काठमाडौं, १४ जेठ
वैचारिक मन्थन गरेर नेपाली कांग्रेसलाई नीति, विचार र कार्यदिशामा सघाइरहेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ७ विषयगत उपसमितिका कमाण्डरहरुचयन गरेको छ ।
सभापति गगन थापाको उपपिस्थतिमा बसेको बैठकले उपसमिति संयोजक तोकेको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
संयोजकका रुपमा काम गर्ने कमाण्डरहरुले उपसमितिको प्रारम्भिक अवधारणा र कार्ययोजना आगामी बैठकमा पेश गर्नेछन् ।
बैठकमा सभापति थापाले प्रतिष्ठानका सदस्यहरूलाई आवश्यक मार्गनिर्देशन दिएका थिए । त्यस्तै, उनले पार्टीको भावी नीतिगत दिशाका आधारमा वैचारिक मन्थन र नीतिगत सुधारका क्षेत्रमा काम गर्न पनि आग्रह गरे । प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले प्रतिष्ठान संचालन र सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता प्रस्ताव पेश गरेका थिए ।
सात कमाण्डरलाई यस्तो छ, जिम्मेवारी
१) अर्थ योजना – पार्टीको नीति, दृष्टि र योजना उपसमिति — प्रा. डा गोविन्दराज पोख्रेल
(निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारी लगायत समग्र वित्तीय क्षेत्र)
२) जलवायु परिवर्तन सचेतना उपसमिति – रोशनी गिरी
(हाम्रा हिमालहरूमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र वातावरण संरक्षण अभियानसम्म)
३) नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमिति – मीनबहादुर भाम
(जेनजी अघिको जेनजीदेखि पछिको ‘अल्फा’ र नागरिक समाजको प्रबुद्ध तहसम्म)
४) अनौपचारिक क्षेत्रका श्रमिक – नीति र न्याय सम्बन्धी उपसमिति – महेन्द्र यादव
५) बाल अधिकार उपसमिति – उमंग लोहनी
(बाल श्रमको मुद्दादेखि समग्र बालबालिकाको हित संरक्षण अभियानसम्म)
६) सार्वजनिक सेवा प्रवाह – नीति र थिती संवाद उपसमिति – गोपालप्रसाद पोख्रेल
७) गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमिति – अञ्जु झा