सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख रुपियाँ सहित पक्राउ

सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख रुपियाँ सहित पक्राउ


सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख रुपियाँ सहित  पक्राउ


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित सौर्य एयरलायन्सकी महिला कर्मचारी रेखा शाक्य पोखरेल पक्राउ परेकी छन् ।

विराटनगरबाट काठमाडौँ आएको सौर्य एयरलायन्समा ल्याइएको उक्त  रकम सहित  एयरलायन्सकी काठमाडौं कार्यालयमा सहायक पदमा कार्यरत पोखरेललाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार १ः५५ बजेको समयमा विराटनगरबाट काठमाडौँ आगमन भएको सौर्य एयरलायन्सको विमानमा उक्त रकम लुकाएर ल्याइएको थियो ।  विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले गोप्य सूचनाका आधारमा पक्राउ गरेका हुन् ।

विमानस्थलमा खटिएका सादा पोसाकका प्रहरीले भद्रपुर लेखिएको रातो रंगको मेलब्याग चेकजाँच गर्दा उक्त ब्यागभित्र लुकाएर राखेको रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्र स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली रुपैयाँ ५० लाख बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद रकममध्ये रु १००० दरका ४ हजार ९५० वटा र रु ५०० दरका १०० वटा रहेका छन्। बरामद रकम र रकम संकलन गर्न आउने सौर्यकी कर्मचारी पोखरेललाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।


प्रकाशित मिति: आइतबार, १८ पुस, २०७८, १३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९