काठमाडौं, ५ वैशाख । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली टिचिङ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अध्यक्ष ओलीको पित्तथैलीमा भएको पत्थरीको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया र उपचारपछि अध्यक्ष ओली आज डिस्चार्ज भएका हुन् । चैत १४ गतेदेखि अस्पतालमा बसेका ओली पत्थरीको अप्रेसश गरेर मात्रै घर फर्केका हुन् । चैत १४ गते विहान ओलीलाई प्रहरीले पक्राउ गरी स्वास्थ्य जाँचका लागि अस्पतालमा लगेको थियो ।
