साप्ताहिक राशीफल भाग्यफल तपाईको साउन (२२ गतेदेखि–३१ गतेसम्म)

साप्ताहिक राशीफल भाग्यफल तपाईको साउन (२२ गतेदेखि–३१ गतेसम्म)


साप्ताहिक राशीफल भाग्यफल तपाईको साउन (२२ गतेदेखि–३१ गतेसम्म)

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) –सन्तानदेखि टाढा हुनु पर्नेछ । महिनाको अन्तिम तिर सोचेको काम पूर्ण हुनेछ । पेशा ब्यवसायमा परिवर्तन गर्ने समय आयको छ । कडा मिहिनेत गर्नु पर्नेछ । प्रेममा अवरोध हुनुका साथै शारीरिक चोटपटक लाग्न सक्नेछ । विद्यार्थी वर्गका अध्ययनमा सफलता रहेको छ ।

महिनाको अन्तिम साता मानसिक तनाब आउने छ । पेटसम्बन्धी पाचनक्रियामा केही समस्या देखा पर्नेछ । छाति सम्बन्धी समस्याले सताउने देखिन्छ । कार्यमा अलि अवरोध आउने देखिन्छ । कार्यमा

अवरोध आउने देखिन्छ । मानसिक पिडा तनाबको स्थिति आउन सक्नेछ ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) –आर्थिक पक्ष्यमा नयाँ नयाँ श्रोत देखा पर्नुका साथैं आर्थिक लाभ हुनेछ । दिदी बहिनीबाट सम्बन्धमा अलि चिसो पन आउने छ । दुख कष्ट निर्वारण हुनुका साथैं बिरोधी पक्ष परास्त हुनेछन् ।

एक्कासी धन नोक्सान हुनेछ । बिरोधी पक्षले केही दुःख दिएर धन हानी हुनेछ । शारीरिक सुख प्राप्त हुनेछ ।

प्रेम तथा दामपत्य जीवनमा सुखमय रहने नैं छ । साताको अन्तिम तिर मौसमी रुघाँखोकीले सताउने देखिन्छ । आँखामा केही समस्या आउने देखिन्छ। घर गृह सुख प्राप्त हुनेछ ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)  – संन्तान कष्ट हुनेछ । विद्यार्थीवर्गका लागि अध्ययनमा कडा मिहिनेत गर्नु पर्नेछ । कार्यमा अलि अवरोध आउने देखिन्छ ।

सियर कारोबारमा लाभ रहेको छ राज्यपक्ष्यबाट सम्मान मिल्ने देखिन्छ । श्रृङ्गारिक सामानहरु प्राप्त हुनेछ । खराब महिलाको सँगतले धन नोक्सान ब्यहोर्नु पर्ने देखिन्छ । आँखामा केही समस्या आई पर्नेछ

बिरोधी पक्षहरु परास्त रहनेछन् । प्रेम तथा दामपत्य जीवन सुखमय रहने छ । अलि बादबिवादमा पर्ने देखिन्छ । आर्थिक पक्षमा केही मध्ययम रहेको छ ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – संन्तान पक्ष्यबाट संन्तोष मिल्नुका साथैं संन्तानहरुले धन लाभ गर्नेछन् । दुराचार तिर मन लाग्दा अलि हानी ब्यहोर्नु पर्ने देखिन्छ । दामपत्य जीवनमा अलि परिवार जनमा रोग देखा पर्नेछ ।

धार्मिक तीर्थयात्राको स्थान गर्नु पर्नेछ । मित्रजनबाट धोखा मिल्नेछ । विद्यार्थीवर्गमा अध्ययनमा सफलता मिल्नेछ ।  मान सम्मानमा गिरावट आउने छ । रिसलाई बहसमा राख्नु पर्नेछ । कडा मिहिनेत गर्नु पर्नेछ ।

यात्रामा कष्ट र दुर्घटना पर्ने देखिन्छ। धन हानी हुने छ । तानसिक भोजनको कारण पेटमा केही समस्या आउने देखिन्छ । आर्थिक पक्षमा नयाँ स्रोतहरु देखा पर्नेछन् । बोलीको प्रभाव बढने देखिन्छ ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) –आफ्नै पराक्रमबाट धनलाभ हुनेछ । संन्तानबाट अलि मनमुटाब बढनेछ । वस्त्र सम्बन्धी ब्यापार गर्नेलाई हानी नोक्सान ब्यहोर्नु पर्नेछ । बिरोधी पक्षबाट धनलाभ हुनेछ ।

अकस्मात धनबृद्धि समेत हुनेछ । प्रेम तथा दामपत्य जीवनमा चिसो पन आउने देखिन्छ । बैदेशिक यात्रा हुनुका साथैं आयात निर्यात कार्य गर्नेहरुलाई लाभ हुनुका साथैं भ्रमण, मनोरंञ्जन कार्यमा धन नोक्सान हुने देखिन्छ। कामुकतामा बृद्धि हुनेछ ।

विद्यार्थीवर्गमा अध्ययनमा सफलता मिल्ने देखिन्छ । कार्यमा अवरोध हुने देखीनुका साथैं धार्मिक कार्यमा मन कम लाग्ने देखिन्छ ।

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – कार्यमा सफलता मिल्नुका साथैं विद्यार्थीवर्गमा अध्ययनमा सफलता मिल्नेछ । ब्यापार विजनेसमा लाभ हुनेछ । संन्तान सुखमा कमि रहनेछ । बिदेश यात्राको अवसर मिलेता पनि भयङ्कर रोगको सामना गर्नु पर्नेछ ।

आँखामा केही समस्या आई पर्नेछ ।  धन प्राप्त हुनेछ । मिष्ठान भोजनको अवसर मिल्नेछ । मनमा उमङ्गता बढने छ । दामपत्य सुखमा कमि हुनेछ ।

आँखाका साथैं मलद्वार सम्बन्धी समस्याले सताउने छ । महिनाको अन्तिम तिर धनमा कमी आउनेछ । प्रेममा अवरोध रहने देखिन्छ। झुटा कुरा बोल्दा नोक्सान ब्यहोर्नु पर्नेछ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) –राजकीय कार्यमा अवरोध सृजना आई पर्नेछ । महिलाहरुबाट बिभिन्न किसिमका आरोपहरु ब्यहोर्नु पर्ने देखिन्छ । मित्रजनबाट र राज्यपक्षबाट बिभिन्न किसिमका आरोप, झन्झट ब्यहोर्नु पर्ने देखिन्छ ।

शरीरमा पित्त र बाथ सम्बन्धी समस्याले सताउने देखिन्छ । प्रेममा अवरोध रहेको छ । धार्मिक तथा मंगल कार्यमा मन लाग्नेछ । सरकारी जागिरमा रहनेहरुलाई शुभ रहला । बिरोधी पक्ष्यहरु परास्त भई जानेछन् ।

मित्रजनबाट धोखा मिल्नुका साथैं विद्यार्थीवर्गका लागि अध्ययनमा केही अवरोध ब्यहोर्नु पर्ने देखिन्छ। दाजुभाई बिचमा बिबाद आउनेछ । संन्तानबाट सुख प्राप्त हुनेछ । संन्तानबाट बैमनश्यता बढने देखिन्छ ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) – बोलीमा प्रभावकारीता बढनेछ भने संन्तान सुख प्राप्त हुनुका साथैं अध्ययनमा सफलता मिल्नेछ । बिदेश यात्राको अवसर मिल्नेछ । मनमा अनेक किसिमको डर उत्पन्न हुनेछ । आँखामा समस्या आई पर्नेछ ।

दाजुभाई बिचमा सम्बन्धमा चिसो पन आउने छ । मानसिक चिन्ता बढने देखिन्छ । मित्रजनबाट धनलाभका साथै उपहार समेत प्राप्त हुनेछ । प्रेममा सुधार आउनेछ । विरोधी पक्षहरु परास्त हुदैं जानेछन् । हिरा, मोती, सुनचाँदी प्राप्त हुनेछ । ब्यापारमा लाभ हुनुका साथैं राज्यपक्षबाट मानसम्मान मिल्नेछ ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – धर्म कर्ममा मन लाग्नुका साथैं सियरमा लगानी गर्नेलाई लाभ हुनेछ । मित्रजनबाट लाभ हुनुका साथै घरगृहस्थीको सुख प्राप्त हुनेछ । बिलासी सामाग्रीमा खर्च बढने देखिन्छ। स्वजन कुलकुटुम्बबाट बिरोधको भाव उत्पन्न हुनेछ ।

मानसिक तनाब सृजना हुनेछ । विद्यार्थीवर्गले कडा मिहिनेत गर्नु पर्नेछ । स्त्रीको कारण जेल, हिरासतमा जानु पर्ने अवस्था आउन सक्नेछ । नयाँ नयाँ बस्त्र पहिरन गर्न पाउनुका साथैं शारीरिक सुख प्राप्त हुनेछ । बिरोधी पक्ष्यबाट पिडा ब्यहर्नु पर्ने देखिन्छ । आयश्रोतमा केही अवरोधको सामाना गर्नु पर्नेछ ।

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – बिरोधी पगपरास्त भएर जानेछन् । मित्रजनबाट धन लाभ हुनुका साथैं राज्यपक्ष्यबाट मानसम्मान पाउने छ । 

दामपत्य जीवनमा रोगका कारण पारिवारीक तनाब बढने देखिन्छ। टाढाको यात्राको अवसर मिल्नेछ । सरकारी जागिरमा रहेका हरुलाई राज्यपक्षबाट अपमान ब्यहोर्नु पर्नेछ । ब्यापार ब्यवसायमा बाधा उत्पन्न हुनेछ । 

प्रेम तथा दामपत्य जीवनमा खटपट उत्पन्न हुनेछ । शारीरिक कष्ट उत्पन्न हुनुका साथैं कडा परिश्रम गर्नु पर्नेछ । घरगृहस्थीको सुखमा कमि मिल्नुका साथैं राज्यपक्षबाट अलि अपमान ब्यहोर्नु पर्नेछ । छातिको समस्याका साथैं रक्त बिकार बढने देखिन्छ ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) –यात्रामा हानी हुनुका साथैं प्रेममा अवरोध सृजना हुनेछ । बैदेशीक यात्राको अवसर समेत मिल्नुका साथैं खर्च बढने देखिन्छ ।

विद्यार्थीवर्गमा अध्ययनमा सफलता मिल्नेछ । विरोधी पगपरास्त हुनुका साथैं धनलाभ समेत हुनेछ । बिरोधी पक्षहरु परास्त भएर जानेछन् । रोग नास भएर जानेछ । 

कार्यमा सिद्धि हुनुका साथैं राज्यपक्ष्यबाट मान सम्मान मिल्नेछ । राज्यपक्ष्यबाट विविध झमेला आई पर्नेछ । रक्त बिकार बढने देखिन्छ। प्रेम तथा दामपत्य जीवन सुखमय रहने छ । संन्तान सुख मिल्नुका साथैं राज्यपक्ष्यबाट मान प्रतिष्ठा बढने देखिन्छ । बिरोधी पगपरास्त हुनेछन् ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) –कार्यमा अलि अवरोध हुनुका साथैं नोक्सानी ब्यहोर्नु पर्ने देखिन्छ । अध्ययनमा रुची पढनुका साथैं बोलीमा प्रभावकारीता बढने छ । संन्तान सुख मिल्नेछ । मेनीनरी, फलाम सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ ।

बिरोधी पगपरास्त हुनुका साथैं धन लाभ हुनेछ । शारीरिक तथा मानसिक शक्तिमा कमि आउनेछ । विद्यार्थीवर्गमा अध्ययनमा कडा मिहिनेत गर्नु पर्नेछ ।
चिसो सम्बन्धी समस्याले सताउनेछ । राज्यपक्षबाट मानसम्मान मिल्नेछ । आँखामा समस्या आउनेछ ।

खराब मानिसको कारण धन नोक्सानी ब्यहोर्नु पर्नेछ । नयाँ बस्त्र पहिरन अवसर मिल्नुका साथैं पुस्तक अध्ययनमा रुची बढने देखिन्छ ।

तपाईको दिन शुभ रहोस !

ॐ नमोः भगवते बासुदेवाय नमः

चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजापाठ गर्न परेमा सम्पर्क गर्नुहोला । ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७, 

 


प्रकाशित मिति: शनिबार, २१ साउन, २०७९, २१:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९