कास्कीमा नयाँ र युवा नेता विष्णु पुन

कास्कीमा नयाँ र युवा नेता विष्णु पुन


कास्कीमा नयाँ र युवा नेता विष्णु पुन

पोखरा, । मतदाताले नयाँ र युवा उम्मेदवार खोजिरहेको वेला एमाले कास्कीले युवा नेता विष्णु पुन खोजेको छ । 

यहि मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नंं १ को प्रदेश (क)वाट उनी सिफारिस भएका हुन् । 
समाजमा रहेको अन्याय अत्याचार, असमानता, विभेद, अराजकताको शसक्त प्रतिवाद गर्दै पृथ्वीनारायण क्याम्पसदेखि अखिलमा आवद्ध भएर राजनीतिमा सक्रिय भएका हुन् । 

उनी उर्जाशील युवा जोस र जागरका साथ अहिले चुनावी मैदान उत्र्ने तयारीमा रहेका छन् । मध्यवर्गिय परिवारमा जन्मिएका विष्णु पुन बाल्यकालदेखि नै सामाजिक र राजनीतिक चिन्तन रहेको छ । 

जिवनको १३ बर्षको कलिलो बाल्य अबस्थादेखि नै विद्यार्थी राजनीतिमा होमिएका उनि अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्ष, क्षेत्रीय कमिटी सदस्य हुदै जिल्ला कमिटी सदस्य समेत भएका थिए । 

अखिलबाट उनी युवा संघको राजनीतिक गर्दै अहिले पार्टीको कमिटीमा रहेका छन् । 

२०६५ सालदेखि बिद्यार्थी राजनीतिबाट विदाई लिदै  बिपत्तिको बेलामा युथ फोर्स लेखनाथ नगर कमिटीको सचिब र संयोजक समेत भए । 

उनी कास्की एमाले पार्टी भित्र देखिएको राजनीतिक बिचलन र पलायनको क्रम अगाडि बढिरहेको वेला पार्टीको दरिलो खम्बा बनेर नेता तथा कार्यकर्तालाई  संरक्षण गर्न महत्वपूर्ण योगदान पु¥याएका थिए । 

२०६९  सालमा युवा संघ नेपाल कास्कीको सचिव, २०७० सालमा कास्की जिल्ला संयोजक र २०७१ सालमा जिल्ला अध्यक्ष भएर काम गरिसकेको हुनाले चुनावमा युवालाई कसरी  परिचालन गर्नुपर्दछ भन्ने राम्रो ज्ञान उनमा रहेको छ । 

उनकै नेतृत्वमा युवा परिचालन गरि २०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले कास्कीमा शानदार जित निकालेको थियो । उनी युवा संघ नेपालको केन्द्रिय कमिटी सदस्य हुँदै पार्टी समायोजन भएपछि कास्की जिल्ला इन्चार्ज समेत भएका थिए । अहिले उनी एमाले कास्कीको जिल्ला कमिटी सदस्य हुन् । 

नेपालमा अधिकार प्राप्तिको राजनीतिक क्रान्ति सफल भएको भन्दै उनले अब प्राप्त अधिकारलाई संस्थागत गर्दै आर्थिक सामाजिक क्रान्ति तर्फको आन्दोलन अघि बढाउनुपर्ने बताउँछन् । 

उनी राजनीतिक साथै खेलकुद र सामजिक कार्यलाई समेत अगाडि बढाएका छन् । सूर्य तारा क्लव पोखरा नामक सामाजिक संस्थाको संस्थापक अध्यक्ष भई गरिब तथा उत्पीडित वर्गको हकहित र अधिकारको छेत्रमा सामाजिक अभियानताको रुपमा काम थालेका विष्णु पुन युवा पिडितको प्रेरणाका बनेका छन् ।

उनी नेपाल खेलकुद महासंघको केन्द्रिय कमिटी सदस्य र गण्डकी प्रदेश संयोजक समेत हुन् । कुशलतापूर्वक आफ्नो जिम्मेवारीमा अब्बल रहेका  युवा नेता बिष्णु पुन युवा, विद्यार्थी, खेलाडी र नेता तथा कार्यकर्ताको माझमा अतन्तै चर्चित र लोकप्रिय छन् ।

युवा तथा नयाँ पिढीलाई मतदाताले रोजिरहेको वेला कास्कीले पनि युवा नेता विष्णु पुनलाई अगाडि बढाउने सम्भावना रहेको छ । 

 


प्रकाशित मिति: बिहिबार, ३० भदौ, २०७९, २१:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९