भुसालका ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

भुसालका ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक


भुसालका  ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

काठमाडौँ, २६ वैशाख सुशिला भुसालद्धारा लिखित दुई उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ ।

नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले ती दुई उपन्यासको  तरेली साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा लोकापर्ण गरेका हुन् ।

उनले कठघरा उपन्यास १० बर्षे सशस्त्र जनयुद्धलाई केन्द्रीत भएर लेखिएका भन्दै त्यतिवेला मानिसहरुको रोजाई हिंसा थियो कि थिएन भनेर उल्लेख गरिएको छ ।

उनले माओवादी सशस्त्र द्धन्द र त्यसको अवतरणपछि नेपालीमा समाजमा पारेको कुरालाई उपन्यासमा उल्लेख गरिएको बताए । उनले एलो सुइटमा सम्पत्तिले सन्तुष्टि प्राप्त गर्न सकिदैन भन्ने कुरा समेटिएको छ ।

यस्तै उनले भुसालले दुवै उपन्यासलाई सवैले बुझ्ने गरि नेपाली समाजको यर्थातलाई पस्कनु भएको बताए ।

पुस्तकमाथि बासुदेव अधिकारीले दुवै उपन्यासले समाजको यर्थाथलाई चित्रण गरेको बताए ।

उनले कठघरा उपन्यासमा नेपाली समाजलाई नचाहदा नचाहदै सशस्त्र युद्धमा कसरी सामेल भए र हतियारलाई हेनेृ दृष्टिकोण कस्तो थियो भनेर लेखक भुसालले सरल भाषामा लेख्नु भएको बताए ।

उनले नेपालको वामपन्थी आन्दोलनभित्रको एउटा घार र प्रवृतिका अनेकन् दृश्यलाई उपन्सायमा समेटिएको बताए ।

उनले कठघरा उपन्यासले वामपन्थी आन्दोलनसंग सरोकार राख्ने पछिल्ला घटनाबारे पाठकलाई जानकारी समेत गराइएको छ ।

एलो सुइटमाथि टिप्पणी गर्दै डा. विन्दु शर्माले उपन्यासमा महिलालाई नायकत्व गर्न खोजिएको बताईन ।

उनले उपन्यासले सामुहिक नेतृत्व निर्माण गर्न महिलाले खेलेको भूमिकाको चित्रण गरिएको बताए ।

राष्ट्रिय जनसाहित्य सङ्घका अध्यक्ष राम विनयले समाजका न्यून वर्गिय पक्षमा साहित्य हुनुपर्ने बताए ।

लेखिका भुसालले उपन्यासमा १७ बर्षको अनुभवमा आफूले देखे भोगेका कुरालाई उतारिएको बताईन । उनले कठघरा माओवादी सशस्त्र द्धन्द र येलो सुइट होटल व्यवसायमा काम गर्ने एकजना महिला कामदारको कथा रहेको छ ।


प्रकाशित मिति: मंगलबार, २६ बैशाख, २०८०, ०९:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९