सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा तीन बालबालिकाको मृत्यु


सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा तीन बालबालिकाको मृत्यु

सििन्धुपाल्चोक ।  सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा ८ मानेस्वाँरा माख्लो लामा टोल गाउँमा ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ ।

बाह्रबिसे नगर मानेस्वाँरा लामा टोल गाउँका स्थानीय मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी साढे ६ बजे एक्कासी ग्यास सिलिन्डर पड्किएको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहले जानकारी दिए  ।

आगलागीमा तामाङका छोरा १० वर्षका इशाक, उनकै भाइ कुमार तामाङका ६ वर्षका छोरा सरगम र छिमेकी पदम तामाङको साढे २ वर्षीया छोरी दिव्याको जलेर घरभित्रै मृत्यु भएको हो ।

त्यतिबेला अर्को कोठामा जलेर घाइते भएका मिनबहादुरलाई उपचारार्थ बलेफी गाउँपालिका खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल लगिएको छ ।


प्रकाशित मिति: आइतबार, २० चैत, २०७८, २२:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९