सन्दीप लामिछाने विदेश जान पाउने सर्वोच्चको फैसला

सन्दीप लामिछाने विदेश जान पाउने सर्वोच्चको फैसला


सन्दीप लामिछाने विदेश जान पाउने सर्वोच्चको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ ।

उनलाई सर्वोच्चले विदेश जानका लागि अनुमति दिएको छ । विदेश जान पाउने भन्दै लामिछानेले सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको निर्णय सदर गरेको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले धरौटीमा छाड्ने आदेश पनि सदर गर्ने फैसला गरेको हो ।

सर्वोच्च अदालतको आदेशमा ‘विदेश गएको अवस्थामा फर्केको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा जानकारी दिनु’ भनिएको छ ।

उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पनि सर्वोच्चमा निवेदन दिएको थियो । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।


प्रकाशित मिति: सोमबार, १५ फागुन, २०७९, १९:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९