आगो ताप्दा सावधानी अपनाउन मन्त्रालयको अपिल

आगो ताप्दा सावधानी अपनाउन मन्त्रालयको अपिल

मन्त्रालयले कोठा न्यायो बनाउनका लागि हावा ओहरदोहर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न आग्रह गरेको छ ।


आगो ताप्दा सावधानी अपनाउन मन्त्रालयको अपिल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाईराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ । 

मन्त्रालयले आज सूचना जारी गर्दै केहि दिनदेखि देशभर चिसो बढेको  र जाडो याममा शरीर वा कोठालाई न्यानो बनाईराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका कार्य गर्दा अप्रिय घटना हुने भएकोले  सावधानी अपनाउन अपिल गरेको हो । 

मन्त्रालयले कोठा न्यायो बनाउनका लागि हावा ओहरदोहर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न आग्रह गरेको छ । 
यस्तै कोइला जन्य स्रोतबाट सकेसम्म आगो नताप्न, आगो ताप्दा वा हिटर बल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न समेत अनुरोध गरेको छ । 

यसैगरी मन्त्रालयले आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन, हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्नु हुन, सुनुअघि अनिवार्य रूपमा हिटर निभाउन समेत अनुरोध गरेको छ । 

मन्त्रालयले  गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र  गिजर खोलेर लामो समयसम्म बाथरूममा बस्ने समेत आग्रह गरेको छ । 
 नेपालगञ्जको भेरी अस्पतालको क्याटरमा कोठा न्यानो बनाउनका लागि  कोइला बालेर सुत्दा एकै परिवारका चार जनाको निसास्सिएर निधन भएको थियो । 

 


प्रकाशित मिति: शुक्रबार, १६ पुस, २०७८, २१:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९