काठमाडौं, ३ वैशाख ।
कार्की हस्पिटालिटी सञ्चालन गरिरहेका सुवास कार्कीलाई दुई प्रहरी संगठनले सम्मान गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले सम्मान गरेको हो । लामो समयदेखि हस्पिटालिटीको क्षेत्रमा क्रियाशील रहेका कार्कीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभिन्न सभा सेमिनरहरुमा उत्कृष्ट सेवा दिदै आएका छन् । कार्कीले काठमाडौका विभिन्न व्यावसायिक तथा अनुकूलित सेवासहित विभिन्न कार्यक्रमहरू आयोजना गर्ने तथा सुविधा प्रदान गर्दै आएका छन् । जसमा भोज तथा बैंक्वेट सुविधा समेत समावेश गरिएका छन् । नेपाल प्रहरीमा तत्कालिन आइजीपी चन्द्रकुवेर खापुङले प्रशंसा पत्र प्रदान गरेका थिए भने सशस्त्र प्रहरीले केही दिन अघि आइजीपी राजु अर्यालले प्रशंसा पत्र प्रदान गरेका थिए ।
कर्पोरेट वा विशेष कार्यक्रमहरूका लागि व्यावसायिक सेवासहित विशेष केटरिङ सुविधा प्रदान गर्दै आएका छन् । उनले सञ्चालन गरेको हस्पिटालिटीले राम्रो सेवा सुविधा प्रदान गरेकोमा विभिन्न संघ संस्थाले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् ।

