संक्रान्ति फल २०८० सालको बैशाख महिना

संक्रान्ति फल २०८० सालको बैशाख महिना


संक्रान्ति फल २०८० सालको बैशाख महिना

१.विशाखा(ति,तू,ते,तो),अनुराधा(ना,नी,नू,ने),जेष्ठा(नो,या,यी,यू),मूल(ये,यो,भा,भी)पूर्वषाढा(भू,घ,फा,ढा),उत्तराषाढा(भे,भो,जा,जी), श्रवण(खी,खू,खे,खो) यि नक्षेत्र भएका ब्यक्तिलाई २०८० सालको संक्रान्ति शिरमा परेको छ जसको कारण भू जमिन लाभ हुनेछ । 

२. हस्ता (पू,ष,ण,ठ),चित्रा(पे,पो,रा,री), स्वाती(रु,रे,रो,ता) संक्रान्ति मुखमा परेको छ । बोलीमा प्रभावकारीता, मिठा मिठा भोजन मिल्नेछ । 

३.तिष्य(हू,हे,हो,डा), अश्लेषा(डी,डू,डे,डो), मघा(मा,मी,मू,मे) पूर्वफाल्गुनी(मो,टा,टी,टू) उत्तराफाल्गुनी(टे,टो,पा,पी) हृदयमा संक्रान्ति परेको छ । धनलाभ, व्यापार नोकरी पेशावाट धनलाभ हुनेछ । उन्नती, प्रगति, नयाँ नयाँ काम बन्नेछन् । 

४.मृगशिरा(वे,वो,का,की), आद्रा(कू,घ,ङ,छ) पुनर्वसु(के,को,हा,ही) दाहिने हातमा संक्रान्ति परेको छ विपरीत लिङ्गवाट लाभ, प्रेम प्राप्त हुनेछ । 

५.भरणी(ली,लू,ले,लो) कृर्तिका(अ,ई,ऊ,ए), रोहीणी(ओ,वा,वी,वू) देब्रे हातमा संक्रान्ति परेको हँुदा धन नोक्सान, व्यापार, नोकरीमा नोक्सान हुनेछ । 

६.उत्तराभाद्रापदा(दू,थ,झ,ञ) रेवती(दे,दो,चा,ची) अश्विनी (चू,चे,चो,ला) दाईने खुट्टामा संक्रान्ति परेको हुदा विदेश भ्रमण हुने, तीर्थयात्रा हुने, खर्चबृद्धि हुनेछ । 

७.धनिष्ठा( गा,गी,गू,गे), धतभिषा (गो,सा,सी,सू),पूर्वभाद्रपदा(से,सो,दा,दी) देब्रे खुट्टामा संक्रान्ति परेको हुदा हरेक कुरामा पिडा बढने, मानसिक चिन्ता बढने देखिन्छ । 

यो बर्ष शनिग्रह बर्षभरी कुम्भ राशीमा रहनाले निम्न राशीलाई अढैया र साँढेसाती शनिदशाको प्रभाव रहनेछ । 

मकर राशि – वर्षभरी अन्त्य साढेसाति दशा ।
कुम्भ राशि – वर्षभरी मध्य साढेसाती दशा
मीन राशी – वर्षभरी आद्य साढेसाती दशा
कर्कर र बृश्चिक राशि – बर्षभरी अढैया शनिदशा ।

समग्र रुपमा २०८० सालको देशको ग्रहकुण्डली के कस्तो रहेको छ । २०८० साल राजा बुध, मन्त्री शुक्र । पिङ्गल नाम संवत्सर । श्री शालिवाहनीय शाके १९४५ बुध र शुक्र ग्रहको कारणले देशमा शान्ति र राज्य व्यवस्थामा केही सुधार आउनेछन् ।जनताले राहतको अनुभुति प्राप्त हुनेछन् । शासकले अर्काको निर्देशनमा राज्य व्यवस्था सञ्चालन गर्नेछन् । 

आफ्नो कार्यमा असफलता प्राप्त हुनेछन् । देशैमा उत्यादित वस्तुको उत्पादन बढी हुनेछ । दुध, दही, तरल पदार्थ, तेल, खाद्य बस्तु महङ्गो हुनेछन् । राज्यमा सफलता प्राप्त भएको अनुभुति राज्य सञ्चालनले अनुभुति गर्नेछन् ।
भूमि, माटो, औषधी, सेना सुरक्षामा कार्य गर्नेलाई लाभ हुनेछ । नयाँ कार्य बन्नेछन् ।

जनतामा हौसला उत्पन्न हुनेछ । विदेश जाने र आउनेमा बराबर हुनेछ । विदेश सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । शैक्षिक तथा धार्मिक, पर्यटन क्षेत्रमा लाभवृद्धि हुनेछ । विरोधी पक्ष्यहरु परास्त भएर जानेछन् । रोगवाट मुक्त हुनेछ । कृर्षि क्षेत्रमा लाभ हुनेछ । 
मौसेमीवालीमा उत्पादक बढनेछ । वर्षा बढी जल हुनेछ । वाढीपहिरोवाट देश अछुतो रहन सक्नेछैंन । कृर्षि दुध उत्पादन बढने छ । रत्नको मुल्य बृद्धि हुनेछ । कृर्षि उत्पादन बृद्धि हुनेछ । कृर्षि सामाग्रीहरु निर्यात बढने देखिन्छ ।
श्रमिक बर्गमा ईज्जत प्राप्त हुनेछ । बर्षको मध्यसमय पछि राम्रो रहेको छ ।

हावाहुरी, आगजनीवाट जनधनको नोक्सान हुनेछ । राज्यमा केही निरासा पन हुनुका साथैं राज्य व्यवस्था परिवर्तन हुनेछ । सासक बर्गप्रति जनताको विश्वास हुनेछैंन । ठूलठूला दुर्घटना बढनेछ । वैदेशीक लगानी बढने छ । देश प्रेमी सासक व्यवस्थामा पुग्नेछन् । 

 


प्रकाशित मिति: आइतबार, १० बैशाख, २०८०, ११:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९