मनाङ बाढीपहिराेकाे एक वर्ष : पीडितलाई बासकै चिन्ता

मनाङ बाढीपहिराेकाे एक वर्ष : पीडितलाई बासकै चिन्ता


मनाङ बाढीपहिराेकाे एक वर्ष : पीडितलाई बासकै चिन्ता

गत सालकाे ३१ जेठ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढीबाट घरबारविहीन भएका मनाङ नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित अझै टेन्ट र टहराेमै बस्न बाध्य छन् ।  हिउँदकाे चिसाे कठ्याङग्रिदै कटाएका बाढी प्रभावितहरू सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आसमा छन् । 

सुरक्षित आवास अभावमा उनीहरूले भत्किएका संरचना हटाएर टिनको टहरा निर्माण गरी बसेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । उनका अनुसार गत मंसिरमा गण्डकी प्रदेश सरकारले दिएको दुई लाख र नासो गाउँपालिकाले दिएको एक लाखले अस्थायी टहरा बनाएर बसेका छन् ।  बाढीपीडितका लागि अबको वर्षायाम अगावै स्थानान्तरण वा सुरक्षित तबरबाट बासकाे व्यवस्था गर्ने याेजना रहेकाे प्रजिअ आचार्यले बताए । तीन तहको सरकारसँग आग्रहपश्चात् यहाँका स्थानीयवासी सुरक्षित हुने अवस्थामा पुगेकाे उनले बताए  ।  मर्स्याङ्दी नदीकाे बाढीले तालगाउँ र सिरानतालकाे बस्ती तहसनहस पारेको थियाे । 

जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित बासस्थानको खोजीमा भौँतारिएका स्थानीयलाई हिउँदभित्रै घर बनाउने भनिए पनि बर्खा सुरु हुँदासम्म पनि टहरामै छ्न् । बर्खा लागिसक्दा पनि सुरक्षित बासकाे अझै ठेगान नभएकाले पुर्खौली थातथलो नै छोड्नुपर्ने हाे की भन्ने चिन्ताले पीडितहरू रातमा निदाउन सकेका छैनन् । उनीहरूले व्यक्तिगत तवरमा घर बनाउन समेत पाएका छैनन् । जग्गा अभावका कारण प्रभावितहरूको सुरक्षित आवास निर्माण प्रक्रिया अघि बढ्न नसकेको हाे । सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

तालगाउँका बाढी प्रभावित विष्णु गुरुङले लामो समयपछि टिनको टहरा बनाउन पनि लामाे समय कुर्नु परेकाे बताए । 'ढिलै भए पनि वर्षायाममा ओत लाग्ने ठाउँ बनेको छ । सरकार रहेको आभास भएको छ,' उनले भने  । नदी किनारमा रहेको तालगाउँ बाढीको धेरै जोखिमपूर्ण क्षेत्र मानिन्छ । सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालेकाे जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

भौगर्भिक अध्ययनको नतिजापश्चात् यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी रहेको प्रजिअ आचार्यले बताए । अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयमाथि निश्कर्ष निकालिनेछ । यहाँका आधा जति बासिन्दा तालमै बस्न इच्छुक छन् ।  


प्रकाशित मिति: बुधबार, २५ जेठ, २०७९, १६:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९