तपाईको असोज १६ गतेदेखि २२ गतेसम्मको राशीफल यस्तो

तपाईको असोज १६ गतेदेखि २२ गतेसम्मको राशीफल यस्तो


तपाईको असोज १६ गतेदेखि २२ गतेसम्मको राशीफल यस्तो

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) ः शारीरिक ब्यायाम योग ध्यानमा अलि बढी ध्यान दिनु आवश्यक रहेको छ । कार्य सिद्धि, ब्यापारमा लाभ, सञ्चित धन नोक्सान, विरोधी पक्ष परास्त, यात्रामा अलि कष्ठ हुनुका साथैं धन हानी हुन सक्ने सम्भावना बढेर गएको छ । 

हरियाली तिर यात्रा गर्नु आवश्यक रहेको छ । अलि बढी मात्रामा सुत्नु आवश्यक रहेको छ । शारीरिक मानसिक बिश्राममा ध्यान दिनु आवश्यक रहेको छ ।
गीत संगित मनोरञ्जन तिर ध्यान दिनु आवश्यक रहेको छ । महिलाको कारण अपमान ब्यहोर्न पर्ने देखिन्छ । घर देखि टाढाको यात्राको सम्भावना रहेको छ । संन्तान सुख प्राप्त रहनेछ ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) ः– खानपिनमा अलि बिशेष ध्यान दिनु आवश्यक रहेको छ । बोल्दा अलि सावधानी हुनु आवश्यक रहेको छ । कार्यमा असफलता, बिलासिता सामाग्रीमा मन लाग्ने, साझेदारी कार्यमा नोक्सान, दाजुभाई सित सम्बन्धमा चिसो पन, पशु चौपायाबाट हानी नोक्सानी ब्यहोर्न पर्ने छ । 

 सत सरित्रमा रहेर कार्य गर्नु आवश्यक रहेको छ । शारीरिक ब्यायाम गर्नु आवश्यक रहेको छ ।  छाती, घाटी सम्बन्धी रोगले सताउने छ । धेरैं गरम खाना खादा हानी कारक हुनेछ । धन हानी, संन्तानलाई रोगले सताउने, राज्यपक्ष्यवाट अनेक किसिमका झन्झट,अपमान व्यहोर्न पर्ने, दुःखकष्ट कडा परिश्रम गर्नु पर्ने, । 

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) ः– चिडचिडापन शरीरमा पसिना आउने गर्मी सम्बन्धी समस्याले सताउने देखिन्छ । वायु सम्बन्धी रोगले सताउने देखिन्छ । गुप्ताङ्ग  सम्बन्धी रोगले सताउने देखिन्छ । राज्यपक्ष्यबाट सम्मान, यात्रामा कठिन, ब्यापार कारोबारमा लाभ, निमोनिया, छाति सम्बन्धी रोगले सताउने, दामपत्य जीवनमा खटपट, घरगृहस्थी जीवनमा सुखमय, राज्यपक्ष्यबाट सम्मान,मान्यजनवाट बिभिन्न किसिमको सहायता प्राप्त हुनेछ । संन्तानबाट अलि चिन्ता बढने, दानधनमा मन लाग्र्नुका साथैं आखाँमा अलि कष्ट दिने देखिन्छ । 

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) ः– धन सम्पतिमा हानी, शारीरिक कष्ट, सन्तानबाट बिरोध हुनेछ । राज्यवाट मान सम्मान प्राप्त, भूमि तथा घरगृहस्थीवाट हानी नोक्सानी, मित्रजनवाट हानी नोक्सानी ब्यहोर्न पर्नेछ । 

पेट सम्बन्धी समस्याले सताउने देखिन्छ । खानपिनमा अलि बढी ध्यान दिनु आवश्यक रहेको छ । रोगवाट मुक्ति, कार्यमा सफलता, आनन्द सुःख प्राप्त, झगडा बिवाद, चिसो सम्बन्धी समस्याले सताउने, धनको अलि अभाव, विद्यार्थी वर्गमा अध्ययनमा सफलता, पैत्तिक सम्पतिको बृद्धि हुनेछ । 
अलि रोगले सताउने देखिन्छ । मानसिक बिश्राम दिनु आवश्यक रहेको छ । चिसो सम्बन्धी समस्याले सताउने देखिन्छ । 

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) ः– शारीरिक रक्षा गर्नु आवश्यक रहेको छ । शरिरमा ज्वरोको समस्याले सताउने देखिन्छ अलि बढी सावधानी हुनु आवश्यक रहेको छ । मादक पदार्थको सेवन कमभन्दा कम गर्नु आवश्यक रहेको छ । 

ब्यापार धन सम्पतिमा नोक्सानी, सानो दुरीको यात्रा प्राप्त, धन सम्पतिमा चोर लाग्न सक्ने,बिद्यार्थी बर्गमा अध्ययनमा सफलता, यात्रा प्राप्त भएपनि कष्टपुर, सन्तान प्राप्त, राज्यवाट अपमान, भूमि जग्गा प्राप्त, राज्यवाट सुख प्राप्त,  मित्रजनवाट लाभ हुनेछ । 

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) ः– खानपिनमा अलि बढी ध्यान दिनु आवश्यक रहेको छ । धन सम्पतिमा कमि, श्रृङ्गारिक सामानवाट लाभ, संन्तानबाट पिडा, अकस्मात रोगले सताउने, आँखामा समस्या हुनेछ ।  
स्वास्थ्यमा अलि बढी ध्यान दिनु आवश्यक रहेको छ । धन नास, मान सम्मानमा कमि, आयमा बृद्धि, विरोधी पक्षहरु पराजय हुनेछन् । रोगवाट पिडित, बिरोधी पक्षहरु पराजय, साना साना कुरामा बिवादमा पर्ने योग रहेको छ ।

मानसिक रुपमा स्वच्छ हुनु आवश्यक रहेको छ । पेट सम्बन्धी समस्याले सताउने देखिन्छ । 

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) ः–  स्वास्थ्यमा अलि खराब, धनबाट अलि कमिको महसुनको अनुभुति गर्नु पर्ने, श्रृङ्गारिक सामानमा हानी ब्यहोर्नु पर्ने,राज्यपक्ष्यबाट अनेक किसीमका झन्झट ब्यहोर्न पर्ने, शरिरमा पित्त, वायु सम्बन्धी समस्याले सताउने, संन्तानको भाग्यमा बृद्धि हुनेछ । 

गुप्ताङ्ग सम्बन्धी समस्याले सताउने देखिन्छ । आँखा सम्बन्धी समस्याले सताउनेछ । कामुकतामा बृद्धि, अध्ययनमा कडा मिहिनेत गर्नु पर्ने, भाईबाट अपमान ब्यहोर्न पर्ने, खराब कर्ममा मन लाग्ने, बिरोधी पक्ष्यवाट नोक्सान ब्यहोर्न पर्नेछ । 

 चिसो सम्बन्धी समस्याले सताउनुका साथैं वायु सम्बन्धी समस्याले पिडा दिने छ ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) ः– गुप्ताङ्ग सम्बन्धी समस्याले दुःख दिनेछ । छाति सम्बन्धी समस्याले सताउने छ । घाटीका साथैं कलेजो सम्बन्धी समस्याले सताउने छ । धन प्राप्ती, पितावाट सुख प्राप्त, समाजवाट अपमान, राज्यवाट पिडित, दाजुभाई बिवाद, दुःखकष्ट आईपर्ने, सन्तान सुख, अध्ययनमा सफलता, शुभ कार्यमा मन लाग्नेछ ।

 सन्तान सुख, बोलीमा प्रभावकारीता, कार्यमा सफलता, पशु चौपायाबाट लाभ, बिरोधी पक्षवाट लाभ, कडा मिहिनेत गर्नु पर्नेछ । 

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) ः– खरिद बिक्री सम्बन्धी कार्यवाट लाभ, अकस्मात धनलाभ समेत हुनेछ । दुर्घटना, शारिरीक समस्याले सताउने देखिन्छ । बिरोधी पक्ष्य परास्तका साथैं बिरोधी पक्षवाट धनलाभ, ब्यवसायमा लाभका साथैं व्यवसायमा बृद्धि, राज्यपक्षवाट लाभ, घरगृहस्थीको सुख प्राप्त, स्त्रीवाट लाभ, घरदेखी टाढाको यात्राको अवसर । 

शारीरिक ब्यायाम गर्नु आवश्यक रहेको छ । राज्यपक्ष्यवाट मान सम्मान प्राप्त,मित्रजनवाट लाभ, बन्धुजनवाट लाभ हुनेछ । 

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) ः – चिसो नसा सम्बन्धी समस्याले सताउने देखिन्छ । मानसिक विक्षिप्त सम्बन्धी समस्याले सताउने छ । सम्बन्धी समस्याले सताउने देखिन्छ । राज्यपक्ष्यवाट अपमान ब्यहोर्नु पर्ने, धार्मिक कार्यमा सरिक, आँखा सम्बन्धी समस्याले सताउने, खराब कार्यमा मन लाग्ने,यात्रामा अनेक बिग्नबाधा आईपर्ने छ । 

राज्यपक्षवाट अपमान हुनुका साथैं जागिरमा रहेकाहरुलाई अपमान ब्यहोर्नु पर्ने, भाईप्रति स्नेह मोह जागेर आउनेछ । महिलाको कारण दुःखकष्ट आईपर्ने, राज्यपक्षबाट बिविध किसिमका बन्धनहरु आईपर्र्ने, यात्रामा अलि दुःखकष्ट, महिला सित मनमुटाब बढने हुदा अलग बस्ने अवस्था आउनेछ । 

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) ः–  खानपिनमा अलि सादा मसलेदार खाना खादा स्वास्थ्यमा हानी हुनेछ । रक्त सम्बन्धी अनेक समस्या देखा पर्नेछन् । बिरोधी पक्ष्यहरु परास्त हुनेछन् । ख्याति प्राप्तका साथैं परोपकारी कार्यमा मन लाग्नेछ । अध्ययन कार्यमा मनलाग्नेछ । 
धन हानी नोक्सानी ब्यहोर्नु पर्नेछ । मित्रजनवाट अकस्मात धनलाभ हुनेछ । संन्तानको कारण भाग्यमा बृद्धि हुनेछ । आँखा सम्बन्धी समस्याले सताउने देखिन्छ । महिनामा वायु सम्बन्धी समस्याले सताउने छ । 
स्वच्छ वायु र मनोरञ्जन तिर अलि ध्यान दिनु आवश्यक रहेको छ । आँखा सम्बन्धी समस्याले सताउने देखिन्छ । राज्यपक्ष्यबाट भय, डरक्रास उत्पन्न हुनेछ । रोगबाट मुक्त, मिष्ठान भोजन प्राप्त, सुख प्राप्त हुनेछ । घरगृहस्थी सुखमा कमि हुनेछ । 

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) ः– मादक पदार्थको सेवन गर्दा हानी कारक हुनेछ । पानी सम्बन्धी रोगले सताएर पिडा दिनेछ । सिर सम्बन्धी पीडा, धन एवं मानहानी हुनेछ । धन एवं मान हानी हुनेछ । 
खराब मान्छे, चोरको डर हुनेछ । बैदेशीक कार्यमा हानी नोक्सान ब्यहोर्नु पर्नेछ । यात्रा कठिन पूर्ण रहनेछ । आय भन्दा व्यय खर्च बढनेछ । दामपत्य जीवनमा रोगका साथैं शोक बढनेछ । 
मेसिनेरी, कोइला, ढुङ्गा सम्बन्धी कारोबार गर्नेलाई लाभ हुनेछ । अध्ययनमा रुची कम हुनेछ । बिरोधी पक्षहरु बढने सम्भावना रहेको छ । मलद्धार सम्बन्धी रोगले सताउने देखिन्छ । स्वास्थ्य सम्बन्धी

समस्याले सताउने देखिन्छ । छाती सम्बन्धी समस्याले सताउने छ । 

राशीफलले जे जस्तो भनेता पनि तपाईको असोज महिना शुभ रहोस !
ॐ नमोः भगवते बासुदेवाय नमः

चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७, 

 


प्रकाशित मिति: आइतबार, १६ असोज, २०७९, १९:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९