ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत प्राप्त, प्रधानमन्त्री पदबाट हट्नु नपर्ने

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत प्राप्त, प्रधानमन्त्री पदबाट हट्नु नपर्ने


ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत प्राप्त, प्रधानमन्त्री पदबाट हट्नु नपर्ने

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गरेका छन । उनका विरुद्धमा आफ्नो कन्जर्भेटिभ पार्टीमा विश्वास नरहेको भन्दै केही सांसदले विश्वासको मत लिनुपर्ने भनी प्रस्ताव दर्ता गराएका थिए ।

उनीप्रति विश्वास छ भने विश्वासको मतको पक्षमा यहाँका २११ जना सांसदले मत दिएका छन् । उहाँको दलका सांसदहरु ३५९ जनामध्ये २११ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

यो सँगै अब उहाँ एक वर्षका लागि सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ । हिजोको मतदानमा उहाँको विपक्षमा १४८ जना सांसदले मत दिएका थिए । प्रधानमान्त्री जोनसनले विश्वास मत प्राप्त गरेपछि आफूलाई नतिजा राम्रो लागेको बताए । उनले सो नतिजालाई निर्णायक भन्नुभएको छ । उनले उक्त नतिजा आफ्ना लागि धेरै राम्रो भएको बताए ।

यो नतिजासँगै उहाँ अब प्रधानमन्त्री पदबाट हट्नु नपर्ने भएको छ । उता आलोचकहरूले भने उहाँका विरुद्धमा पार्टीभित्रैबाट एक प्रकारको विद्रोह भएको बताएका छन् र यसले आगामी दिनमा उहाँका अधिकारहरुमा पनि कटौती हुनसक्ने बताएका छन् ।

आफ्नो पार्टीबाट अविश्वासको प्रस्ताव आएपछि उहाँलाई कतिपयले राजीनामा दिन पनि आह्वान गरेका छन ।  


प्रकाशित मिति: मंगलबार, २४ जेठ, २०७९, १५:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९