कर्णाली र सुदूरपश्चिम जोड्ने दाेस्राे पक्की पुल तयार

कर्णाली र सुदूरपश्चिम जोड्ने दाेस्राे पक्की पुल तयार


कर्णाली र सुदूरपश्चिम जोड्ने दाेस्राे पक्की पुल तयार

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनको तयारीमा छ । सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्नेगरी निर्माण थालिएको सडक पुलको काम अन्तिम चरणमा पुगेको छ हो ।

निर्माणको काम १५ प्रतिशत बाँकी रहे पनि सवारीसाधन भने उक्त पुलमा सञ्चालन गर्न सकिने निर्माण कम्पनी अनक कन्स्ट्रक्सनले बताएको छ ।

५५० मिटर लामो उक्त पुलको निर्माण कार्य दशैंसम्म पूरा हुने कन्स्ट्रक्सनले बताएको छ । अनक कन्स्ट्रक्सनले नै बनाइरहेको पञ्चपुरी नगरपालिका र मोहन्याल गाउँपालिका जोड्ने कुहिने पुल पनि केही समयमा सञ्चालनमा आउने तयारीमा छ। कुहिने पुल कर्णाली र सुदूरपश्चिम जोड्ने तेस्रो पुल हो । यो पुलको ९५ प्रतिशत काम सकिएको छ ।

केही वर्ष अघिदेखि दैलेख-अछाम जोड्ने पक्की पुल सञ्चालनमा छ। दैलेखको आठबिस नगरपालिका र अछामको विनायक नगरपालिकालाई जोड्ने गरी मध्यपहाडी राजमार्गमा पक्की पुल बनेको थियो ।

उक्त पुल कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जोड्ने पहिलो सडक पुल हो । यसअघि कर्णाली चिसापानीमा रहेको कर्णाली पुलले मात्रै सुदूरपश्चिमलाई सडकमार्फत् बाँकी नेपालसँग जोड्दै आएको थियो । 


प्रकाशित मिति: बिहिबार, २६ जेठ, २०७९, १३:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९