट धनलाभ हुने छ ।

प्रेम तथा दामपत्य जीवनमा अलि खटपट बढनुका साथैं टाढीने अवस्था आउन सक्नेछ । खराब कार्यमा मन लाग्नुका साथैं धार्मिक कार्यमा मन कम लाग्नेछ । सरकारी जागिरमा रहेकाहरुलाई शुभ एवं सुखद समाचार सुन्नुका साथैं राज्यपक्षबाट मान सम्मान मिल्नेछ । खराब कर्ममा धन नोक्सान हुने अवस्था रहेको छ ।  बोलीमा प्रभावकारीता बढनेछ । संन्तान पक्षबाट शुभ एवं सुखद समाचार सुन्न पाईने छ । 

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) –कुलकुटुम्बबाट अनेक किसिमका धन नोक्सान हुने अवस्था रहेको छ । विद्यार्थी वर्गका लागि अध्ययनमा कडा मिहिनेत गर्नु पर्ने छ । कम बोल्दा लाभदायक नैं रहनेछ ।

आय आर्जनमा केही अवरोधको सामना गर्नु पर्ने देखिन्छ । प्रेम तथा दामपत्य जीवन सुखमय रहनुका साथैं प्रेम प्रस्ताव आउन सक्नेछ ।
 अग्लो स्थान आगो जन्य बस्तुवाट घातक रहेको छ ।

धार्मिक यात्रा प्राप्त हुनुका साथैं धार्मिक कार्यमा संलग्न हुने अवसर प्राप्त हुनेछ । सरकारी जागिर खाने वा खान चाहनेहरुका लागि यो हप्ता शुभ रहेको छ । सेयर सम्बन्धी काम कारोवारमा लाभ रहेको छ । घरगृहस्थीको सुख प्राप्त रहने छ । 

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – सत्तकर्ममा लाग्ने मनमा आउने छ । 

घरगृहस्थीको सुखमा कमि हुनुका साथैं मित्रजनबाट सियर कारोबारका साथैं  ब्यापार कारोबारमा नोक्सान ब्यहोर्नु पर्ने अवस्था आउन सक्नेछ । विद्यार्थी वर्र्गका लागि अध्ययन कार्यमा केही अवरोध आउन सक्नेछ ।

आर्थिक क्षेत्रमा आय भन्दा ब्यय ज्यादा रहेको छ । प्रेम तथा दामपत्य जीवनमा अलि खटपटको अवस्था रहेको छ । 
चिसो नसा सम्बन्धी बातको समस्याले सताउने देखिन्छ ।

राज्यपक्षवाट अलि हानी नोक्सानी अपमान ब्यहोर्नु पर्ने देखिन्छ । कडा भन्दा मिहिनेत गर्नुका साथैं परिश्रम गर्नु पर्नेछ । दाजुभाई बिचमा सम्बन्धमा सुधार आउनुका साथैं धार्मिक यात्राको अवसर समेत मिल्नेछ भने धार्मिक कार्यमा संलग्नु रहनु पर्नेछ । 

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) – संन्तान सुख प्राप्त हुनुका साथैं बोलीमा प्रभावकारीता बढन सक्नेछ । बिरोधी पक्षहरु परास्त हुनुका साथैं बिरोधी पक्षबाट धनलाभ हुन सक्नेछ ।
प्रेम तथा दामपत्य जीवन सुखमय रहने छ ।

शारीरिक चोटपटक लाग्नुका साथैं अलि खराब कार्यमा मन लाग्ने देखिन्छ । बैदेशिक कार्य गर्नेहरुका लागि अलि खर्च बढनुका साथैं बैदेशिक यात्राको अवसर समेत रहेको छ । 
साझेदारी ब्यापार कारोबारमा लाभ नै रहेको छ ।

धनसम्पति सञ्चन हुनेछन् । कुलकुटम्बको साथ सहयोग मिल्नेछ । राज्यपक्षबाट  मान सम्मान मिल्ने देखिन्छ । दाजुभाई बिचमा सम्बन्धमा केही चिसो पन आउन सक्नेछ । रिसलाई अलि अधिनमा राख्नु पर्ने देखिन्छ । 

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – विद्यार्थी वर्र्गका लागि अध्ययनमा सफलता प्राप्तका साथैं बोलीमा प्रभावकारीता समेत बढनेछ । आय आर्जनमा नयाँ नयाँ स्थानबाट धन लाभ समेत हुने देखिन्छ ।
बिरोधी पक्षहरु परास्त हुनुका साथैं बिरोधी पक्षबाट धनलाभ हुने देखिन्छ । प्रेम तथा दामपत्य जीवनमा अलि खटपट बढने देखिन्छ । अलि चोटपटकको भय रहेको छ । नयाँ नयाँ स्थानबाट धन लाभ हुनुका साथैं अनेक किसिमका चमत्कारीक कामहरु पुरा हुनेछन् । 

शारीरिक सुख प्राप्त हुनेछ । विद्यार्थीवर्र्गका लागि अध्ययनमा सफलता मिल्नेछ । कुलकुटुम्बको कारण अनेक किसिमका दुःख हुनुका साथैं धनसम्पति नोक्सान हुनेछ । मित्रजनबाट लाभ हुनुका साथैं कला, संगित नित्य, खेलकुद, पत्रकारिता क्षेत्रमा संलग्नहरुका लागि शुभ रहेको छ । 

राशीफलले जे जस्तो भनेता पनि तपाईको दिन शुभ रहोस !
 

ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७, 

 


प्रकाशित मिति: आइतबार, १५ साउन, २०७९, १२:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९