तपाईको भाग्य २०७९ भाद्र मासिक राशीफल

तपाईको भाग्य २०७९ भाद्र मासिक राशीफल


तपाईको भाग्य २०७९ भाद्र मासिक राशीफल

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – मेष राशीका ब्यक्तिका लागि २०७९ भाद्र महिनाको सुरुवाती दिनमा स्वास्थ्यमा केही समस्या आई पेट सम्बनिध्समस्याले सताउने देखिन्छ । 
खेलकुद प्रतिस्पर्धा सम्बनिध्कार्यमा लाग्दा सफल हुने देखिन्छ ।

सरकारी जागिर नोकरी गर्नेहरुका लागि अलि सावधानी अपनाउनु पर्ने देखिन्छ । होटल सम्बन्धि कार्य गर्नेलाई तथा होटल सम्बन्धि व्यापार गर्नेहरुलाई शुभ रहेको छ  । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बोल्दा अलि सावधानी अपनाउनु पर्ने देखिन्छ बिवादमा पर्ने देखिन्छ ।

खेलकुद, मनोरञ्जनका साथैं राजनीतिक क्षेत्रमा लाग्नेहरुका लागि शुभ रहेको छ । बैदेशिक सम्बन्धी काम तथा कार्य गर्नेहरुका लागि रोकीयका कार्यहरु सम्पन्न हुनेछन् । कृषि सम्बन्धि कार्य गर्नेहरुका लागि अलि हानी हुने देखिन्छ । जुनसुकै कार्य गर्दा खेरि आइतबारको दिन गर्नुहोस तपाईलाई शुभ रहनेछ । पारिवारिक मनमुटाब बढने छ । 

सम्बन्धि बिद्यार्थी बर्गका लागि अध्ययन अध्यापनमा शुभ रहेको छ । राजनीतिक कला क्षेत्रमा लाग्नेहरुका लागि शुभ रहेको छ । ब्यापारीक बर्गका लागि आर्थिक पक्षमा हानी रहेको छ ।मंगल ग्रह प्रतिकुलताका कारण आँखा सम्बन्धि समस्याले सताउने देखिन्छ । लेनदेखको कारण विवाद हँुदा  अलि सावधानी हुनु पर्ने देखिन्छ ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – बृष राशीका ब्यक्तिका लागि २०७९ भाद्र महिनाका राशीफलमा नोकरीमा बाधा उत्पन्न हुने देखिन्छ । विद्यार्थी वर्गका लागि अध्ययनमा शुभ फल प्राप्त हुनेछ । विदेश सम्बन्धि कार्य गर्न चाहनेहरुका लागि बैदेशीक कार्यमा सफलताका साथैं बैदेशिक यात्राको अवसर समेत मिल्ने देखिन्छ । आफन्त जनको साथ सहयोग लियर अघि बढनु पर्ने देखिन्छ । पारीवारीक मनमुटाब बढने देखिन्छ । 

खेलकुद, राजनीतिक, कलासंस्कृति क्षेत्रमा लाग्नेहरुका लागि शुभ रहेको छ । स्वास्थ क्षेत्रमा अलि टाउको सम्बन्धी समस्याले सताउने देखिन्छ । पशु पालन, कृर्षि सम्बन्धी कार्यमा शुभ रहेको छ ।

 कुनै पनि शुभ कार्य गर्दा गूरुवारको दिन गर्नुृहोस तपाईको दिन शुभ रहने छ । प्रसासनीक कार्यमा ढिलासुस्ती हुने देखिन्छ । राज्यपक्षबाट मान प्रतिष्ठा प्राप्त हुनेछ । नयाँ कार्य गर्दा शुभ फल प्राप्त हुनेछ । कुनै कार्य गर्दा आफ्नै स्वविवेकले कार्य गर्नु पर्ने देखिन्छ ।

अरुको निर्देशनवाट चल्दा अलि हानी नोक्सानी ब्यहोर्नु पर्ने देखिन्छ । अहंकारलाई अधिनमा राखेर कार्य गर्नु पर्ने देखिन्छ । 

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) – मिथुन राशीका ब्यक्तिका लागि २०७९ भाद्र महिनामा आर्थिक क्षेत्रमा फसेका धन आउन थाल्नुका साथैं आर्थिक स्रोतहरु देखा पर्नेछन् ।
ब्यापार क्षेत्रमा हानी नोक्सानी ब्यहोर्नु पर्ने देखिन्छ ।

वैदेशिक सम्बन्धी कार्य गर्ने तथा वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि शुभ रहेको छ । विद्यार्थी वर्गमा अध्ययन अध्यापनमा शुभ फल प्राप्त हुनेछ । 

सरकारी पेशा गर्ने तथा जागिर गर्नेहरुका लागि मानसम्मान प्राप्त हुनेछ । आफन्तजनको साथ सहयोग प्राप्त रहने नैं छ । खेलकुल, कला संगितका साथैं राजनीतिक क्षेत्रमा लाग्नेहरुका लागि अलि अशुभ रहेको छ । स्वास्थ्यमा अलि पेट सम्बन्धि समस्याले सताउने देखिन्छ ।

कृषि सम्बन्धि कार्य गर्नेहरुका लागि अलि नोक्सानी ब्यहोर्न पर्ने देखिन्छ । तपाईलाई शुभ बार आईतवार रहेको छ ।  शरिरमा उमङ्गता बढनुका साथैं जोश जागर उत्पन्न हुनेछ । गर्न थालीयका अपुरा कार्यहरु पूरा हुनेछन् । स्वास्थ्य क्षेत्रमा अलि रोग र शोकको कारण मनमा चिन्ता बढने देखिन्छ । 

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – कर्कट राशीका ब्यक्तिका लागि २०७९ भाद्र महिनामा स्वास्थ्य क्षेत्रमा आँखा सम्बन्धि समस्याले सताउने देखिन्छ । अनावश्यक खर्च बढने देखिन्छ ।

 राजनीतिक क्षेत्रमा लाग्नेहरुका लागि शुभ रहेको छ । नयाँ कार्यको शुरुवात हुने देखिन्छ । सेना, पुलिसका साथैं सुरक्षा क्षेत्रमा कार्य गर्नेहरुका लागि शुभ रहेको छ । विद्यार्थी वर्गमा सकारात्मक संन्देस सुन्न पाईनेछ । 

सरकारी पेशाका साथैं नोकरी गर्नेहरुका लागि बिविध झन्झट ब्यहोर्न पर्ने देखिन्छ । ब्यापारमा अलि हानी नोक्सानी ब्यहोर्न पर्नेछ । पारिवारिक सम्बन्धमा चिसो पन आउने देखिन्छ । 

प्रेम तथा दामपत्य जीवनमा सुखद रहेको छ । कृर्षि, मनोरञ्जन क्षेत्र, कलाकारीता क्षेत्रमा रहनेहरुका लागि शुभ रहेको छ । कर्कट राशीका लागि भाद्र महिनामा शुभ बार शुक्रवार रहेको छ । सरकारी कार्यमा लाग्नेहरुका लागि अलि अवरोध सामना गर्नुका साथैं बिबिध समेला झेल्नु पर्ने देखिन्छ । बोलीको कारण हानी नोक्सानी ब्यहोर्न पर्ने देखिन्छ । आर्थिक क्षेत्रमा धनलाभ हुने देखिन्छ । धार्मिक कार्यमा सरिक हुनु पर्नेछ । 

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – सिह राशीका ब्यक्तिका लागि २०७९ भाद्र महिनामा अलि अहंकार बढने देखिन्छ । बोलीमा मिठास पन आउने छद । विद्यार्थी वर्गका लागि अध्ययनमा शुभ रहेको छ । नोकरी पेशा गर्नेहरुका लागि शुभ रहेको छ । 

कला, खेलकुद, राजनीतिक क्षेत्रमा लाग्नेहरुका लागि शुभ रहेको छ । श्रमको मूल्य प्राप्त हुनेछ । हड्डी नसा सम्बन्धी समस्या आई पर्नेछ । घुमफीर सम्बन्धि कार्यमा समय जाने देखिन्छ । 

वैदेशिक कार्यमा जान चाहनेहरुका लागि शुभ रहेको छ । कृर्षि, चौपाया सम्बन्धी काम पेशा गर्नेहरुका लागि शुभ रहेको छ । सिंह राशीका ब्यक्तिका लागि शुभ बार आईतबार रहेको छ भाद्र महिनामा ।
कम बोल्दा राम्रो रहनेछ ।

मान्यजनको सर सल्लाह लिएर अघि बढदा राम्रो हुनेछ । सरकारी क्षेत्रमा रहनेहरुका लागि शुभ रहेको छ । आर्थिक क्षेत्रमा धन लाभ हुनेछ । 

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – कन्या राशीका ब्यक्तिका लागि २०७९ भाद्र महिनामा आर्थिक क्षेत्रमा धन हानी हुनुका साथैं नोक्सान ब्यहोर्न पर्ने देखिन्छ । 
बिद्यार्थी बर्गका लागि अध्ययन अध्यापनमा शुभ रहेको छ ।

सरकारी जागिर गर्नेहरुका लागि बिविध किसिमका झन्झट आई पर्नेछन् । मान्यजनको आदर संस्कारमा गर्नु पर्ने देखिन्छ । 

ब्यापार ब्यवसायमा हानी नोक्सानी ब्यहोर्नुका साथैं अलि बढी खर्चिला हुनेछ । प्रेम तथा दामपत्य जीवनमा रहेकाहरुलाई सामान्य मनमुटाब आई पर्नेछ । कृषि क्षेत्रमा कार्य गर्नेहरुका लागि शुभ रहेको छ । 

कन्या राशीका लागि भाद्र महिनामा शुभ बार बुधबार रहेको छ । श्रम अनुसारको प्रतिफल नपाउने देखिन्छ । कला, संस्कृति, खेलकुदका साथैं राजनीतिक क्षेत्रमा लाग्नेहरुका लागि लाभ रहेको छ । 

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) – तुला राशीका ब्यक्तिका लागि २०७९ भाद्र महिना शारीरिक सुख प्राप्त हुनेछ । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ । 

होटल क्षेत्रमा कार्य गर्नेहरुका लागि शुभ रहेको छ । बिद्यार्थी बर्गका लागि अध्ययन अध्यापनमा शुभ रहेको छ । वैदेशिक यात्रा तथा वैदेशिक कार्य गर्नेहरुका लागि शुभ रहेको छ ।

सरकारी जागिर तथा नोकरी गर्नेहरुका लागि शुभ रहेको छ । ब्यापार ब्यवसायमा अलि नोक्सान ब्यहोर्नु पर्ने देखिन्छ । प्रेम तथा दामपत्य जीवनमा अलि चिसो पन आउने देखिन्छ । स्वास्थ्य क्षेत्रमा अलि खराब आउनुका साथैं टाउँको सम्बन्धी समस्याले सताउने देखिन्छ । घरगृहस्थीको समस्याले सताउने देखिन्छ । 

जुनसुकै कार्य गर्दा खेरी मंगलबार गर्नुका साथैं गणेश भगवानको आराधना गर्नुहोस तपाई दिन शुभ रहनेछ । राज्यपक्षबाट मान सम्मान प्राप्त हुनेछ । बिरोधी पक्षहरु परास्त हुनेछन् । आर्थिक क्षेत्रमा आय भन्दा खर्च बढने देखिन्छ । 

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) – बृश्चिक राशीका ब्यक्तिका लागि २०७९ भाद्र स्वास्थ्य क्षेत्रमा रोगले सताउने देखिन्छ । गरेको कार्यमा प्रगति हुनेछ । शारीरिक सुख प्राप्तका साथैं आर्थिक क्षेत्रमा लाभ हुनेछ । 

सरकारी जागिरकामा रहनेहरुका लागि लाभ रहने छ । राजनीतिक, कला, संगित, खेलकुद क्षेत्रमा रहने हरुका लागि शुभ रहेकोछ । बिद्यार्थी बर्गका लागि अध्ययन अध्यापनमा शुभ रहेको छ । कार्यमा सफलता प्राप्त हुनेछ । 

धार्मिक यात्राको अवसर समेत मिल्नेछ । नोकरीमा शुभ रहेको छ । मान्यजनबाट लाभ हुने नैं छ । बोलीमा अलि लचकता अपनाउनु पर्ने देखिन्छ । पेटेको समस्याले अलि सताउने देखिन्छ । 

बृश्चिक राशीका ब्यक्तिका लागी श्रावण महिनामा जुनसुकै शुभ कार्य गर्दा खेरी सोमबार गर्नुहोस तपाईको कार्य सफल हुनेछ । नयाँ कार्यको जिम्मेवारी थप आउने देखिन्छ । मित्रजनको साथ सहयोगले अघि बढने देखिन्छ । आर्थिक क्षेत्रमा सुधार आउने देखिन्छ । 

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – धनु राशीका ब्यक्तिका लागि २०७९ भाद्र महिनामा शारीरिक अल्छिपन आउने देखिन्छ । महिनाको पहिलो हप्ता पछि आर्थिक क्षेत्रमा केही सुधार हुनेछ ।

राजनीतिक, कला, संगितका साथैं खेलकुद क्षेत्रमा रहनेहरुका लागि भाद्र महिना त्यति अनुकुल छैंन । बिद्यार्थी वर्गका लागि अध्ययन अध्यापनमा अल्छि पनको कारण हानी नोक्सानी ब्यहोर्न पर्नेछ । 

खेलकुल, कला संगित, खेलकुद क्षेत्रमा लागेकाहरुलाई महिनाको मध्यपछि शुभ रहेको छ । कृर्षि क्षेत्रमा लाग्नेहरुका लागि शुभ रहेको छ । बिरोधी पक्षहरु परास्त हुनेछन् । 

बिदेश यात्रा गर्नेहरुका लागि शुभ रहेको छ । घरगृहस्थीमा रहेका गृहर्णीहरुका लागि शुभ रहेको छ । स्वास्थ्य सम्बनिध्समस्यामा पेट सम्बनिध्समस्याले सताउने देखिन्छ । धनु राशीका ब्यक्तिका लागिजुनसुकै शुभ कार्य गर्ने बार भाद्र महिनामा सोमबार रहेको छ । पेशामा नोकरीका साथैं सरकारी सेवामा रहनेहरुका लागि अपमानका साथैं अपजसको सामाना ब्यहोर्नु पर्नेछ । 

ब्यापार ब्यवसायमा लाग्नेहरुका लागि पहिलो हप्ता सम्म लाभ नैं छ त्यसपछि केही नोक्सानी ब्यहोर्नु पर्नेछ । नोकरीमा रहनेहरुका लागि अलि अपजस ब्यहोर्न पर्ने देखिन्छ । आर्थिक क्षेत्रमा धन नोक्सानी हुनुका साथैं रोगबाट समेत अलि सचेत रहनु पर्ने देखिन्छ । 

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – मकर राशीका ब्यक्तिका लागि २०७९ भाद्र महिनामा स्वास्थ्य क्षेत्रमा अलि रोगले सताउने देखिन्छ । सरकारी जागिरका साथैं नोकरी गर्नेहरुका लागि झन्झट आई पर्नेछ ।
मान्यजनको सरसल्लाहले अघि बढदा शुभ रहने छ । शुरुका दिनमा ब्यापारमा शुभ त्यसपछि हानी नोक्सानी ब्यहोर्न पर्ने देखिन्छ । प्रेम तथा दामपत्य जीवनमा अलि अशुभ रहेको छ । 

अनावश्यक तनाब बढने देखिन्छ । कृर्षिमा हानी नोक्सानी ब्यहोर्न पर्ने देखिन्छ । खेलकुद, कला, राजनीतिक क्षेत्रमा रहनेहरुका लागि  अशुभ रहेको छ ।स्वास्थ्य क्षेत्रमा अलि खराब रहेको छ । घरगृहस्थीमा रहनेहरुका लागि अलि अशुभ रहेको छ । वैदेशिक कार्यम ागर्नेहरुका लागि अलि कार्यमा ढिला सुस्ती रहनेछ । 

शुभबार शुक्रवार रहेको छ मकर राशीका ब्यक्तिका लागि । सरकारीका साथैं प्रशासनिक क्षेत्रमा अलि ढिलासुस्ती हुने देखिन्छ । आर्थिक क्षेत्रमा धन लाभ हुने देखिन्छ । 

महिनाको पहिलो साता पछि आर्थिक क्षेत्रमा अलि अशुभ रहने छ । पेटसम्बनिध्समस्याले सताउने देखिन्छ । बिद्यार्थी वर्गमा महिनाको मध्यसम्म शुभ त्यसपछि अशुभ रहेको छ । 

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) – कुम्भ राशीका ब्यक्तिका लागि २०७९ भाद्र महिनामा प्रेम तथा दामपत्य जीवनमा रहनेहरुका लागि मनमुटाब बढने देखिन्छ । 

कार्यमा अलि ढिलासुस्ती हुनुका साथैं कार्यमा अवरोध सृजना हुने अवस्था रहेको छ । आफ्नो कार्य स्थल परिवर्तन गरी अन्यत्र जानु पर्ने अवस्था आउन सक्नेछ । महिनाको पहिलो हप्ता पछि शुभ रहेको छ

। गृहणीका लागि अलि अशुभ रहेको छ । बुधबार शुभ कार्य गर्नुहोस तपाई सफलता प्राप्त हुनेछ । 

घरगृहस्थीमा झन्झट ब्यहोर्न पर्नेछ । राजनीतिक क्षेत्रमा रहनेहरुका लागि अशुभ रहेको छ । ब्यापार ब्यवसायमा सकारात्मक रहने देखिन्छ । अर्थ उपाजर्न हुने देखिन्छ । प्रेममा मनमुटाब बढने देखिन्छ । दामपत्य जिवनमा खटपट बढने छ । 

 स्वास्थ्य  अलि खराब देखा पर्नेछ । वैदेशिक कार्य गर्नेहरुका लागि सफलता प्राप्त हुनेछ । कृषि सम्बन्धी पेशा अपनाउनेलाई शुभ रहेको छ । खेल,कला, संगित, राजनीतिकमा लाग्नेहरुका लागि अशुभ रहेको छ । 

 मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – मीन राशीका ब्यक्तिका लागि २०७९ भाद्र महिनामा बिरोधी पक्षहरु परास्त हुनुका साथैं शत्रुनास हुनेछन् । महिनाको मध्यपछि अलि बिवादमा फस्ने देखिन्छ कमबोल्दा लाभदायक नै रहने देखिन्छ । 

आर्थिक क्षेत्रमा सुधार हुनुका साथैं शुभ फल प्राप्त हुनेछ । बिद्यार्थी बर्गका लागि अध्ययनमा सफलता प्राप्त हुनेछ । राजनीतिक, कला संस्कृति, संगित, खेलकुद क्षेत्रमा कार्य गर्नेहरुका लागि शुभ रहेको छ

। प्रेम तथा दामपत्य जीवनमा शुभ रहेको छ । 

बिदेश सम्बन्धी कार्य गर्नेहरुका लागि नोक्सान ब्यहोर्न पर्ने देखिन्छ । घरगृहस्थीका गृहणीका लागि विविध झन्झट आई पर्नेछ । मीन राशीका लागि भाद्र महिनामा शुभ बार आइतबार र मंगलबार रहेको छ

। कार्यमा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धात्मक कार्य वा स्थानमा सफलता प्राप्त हुनेछ । सरकारी कार्य, प्रसासनिक क्षेत्रमा रहनेहरुका लागि शुभ रहेको छ । मृद्धा मामिला गरि रहेकाहरुलाई मुद्दा अन्त्य हुनेछ । 

राशीफलले जे जस्तो भनेता पनि तपाईको भाद्र महिना शुभ रहोस !
 

ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७, 

भाद्र महिनाका शुभदिनहरु 
भाद्र ३ गते कृष्णजन्माष्टमीब्रत, मोहरात्री
भाद्र ७ गते अजाएकादशीब्रत
भाद्र ११ गते शनिवार कुशेऔंसी
भाद्र १३ गते दरखाने दिन
भाद्र १४ गते हरितालिकाब्रत तिज
भाद्र १५ गते गणेशचतुर्थीब्रत
भाद्र १६ गते ऋषिपञ्चमीब्रत
भाद्र १७ गते गौरापर्व
भाद्र २१ गते हरिपरिवर्तिनी एकादशीब्रत
भाद्र २२ गते इन्द्रध्वजोत्थान ईन्द्रजात्रा
भाद्र २४ गते पूर्णिमा ब्रत 
भाद्र २६ गतेबाट सोह्रश्राद्ध शुरु ( पितृपक्ष) आश्विन ९ गते रवि वारका दिनसम्म । 
अन्न प्रासन पास्नी मूहुर्तहरुः–
भाद्र १३ गते, १६ र२७ गते
मुठि लिने मूहुर्त
भाद्र २० र २२ गते 

 

दोकान खोल्ने मूहुर्तहरुः

१,५,६,९,१३,२२ र२७

रुद्री जुर्नेदिनहरु ः– १,३,६,७,८,९,१३,१६,१७,१८,२२,२३ र२४

अग्नि जुर्ने दिनहरु ः– २,४,५,८,१०,१२,१४,१६,१८,२१,२३ र २५


प्रकाशित मिति: बुधबार, १ भदौ, २०७९, ०८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९