म काठमाडौं प्रवेश गर्नासाथ देशमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भयो । यस व्यवस्थाप्रति जनताले ठुलो आश राखे । त्यो आश २०५२ मा आएर केही बद्लियो । २०६२/०६३ मा आएर पूरै बद्लियो । र, २०८२ मा आएर त्यतिबेला परिवर्तनका हिस्सेदार मानिएका राजनीतिक दलहरू पूरै काम नलाग्ने मात्र होइन यो देशलाई रसातलमा पुर्याउने, जनभावनाविपरीत काम गर्ने, देशहीत विरोधीको रूपमा दर्ज भए । ती दल सत्तामा हुँदा गरेका राम्रा कामहरू सबै ओझेल परे, नराम्रा काम जनताको आँखाको तारो बने ।
आज करिब ३७ वर्षपछि म बुटवलको मिलनचोकमा छु । विसं २०४५ सालमा लुम्बिनी बाणिज्य क्याम्पसमा अध्ययन गर्ने क्रममा म यही बाटो सुख्खानगरस्थित डेरा कोठा र तिनाउ नदी किनारास्थित कलेज अहोर-दोहोर गर्थेँ । मिलनचोक राजमार्ग नै पर्ने भए पनि सडक त्यति फराकिलो थिएन । चोकमा एउटा बस प्रतिक्षालय थियो । त्यसले गाउँको ठाँटीपौवाको झल्को दिन्थ्यो । सवारी साधनहरू फाट्टफुट्ट चल्थे । घरहरू सहरका जस्ता थिएनन् । केही घरहरू भने आधुनिक पनि थिए । विकास त्यति थिएन । मान्छेहरू अवसरको खोजीमा भारत जान्थे, यहीँ पनि केही न केही काम गर्थे । स्याङ्जाबाट उच्च शिक्षा आर्जन गर्ने अभिलाषा सहित बुटवल झरेका हामी दुई विद्यार्थी म र गुञ्जबहादुर रोका, जेनतेन एक वर्ष यहाँ बस्यौं, पढ्यौं । केही समय सुकुमबासी वस्तीमा बसियो । सुख्खानगरमा त पानीको धारा घरमै थियो तर सुकुमबासी बस्तीमा भने एक ग्यालेन पानी भर्न सार्वजनिक धारामा लामो लाइन बस्नुपर्थ्यो । हामी दुई जना विद्यार्थी कलेज जानुपर्ने भएकोले स्थानीयले ‘लाइन बस्नु नपर्ने’ छुट दिएका थिए । बुटवल आएको एक वर्षपछि विविध कारण म काठमाडौं प्रवेश गरेँ ।
अहिले त्यो समय नियाल्दा अचम्म लाग्छ । म काठमाडौं प्रवेश गर्नासाथ देशमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भयो । यस व्यवस्थाप्रति जनताले ठुलो आश राखे । त्यो आश २०५२ मा आएर केही बद्लियो । २०६२/०६३ मा आएर पूरै बद्लियो । र, २०८२ मा आएर त्यतिबेला परिवर्तनका हिस्सेदार मानिएका राजनीतिक दलहरू पूरै काम नलाग्ने मात्र होइन यो देशलाई रसातलमा पुर्याउने, जनभावनाविपरीत काम गर्ने, देशहीत विरोधीको रूपमा दर्ज भए । ती दल सत्तामा हुँदा गरेका राम्रा कामहरू सबै ओझेल परे, नराम्रा काम जनताको आँखाको तारो बने । सामाजिक सञ्जालले मानिसको दिमागमा नराम्रो भावनाको मात्र विकास गरिदियो । नुनलाई चुन र चुनलाई नुन भनेर भ्रममा पार्ने काम तीब्र गतिमा हुन थाल्यो । उदाहरणका लागि भूकम्पमा पूर्ण रूपमा ध्वस्त भई पुनःनिर्माण भएको ऐतिहासिक धरहरालाई ‘सेतो टावर’को संज्ञा दिइयो । बृहद् उद्देश्य बोकेर बनाइएका व्यावसायिक भवनहरूलाई ‘टावर’ भन्दै केवल माथि चढेर टाढा-टाढा हेर्ने साधन मात्र हो भन्दै उल्टो व्याख्या गरियो । कतिपय अत्यन्त गौरवशाली भौतिक संरचना त आगजनीको शिकार समेत भए । सुरूङ मार्गलगायतका गौरवशाली योजनाको श्रेय दिन कठिन हुँदैछ ।
सवारी साधनहरू फाट्टफुट्ट चल्थे । घरहरू सहरका जस्ता थिएनन् । केही घरहरू भने आधुनिक पनि थिए । विकास त्यति थिएन । मान्छेहरू अवसरको खोजीमा भारत जान्थे, यहीँ पनि केही न केही काम गर्थे । स्याङ्जाबाट उच्च शिक्षा आर्जन गर्ने अभिलाषा सहित बुटवल झरेका हामी दुई विद्यार्थी म र गुञ्जबहादुर रोका, जेनतेन एक वर्ष यहाँ बस्यौं, पढ्यौं ।
मैले यहाँ उठाउन खोजेको कुरा के भने ३७ वर्षपछि बुटवल आउँदा जे जस्तो विकास देखेँ । म यहाँ बस्दाको तुलनामा चमत्कार नै मान्नुपर्छ । के-कति नवीन अभ्यासको मात्र वर्णन गरूँ ? तर पनि यहाँका जनता खासगरी सामाजिक सञ्जाल प्रयोगकर्ता, यो विकासको श्रेय पुराना दललाई दिनुपर्छ भन्ने कुरा स्वीकार्दैनन् । यसअघि देशका विभिन्न भाग पुग्दा, त्यहाँ पनि विकासको लहर अर्थात् जनजिविकाका आधारहरू गाउँ-गाउँ पुगेको देखिन्छ । तर सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसको जस जसलाई दिनुपर्ने हो दिँदैनन् । राणा शासन, पञ्चायतकाल व्यहोरेका हामीले अहिले पाएको व्यक्तिगत स्वतन्त्रता कसरी र कस्तो योगदानले हासिल गरियो भन्ने कुरा ‘खोला तर्यो, लौरो बिर्स्यो’ को अवस्थामा छ । अब नयाँले त जस दिने कुरै भएन, हामी यो गर्छौं, त्यो गर्छौं भन्दै सपना बुनेको मात्र देखिन्छ । यो कुरा पहिलेका नयाँ, जो अहिले पुराना सावित भएका छन् तिनले पनि भन्थे र अहिलेका नयाँले झन् कडा स्वरमा भनेका छन् त्यो कति पूरा हुन्छ समयले देखाउनेछ ।
सकारात्मक दृष्टिकोणले हेर्ने काम कम हुन्छ । यहाँ सबलाई अवसर चाहिएको छ । जसले आफूलाई अवसर दिन्छ त्यसले गरेको सबै काम राम्रो भन्ने र जसले अवसर दिँदैन त्यो सबैभन्दा नराम्रो भन्ने प्रवृत्ति मौलाउँदो छ । आज पुराना दलमा हुँदा त्यही पात्र आफ्नै दलको गुन गाउँछ, भोलिपल्ट अर्को दल प्रवेश गरेपछि त्यो दललाई जति गाली उसैले कसैलाई गर्दैन ।
यी सबै घटनाक्रम केलाउँदा मान्छे निकै अवसरवादी देखिन्छ । जहिले पनि अवसर मात्र खोज्नेलाई अवसरवादी भनिन्छ । विसं २००७ सालअघि पनि मान्छेहरू ‘निर्दोष’ अवसरवादको रूपमा देखिन्थे । त्यस समयदेखि एताका मान्छेहरू कुटिल चालसहित अवसरको चरम सीमामाथि पुगेको देखिन्छ । दक्षता हासिल गरे अवसर आफै खोज्दै आउँछ तर त्यो दक्षता हासिल गर्न नखोज्ने तर अवसर खोज्ने प्रवृत्ति प्रखर रूपमा देखिन्छ । एकातिर सचेत वर्ग अवसरवादतिर रमाएका छन् भने अर्कोतिर जनता कहिल्यै केही भएन भन्दै राज्यलाई घुर्काउँदै छन् । बहुदलीय व्यवस्था पुनःस्थापना भएदेखि एता बुटवललगायत देशभर शिक्षा, स्वास्थ्य, रोजगार, सडकलगायतका भौतिक संरचना निर्माण समेतका क्षेत्र र सुशासनको मामलामा समयानुकूल राम्रै परिवर्तन आएको तीतो सत्य हाम्रासामु छ । भलै विकासको रफ्तार रोकिने चिज हैन, पूरा हुने चिज हैन यो त निरन्तर हुने प्रकृया हो, भइरहन्छ ।
तर पनि यो सबलाई नकारात्मक रूमा हेर्ने प्रवृत्ति मौलाउँदो छ । सकारात्मक दृष्टिकोणले हेर्ने काम कम हुन्छ । यहाँ सबलाई अवसर चाहिएको छ । जसले आफूलाई अवसर दिन्छ त्यसले गरेको सबै काम राम्रो भन्ने र जसले अवसर दिँदैन त्यो सबैभन्दा नराम्रो भन्ने प्रवृत्ति मौलाउँदो छ । आज पुराना दलमा हुँदा त्यही पात्र आफ्नै दलको गुन गाउँछ, भोलिपल्ट अर्को दल प्रवेश गरेपछि त्यो दललाई जति गाली उसैले कसैलाई गर्दैन । पुराना दलप्रति आस्था राख्नेहरू उनीहरूले राम्रो गरेका छन् भनेर अन्धभक्त बन्ने र नयाँ दलप्रति आस्था राख्नेहरू पुराना लुटेरा नै हुन् भन्ने भाष्य निर्माण गर्न खोज्ने अवस्था छ । अर्थात आफूले गरेको सबै राम्रो अर्कोले गरेको सबै नराम्रो भन्ने जुन गलत संस्कार बसेको छ त्यो सबैको विचारमा एउटै र उस्तै-उस्तै देखियो, त्यो नै लोकतन्त्रको सबैभन्दा खराब पक्ष मान्न सकिन्छ ।
सङ्क्षेपमा भन्नुपर्दा सर्वप्रथम अवसर पाउन आफू योग्य छु कि छैन ? बुझ्नुपर्यो । अवसर प्राप्त गर्न आफ्नो तयारी कुन हदसम्मको छ ? मेहनत पुग्यो या अझ बाँकी छ, आत्ममूल्याङ्कन गर्नुपर्यो । आफूले आफैलाई मापन गर्नुपर्छ अनि बल्ल अरूको हक बारेमा बोल्नु उचित हुन्छ । योग्य नभैकन अवसर खोज्ने र नपाएपछि नकारात्मक भाषा मात्र बोलेर कदापि देशको लागि हित हुँदैन । व्यक्तिमा छदम् भेट बदल्ने र अवसरको खोजीमा भौतारिँदा आफ्नै कदम सही वा गलत के हो थाहा नपाउने अवस्था हुन सक्छ । जो सुकै होऊन् अवसर खोज्नका लागि राम्रोलाई नराम्रो भन्ने, नराम्रोलाई राम्रो भन्ने गर्नु देशप्रतिको कुठाराघात हो । त्यसैले राम्रो काम जोसुकैले गरोस् सकारात्मक हुनुपर्छ र नराम्रो काम जोसुकैले गरुन् रचनात्मक प्रतिक्रिया हुनुपर्छ । प्रतिशोध साध्ने कामले कहिल्यै कसैको हित हुँदैन । यसप्रति देशका सबै वर्ग, तह र तप्काका नागरिक सचेत हुनु जरूरी छ ।
बुटवल, २०८३ वैशाख ५ शनिबार
लेखक,साहित्यकार घनबहादुर थापालाई ‘अफरोड’ स्तम्भमार्फत हरेक शनिवार नेपाल चर्चामा भेटघाट हुनेछ ।
