सशस्त्र प्रहरीका दुई जना सई निलम्बित

सशस्त्र प्रहरीका दुई जना सई निलम्बित


सशस्त्र प्रहरीका दुई जना सई निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयले सहायक निरीक्षक सत्यनारायण यादवको सुनुयोजित हत्या र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा मुछिएका सईलाई विभागिय कारबाही सुरु गरेको छ ।बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आचरण विपरित कार्य गर्ने दुई जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई निलम्बन गरि विभागीय कारबाही प्रक्रिया अगाडी बढाएको हो ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो ।सशस्त्र प्रहरी नायव निरीक्षक सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुर्याएर कार्यालय फर्कने क्रममा दिईएको जिम्मेवारी सहि ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको थियो ।

त्यस्तै गत असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानवनि गर्दा विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायव निरीक्षक मगरलाई पनि निलम्बन गरिएको हो । 


प्रकाशित मिति: मंगलबार, १५ कार्तिक, २०७९, १४:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९