काठमाडौं, ५ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपासग तत्काल एकता सम्भव नभएको बताएका छन ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेसगै एकताको हल्ला फैलिएपछी पौडेलले त्यस्तो बताएका हुन । उनले पार्टी पुनर्गठनबाट ध्यान मोड्न हल्ला फिजाइएको हुनसक्नेप्रती पार्टी पङ्तिलाई सजग बन्नसमेत आग्रह गरेका छ्न ।
सामाजिक संजालमा पौडेलले लेखेका छन :
नेकपा (एमाले) का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गभीर समिक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो ।
यस् यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कस्ले, किन चलाईरहेका हुन् ?
