सरिता अर्यालको ‘खुसीको फड्को’ कथासङ्ग्रह

सरिता अर्यालको ‘खुसीको फड्को’ कथासङ्ग्रह


सरिता अर्यालको ‘खुसीको फड्को’ कथासङ्ग्रह

काठमाडौँ । कथाकार सरिता अर्यालको तेस्रो कथाकृति ‘खुसीको फड्को’ को आज लोकार्पण भएको छ ।

नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ, प्राज्ञ माया ठकुरीलगायतले कृति लोकार्पण गरे । यसअघि सो कृतिको हवाइ यात्रामा विमोचन भएकामा आज गृह लोकार्पण र विमर्श आयोजना गरिएको हो ।

उपकुलपति डा गुरुङले सामाजिक परिवेशमा परिस्थितिमा निकै परिवर्तन आइसकेको र नारी जागरण तथा सशक्तिकरणको चरणका सन्दर्भमा ‘खुसीको फड्को’ सामयिक रहेको टिप्पणी गरे ।

प्रज्ञा प्रतिष्ठानका आख्यान विभाग प्रमुख ठकुरीले पात्रहरुलाई अगाडि ल्याएर यथार्थमूलकरुपमा अर्यालले कथा लेखन गरेको बताए ।

समीक्षक डा रजनी ढकालले ‘स्त्रीको चरित्र पुरुषको भाग्यमा छ’ भन्ने जस्ता पितृसत्तात्मक सोच र आडम्बरलाई अहिलेका कथा लेखनले त्याग्न सक्नुपर्ने बताइन् ।

शिक्षाविद् रामप्रसाद दाहालले अर्यालका कथाले पाठकलाई आकर्षित गर्न सकेको जनाए । समाजका अध्यक्ष विधान आचार्यले अर्यालको कथामा तराई, मधेस, पहाडका सामाजिक परिवेश र वैदेशिक रोजगारीका पीडा पनि अभिव्यक्त भएको बताए।

सुनसरीको रुनरुवामा जन्मिएर साहित्य, पत्रकारिता र शिक्षा सेवामा संलग्न अर्यालको यसअघि ‘फर्केर हेर्दा’—२०६८, ‘पुरुष’—२०७२ कथाकृति र ‘मेरो अपहरण’—२०७६ संस्मरण प्रकाशित छ । ‘मेरो अपहरण’ ले उक्त वर्षको उत्तम शान्ति पुरस्कारसमेत प्राप्त गरेको थियो ।


प्रकाशित मिति: आइतबार, २९ साउन, २०७९, २०:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९