तपाईको भाग्य ! कार्तिक साप्ताहीक(६–१२) राशीफल

तपाईको भाग्य ! कार्तिक साप्ताहीक(६–१२) राशीफल


तपाईको भाग्य ! कार्तिक साप्ताहीक(६–१२) राशीफल

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) ः–सन्तान र परिवारमा रोग ब्याधिले सताउने छ । आर्थिक लाभ हुनेछ । कार्यमा अलि बिध्नबाधा आउने, मनमा अनेक चिन्ता बढने, यात्राको अवसर मिल्नेछ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता हुनेछ । शारीरिक दुःखकष्ट गर्नुपर्ने छ ।

कार्तिक महिना दोस्रो हप्ता यही ८ गते सूर्य ग्रहण लाग्नेहुदा ग्रहण हेरेको खण्डमा स्त्रीपीडा हुनेछ । त्यसकारण ग्रहण नगरी ग्रहण लागेको समयमा जप, ध्यान गर्दा अति उपयुक्त हुनेछ ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) ः–राज्य पक्षबाट लाभ हुनेछ । बिरोधी पक्षहरु परास्त हुनेछन् । कामुकता अलि बढने छ । संन्तानबाट सुख प्राप्त हुनुका साथैं आर्थिक लाभ समेत हुनेछ । चोटपटकको सम्भावना रहेको छ । यात्राको अवसर मिल्नेछ । मनोरञ्जन कार्यमा समय बित्ने देखिन्छ । विद्यार्थी बर्गमा अध्ययनमा अलि मिहिनेत गर्नुपर्ने छ ।

कार्तिक महिना दोस्रो हप्ता कार्तिक ८ गते सूर्य ग्रहण लाग्ने हुदा वृष राशीका ब्यक्तिका लागि सूर्य ग्रहण हेदा सुख प्राप्त दिन्छ ।
 

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) ः –राज्यपक्षबाट वादविवाद बढने छ । घर गृह सुखमा कमि रहने छ । व्यापार कारोबारमा हानी नोक्सानी व्यहोर्न पर्ने छ । मानसिक पिडा बढने छ । बिरोधी पक्ष परास्त हुनेछन् । यसवृद्धि हुनेछ । विद्यार्थीहरुमा अध्ययनमा सफलता प्राप्त हुनेछ ।
कार्तिक महिना दोस्रो हप्ता कार्तिक ८ गतेका दिन सूर्य ग्रहण रहेको हुदा ग्रहण हेरेमा मनमा चिन्ता बढने देखिन्छ । यसको निवारणको लागि ग्रहण सामाग्री दान गर्दा शुभ रहनेछ ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) –राज्यका साथैं घरगृहस्थीको झै झगडाको कारण सुखमा कमि रहने छ । दाजुभाई बिचमा सम्बन्धमा सुधार आउने छ । आयमा वृद्धि हुनेछ । विद्यार्थीका लागि अध्ययनमा सफलता रहने देखिन्छ । घरगृहस्थीमा रहनेहरुका लागि गृहसुख प्राप्त हुनेछ । मनमा उमङ्गता उत्पन्न हुनेछ ।

कार्तिक महिना दोस्रो हप्ता कार्तिक ८ गतेका दिन सूर्य ग्रहण लाग्ने हुँदा कर्कट राशीका व्यक्तिका लागि ग्रहण व्यथा फल प्राप्त हुनेछ ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) –विरोधी पक्ष परास्त हुनेछन् । खराब कार्यमा मन लाग्नेछ । रोजगारीमा बाधा आउने छ । मनमा विविध किसिमका डर त्रास उत्पन्न हुनेछन् । धार्मिक कार्यमा सरिक हुनुका साथैं धर्मप्रति रुचि बढने छ । विद्यार्थी बर्गमा अध्ययनमा अलि कडा मिहिनेत गर्नु पर्नेछ ।

कार्तिक महिना दोस्रो हप्ता कार्तिक ८ गते सूर्यग्रहण लाग्ने हँुदा सिंह राशीका व्यक्तिका लागि ग्रहण फल श्रीप्राप्ति प्राप्त हुनेछ ।

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) ः– कुलकुटुम्ब सित वादविवाद बढने छ । आर्थिक लाभ हुनेछ । धार्मिक कार्यमा रुचि बढने छैंन । विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्त हुनेछ । गित संगित, पर्यटन कार्यमा रुचि बढने छ ।
कार्तिक महिना दोस्रो हप्ता कार्तिक ८ गते सूर्य ग्रहण लाग्ने हुदा कन्या राशीका ब्यक्तिका लागि क्षति हुने देखिन्छ । त्यसकारण ग्रहणको समयमा जप, ध्यान वा दान गर्दा केही शुभ फल प्राप्त हुनेछ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) ः–घरदेखि टाढाको यात्राको अवसर मिल्नेछ । शारीरिक कष्ट हुनेछ । खराब कार्यमा मन लाग्नेछ । आफन्त जनवाट हानी नोक्सानी व्यहोर्नु पर्नेछ । विरोधीहरु परास्त भएर जानेछन् । बिद्यार्थी वर्गमा अन्ययनमा कम कम लाग्नेछ । आयमा बृद्धि हुनेछ ।

कार्तिक महिना दोस्रो हप्ता यहि कार्तिक ८ गतेको दिन सूर्य ग्रहण लागेको हुदा तुला राशीका ब्यक्तिका लागि घात फल हुनेछ । त्यसकारण ग्रहण लागेको समयमा ग्रहण हेर्नु हुदैंन ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) ः–अपमान ब्यहोर्नु पर्नेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ । आर्थिक लाभ समेत हुने देखिन्छ । मनमा उमङ्गता पैदा हुनेछ । प्रेम तथा दामपत्य जीवनमा खटपत उत्पन्न हुनेछ । झै झगडा कारण कार्यमा अवरोध आउने छ ।

कार्तिक महिनाको दोस्रो हप्ता कार्तिक ८ गतेका दिन सूर्य ग्रहण लाग्नेहुदा बृश्चिक राशीका ब्यक्तिलाई आर्थिक नोक्सानी ब्यय हुनेछ । त्यसकारण ग्रहण हेर्दा हानी हुनेछ ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) ः– स्वास्थ्यमा सुधार आउने छ । धार्मिक कार्यमा मन लाग्नुका साथैं आर्थिक लाभ समेत हुनेछ । विद्यार्थीहरुमा अध्ययनमा सफलता प्राप्त रहनेछ । रोकीयका कार्यहरु सम्पन्न हुनेछन् । विरोधीहरु परास्त भएर जानेछन् । शुभ कार्यमा मन लाग्नेछ । मित्रजनवाट साथ सहयोग रहने छ ।

कार्तिक महिना दोस्रो हप्ता कार्तिक ८ गते सूर्य ग्रहण रहेको हुदा धनु राशीका ब्यक्तिका लागि लाभ हुनेछ ।

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) ः–सरकारी क्षेत्रमा रहनेहरुलाई पदोन्नती हुनेछ । छाति, निमोनिया सम्बन्धी समस्याले सताउने देखीन्छ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्त रहनेछ । राज्यपक्षबाट मान सम्मान मिल्नेछ

। कार्यमा सफलता प्राप्त हुनेछ ।
कार्तिक  महिना दोस्रो हप्ता यहि ८ गते सूर्य ग्रहण लाग्नेहुदा मकर राशीका व्यक्तिलाई सुख प्राप्त हुनेछ ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) ः–आयमा कमि, रोग एवं मनमा अशान्ति उत्पन्न हुनेछ । अचानक ठूलो कष्ट आई पर्नेछ । घर गृहको सुखमा कमिका साथैं आमाको स्वास्थ्यमा कष्ट हुनेछ । यात्रामा हानी नोक्सानी ब्यहोर्नु पर्नेछ । बस्त्र, आभूषण सम्बन्धी काम गर्नेलाई लाभ हुनेछ ।

कार्तिक दोस्रो हप्ता कार्तिक ८ गतेका दिन सूर्य ग्रहण लाग्ने हुँदा कुम्भ राशीका ब्यक्तिलाई माननाश फल प्राप्त हुनेछ । त्यसकारण ग्रहणको समयमा ध्यान, जप र दान गर्दा शुभ फल प्राप्त हुनेछ ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) ः– अपमानका साथैं भय, डर त्रास उत्पन्न हुनेछ । छोटो दुरीको यात्राको अवसर मिल्नेछ । बिरोधी पक्षहरु परास्त हुनेछन् । कार्यमा सफलता प्राप्त हुनेछ । बिलासी सामाग्रीमा खर्च बढने छ । अध्ययनमा मन लाग्नेछ ।

कार्तिक  महिनाको दोस्रो हप्ता कार्तिक ८ गते सूर्य ग्रहण लाग्नेहुदा ग्रहण फल कष्ट हुनेछ । त्यसकारण ग्रहणको समयमा जप, ध्यान र दान गर्दा केही अनुकुलता रहनेछ ।

२०७९ कार्तिक ५ गते शनिवार यमदीपदान, धनत्रयोदशी ।
२०७९ कार्तिक ६ गते आईतवार काक तिहार
२०७९ कार्तिक ७ गते सोमबार कुकुर तिहार, नरकचतुर्दशी, लक्ष्मीपूजा
२०७९ कार्तिक ८ गते मंगलबार गाईपूजा
२०७९ कार्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, गोरुपुजा, म्हपूजा
२०७९ कार्तिक १० गते बिहिवार भाईतिका बिहान ११.३७ मिनेट

ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला ।
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७,

 


प्रकाशित मिति: शनिबार, ५ कार्तिक, २०७९, १३:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९