विमान दुर्घटना : छानबिन गर्न जाँचबुझ आयोग गठन

विमान दुर्घटना : छानबिन गर्न जाँचबुझ आयोग गठन


विमान दुर्घटना : छानबिन गर्न जाँचबुझ आयोग गठन

काठमाडौँ, । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ ।

मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । 

आइतबार कास्कीको पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको कलसाइन नाइन एन एइटी ट्विनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा पर्ने सानोसुरेमा १४ हजार ५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य गरी २२ जना सवार थिए ।


प्रकाशित मिति: सोमबार, १६ जेठ, २०७९, २१:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९