२०७९ तपाईको भाग्य ! कार्तिक महिना राशीफल

२०७९ तपाईको भाग्य ! कार्तिक महिना राशीफल


२०७९ तपाईको भाग्य ! कार्तिक महिना राशीफल

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) ः– कार्तिक महिना कडा परिश्रम गर्नु पर्नेछ । आईतवारको दिन सूर्यलाई जल चढाउदा शुभ रहनेछ । सेना, पुलिस, होटल, आगो सम्बन्धी कार्य गर्नेलाई नोक्सान रहेको छ । चोटपटक लाग्न सक्नेछ । मावली पक्ष बाट नोक्सान ब्यहोर्नु पर्नेछ ।

राज्यपक्ष बाट अपमान हुनेछ । तेल, ग्यास, फलाम, खनिज सम्बन्धी कार्य गर्नेलाई नोक्सान हुनेछ । संन्तानबाट असन्तुष्टी हुनेछ । अध्ययनमा अवरोध, प्रेममा अवरोध हुनेछ । फलाम तथा माटो सम्बन्धी कार्य गर्नेलाई हानी नोक्सानी ब्यहोर्नु पर्नेछ । मनमा नकारात्मक कुराहरु उत्पन्न हुन सक्नेछन् ।  हनुमान चालिसा पढने गर्दा शुभ रहनेछ । शुभ रङ्ग रातो, शुभ दिशा पश्चिम, शुभ अंक १ रहेको छ ।  

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) ः–कार्तिक महिना बिरोधी पक्ष हरु परास्त हुनेछन् । सरकारी क्षेत्रमा रहेकालाई सामान्य रहेको छ । भोग विलास सम्बन्धी कार्य गर्नेलाई महिनाको शुरुवातमा राम्रो, महिनाको अन्त्य तिर अलि खराब रहेको छ । बैदेशिक सम्बन्धी कार्य शुभ रहेको छ ।

आमा सित शुख प्राप्त रहनेछ । चोट पटकको सम्भावना रहेको छ । होटल सम्बन्धी कार्य गर्नेलाई सामान्य रहेको छ । पक्ष पक्ष प्रेममा सफलता रहेको छ । विद्यार्थी वर्गलाई महिनाको शुरुमा लाभ रहेता पनि अन्त्य तिर केही खराब हुनेछ । प्रेस तथा पत्रकारिता सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । विरोधी पक्ष वाट अलि पिडा रहेको छ ।  कालो शुभ रङ्ग, शुभ दिशा पक्ष रहेको छ ।
 

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) ः –कार्तिक महिना संन्तानबाट सुख रहेको छ । शारीरिक सुख प्राप्त हुनेछ । अध्ययनमा शुभ रहेको छ । सन्तानलाई अलि खर्च रहने छ । राजनीतिक क्षेत्रमा रहेकाहरुलाईलाई शुभ फल प्रात रहने देखिन्छ। संन्तानदेखी शुभ समाचार सुन्न पाईनेछन् ।

श्रृङ्गारिक सम्बन्धी कार्यबाट लाभ रहेको छ । बिरोधी पक्ष हरु धेरै रहने छन् ।
सेना पुलिस सम्बन्धी कार्य गर्नेलाई अलि सावधानी रहनु पर्ने देखिन्छ । सुर्यको आराधना गर्नुपर्ने देखिन्छ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्त हुनेछ । राज्यपक्ष बाट मान सम्मान मिल्ने देखिन्छ। महिनाको सुरुवातीमा आर्थिक स्रोतहरु प्रशस्त मात्रामा देखा पर्नेछन् ।शुभ रङ्ग पहेलो, शुभ दिशा उत्तर रहेको छ ।
 

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) ः– कार्तिक महिना आजआर्जनमा बृद्धि, बिरोधी पक्ष  परास्त हुनेछन् । फलाम, छाला सम्बन्धी कार्य गर्नेलाई लाभ रहनेछ । विद्यार्थीमा लाभ दायक समय हुनेछ । कारोबार गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ । सूर्यको आराधना गर्दा अझ राम्रो हुनेछ ।

विद्यार्थी वर्गमा लाभ रहनेछ । सामाजिक क्षेत्रमा लाभ दायक नैं रहनेछ  । कला संगितमा लाभ रहेको छ । यन्त्रतन्त्र मन्त्र सम्बन्धी कार्य गर्नेलाई शुभ रहेको छ । धनधान्य बृद्धि रहनेछ । दाजुभाई सित शुभ रहनेछ । बैदेशिक क्षेत्र शुभ रहनेछ । धन लाभ हुने देखिन्छ ।
सन्तानबाट लाभ रहनेछ । यात्रामा लाभ, धार्मिक यात्रामा सरिक हुनेछ । प्रेममा सफलता रहनेछ । सरकारी पदमा रहनेलाई शुभ रहनेछ । राजनीतिक क्षेत्रमा रहनेहरुलाई लाभ रहनेछ । शुभ रङ्ग सेतो, शुभ दिशा पूर्व रहेको छ ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) ः– कार्तिक महिना आट हिम्मत बढने छ । दाजुभाई बिचमा सम्बन्धमा सुधार रहनेछ । फसेका धन प्राप्त हुनेछ । सरकारी क्षेत्रमा रहनेछलाई लाभ, राजनीतिकमा पनि लाभ रहेको छ ।
आभुषण तथा भोग बिलास सम्बन्धी कार्यबाट लाभ हुनेछ । । रोगबाट डर हुनेछ । बुवा आमाको स्वास्थ्यमा खराब हुनेछ । हातहतियारबाट चोटपटक लाग्न सक्नेछ । आकस्मिक धनलाभ हुनेछ । विद्यार्थी वर्गका लागि अध्ययनमा अलि कडा मिहिनेत गर्नु पर्नेछ ।

प्रेस तथा पत्रकारीता सम्बन्धी कार्यबाट लाभ हुनेछ । बैदेशिक कार्यमा लाभ हुनेछ । शुभ रङ्ग रातो, शुभ दिशा पश्चिम रहेको छ ।
 

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) ः– कार्तिक महिना शुक्र दोस्रो भावमा हुदा भोग विलास, राजनीतिक क्षेत्रमा लाभ हुनेछ । धनधान्य बृद्धि हुनेछ । पर्यटन, कलाकारीता क्षेत्रमा रहेकालाई लाभ हुनेछ । धार्मिक कार्यमा अलि खर्च बढने देखिन्छ । विद्यार्थी वर्गले अलि सावधानी अपनाउनु पर्ने देखिन्छ ।

बोलीको प्रभावबाट धनलाभ हुनेछ । महिनाको पहिलो हप्ता पछि बुध ग्रहको प्रभावको कारणले धनलाभ हुनेछ । बोल्दा कम बोल्नुका साथैं सावधानी अपनाउनु पर्ने देखिन्छ ।
दाजुभाई बिचमा सम्बन्धमा सुधार हुनेछ । बिरोधी पक्षबाट सावधानी, बैदेशिक कार्यवाट लाभ हुनेछ । सेना, पुलिस सम्बन्धी कार्य गर्नेले सावधानी अपनाउनु पर्नेछ । शुभ रङ्ग हरियो, शुभ दिशा पक्ष रहेको छ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) ः– कार्तिक महिना शुक्र ग्रहको प्रभावको कारणले सुखका साथैं बिरोधी पक्ष  परास्त हुनेछन् । शारीरिक उमङ्गता बढने छ । श्रृगाङ्गिक सम्बन्धी, भोगविलास, प्रेम, कला, संगित क्षेत्रमा रहेकालाई शुभ फल दिनेछ ।

शरीरको अलि हेरबिचार गर्नुपर्ने देखिन्छ । ठेकेदारी सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । विद्यार्थी वर्गले अलि मिहिनेत गर्नु पर्ने देखिन्छ । महिनाको पहिलो हप्ता संञ्चित धन नोक्सान हुनेछ । यन्त्र, तन्त्र, मंन्त्रको प्रयोग गर्नेलाई लाभ हुनेछ ।
हरियो बोट विरुवाको कारोबार गर्दा लाभ हुनेछ । पापकर्म बढने देखिन्छ । सेना, पुलीस, मेसीनरी सम्बन्धी कार्य गर्नेलाई सावधानी अपनाउनु पर्ने देखिन्छ ।
प्रेममा अवरोध रहन्छ । बैदेशिक क्षेत्रमा कार्य गर्नेलाई लाभ हुनेछ । गणेश भगवानको आराधना गर्नु पर्ने देखिन्छ । शुभ रङ्ग गुलाबी, शुभ दिशा पूर्व रहेको छ ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) ः– कार्तिक महिनामा बिदेश सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । बिरोधी पक्ष  परास्त हुनेछन् । राजनीतिक, गीत संगित, पर्यटन, डेकोरिसन सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ ।  
फजुल खर्च सम्बन्धी बढने देखिन्छ ।

महिनाको पहिलो हप्ता पछि बुध ग्रहको प्रभावको कारण धन नोक्सान हुन सक्नेछ । लेखक, पर्यटन, फलाम, सिसा सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ ।
धार्मिक क्षेत्रमा लाभ हुनेछ । प्रेममा अलि अवरोध हुनेछ । धन हानी हुनेछ । सन्तती बाट अलि हानी ब्यहोर्नू पर्ने छ ।

सेना, पुलीस, सुरक्षा सम्बन्धी कार्य गर्नेलाई सावधानी अपनाउनु पर्ने देखिन्छ ।
भौम ग्रहको आराधना गर्नुका साथैं ग्रहको पुजा, जप गर्नु पर्दछ ।सरकारी क्षेत्रमा रहनेहरुले सावधानी अपनाउनु पर्नेछ । शुभ रङ्ग सेतो, शुभ दिशा उत्तर रहेको छ ।  

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) ः– कार्तिक महिना आर्थिक लाभ हुनेछ । ठेकेदारी सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । धार्मिक क्षेत्रमा अलि समय बित्ने छ ।
मान्यजनको स्वास्थ्यमा अलि खराब हुनेछ । सरकारी कार्य गर्नेलाई लाभ हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । भोग बिलास सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ ।

प्रेममा सफलता हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । बिरोधी पक्ष  परास्त हुनेछ । शारीरिक सुख प्राप्त हुनेछ । विद्यार्थी वर्गमा लाभ हुनेछ । बैदेशिक कार्यबाट लाभ हुनेछ । औजार सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ ।
सेना, पुलिस सम्बन्धी कार्य गर्ने लाई लाभ हुनेछ । सरकारी पक्ष बाट लाभ हुनेछ । प्रेममा सफलता हुनेछ । प्रेस तथा पत्रकारीता क्षेत्रमा लाग्नेलाई लाभ हुनेछ । शुभ रङ्ग सेतो, शुभ दिशा पश्चिम रहेको छ ।

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) ः– कार्तिक  महिनामा कार्यमा सिद्धि प्राप्त हुनेछ । आट हिम्मत बढने देखिन्छ ।  पैत्रिक सम्पतिबाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा रहनेलाई लाभ हुनेछ । तेल, फलाम सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ ।
सिपलाई अलि प्रयोग गर्नु पर्नेछ । धन प्राप्त हुनेछन् । सुख सुबिधा प्राप्त हुनेछ । प्रेममा महिनाको मध्य पछि लाभ छ । विद्यार्थी वर्गमा लाभ रहेको छ ।
सरकारी कार्यमा रहनेलाई लाभ हुनेछ । बैदेशिक कार्यमा रहनेलाई लाभ हुनेछ । रोगबाट अली भय हुनेछ । मेसिनरी सम्बन्धी कार्य गर्नेले अलि सावधानी अपनाउनु पर्नेछ । शत्रू बृद्धि हुनेछन् । सेना, पुलीसमा रहनेले सावधानी अपनाउनु पर्नेछ । रोगबाट भयका साथैं धन क्षय हुनेछन् । लेखन कार्य, पत्रकारीता क्षेत्रमा रहने लाई लाभ हुनेछ । शुभ रङ्ग ध्वासे, शुभ दिशा पश्चिम रहेको छ ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) ः– कार्तिक महिनाको आर्थिक लाभ हुनेछ । सोचेका कार्य पूरा हुनेछ । प्रेममा सफलता रहेको छ । अग्रजबाट लाभ हुनेछ । पराक्रम बढने देखिन्छ । आभूषण सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । कान्ति क्षेत्र हुने देखिन्छ ।

सूर्य ग्रहको आराधना गर्नु पर्नेछ । धातु, सिसा मोवाईल सम्बन्धी कार्य गर्नेले अलि सावधानी अपनाउनु पर्नेछ । गीत, कला संगित, क्षेत्रमा रहनेलाई लाभ हुनेछ । घर, जमिन सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । बैदेशीक क्षेत्रबाट सामान्य लाभ हुनेछ ।
धन लाभ हुनेछ महिनाको शुरुका दिनमा ।

बाक कला सम्बन्धी कार्य गर्ने, फलाम, सिसा सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । खानपिनमा अलि सावधानी अपनाउनुपर्ने छ । विद्यार्थी बर्गमा शुरुका दिनमा शुभ रहेको छ ।
महिनाको अन्ततिर विद्यार्थी बर्गमा अलि नोक्सान रहेको छ । बिरोधी पक्ष वाट नोक्सान ब्यहोर्नु पर्नेछ । शुभ रङ्ग हरियो, शुभ दिशा पूर्व रहेकोछ ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) ः–कार्तिक  महिनाको पराक्रम बृद्धि हुनेछ । दाजुभाई, बन्धुबन्धनबाट लाभ हुनेछ । धार्मिक कार्यमा रुची बढने छ । धार्मिक क्षेत्रमा मन लाग्नेछ ।
रोगका साथैं आकस्मिक धन नोक्सान हुनेछ ।

सरकारी क्षेत्रमा कार्य गर्नेलाई शत्रुवाट नोक्सान ब्यहोर्नु पर्नेछ । सूर्य भगवानको आराधना गर्नु पर्नेछ मेसीनरी, आगो सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ ।
मेसीनरी, सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । शत्रु परास्त हुनेछन् ।

बुध ग्रहको कारणले आर्थिक लाभ हुनेछ महिनाको अन्तिम तिर । प्रेममा सुधार हुनेछ ।

लेखन कार्यमा सरिक हुनेलाई लाभ हुनेछ । महिनाको मध्यसम्म अति विपति धन नोक्सान हुनेछ । कला, संगित, पर्यटन, पत्रकारीता क्षेत्रमा रहनेलाई लाभ हुनेछ । शुभ रङ्ग सेतो, शुभ दिशा उत्तर रहेको छ ।
६ गते आईतबार काकबली, कागतिहार
७ गते कुकुर तिहार, नरकचतुर्दशी, दीपमालिका, सुखरात्री, निशिवार्ने
८ गते गाईपुजा खण्डग्रास सूर्यग्रहण, हलो बार्ने
९ गते गते गोबद्धनपुजा, गोरुपुजा, बलिपुजा
१० गते यमद्धितीया, भाईपुजा
१८ गते हरिबोधनी एकादशीब्रत, तुलसीबिवाह
२१ गते सोमबार पूर्णिमाब्रत
२२ गते, खग्रास चन्द्रग्रहण
ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला ।
ज्यो. दुर्गाप्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७,

 


प्रकाशित मिति: बुधबार, २ कार्तिक, २०७९, १९:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९