दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बर्षाैसम्म विग्रीएर थन्कीएका हेमोडायलासिस सेवा मर्मत गरेर सञ्चालनमा ल्याईएको छ । मेसिन विग्रीएर थन्कीएपछि मिर्गौला रोगका विरामीहरु लामोसमयदेखी पालो कुर्न वाध्य रहदै आएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह–प्राध्यापक डा. सुरेश रसाइलिले पोखराबाट हेमो डायलासीस सम्बन्धि प्राबिधिक बिज्ञको टोली बोलाएर विग्रीएका डायलासिस मेसिनहरु बनाईएको बताए ।
डा. रसाईलिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय लगायत सरकारी निकाय तथा निजी क्षेत्रले अन्तर्गत डायलासिस मेसिन उपलब्ध गराउन चाहेमा प्रतिष्ठान समन्वय गर्न सधै तयार रहेको बताए ।
मेसिनहरु बनेपछि विरामीहरु थप लाभान्वित भएको बताए । उनका अनुसार प्रतिष्ठानमा लामोसमयदेखी पाँच वटा डायलासीस मेसिन विग्रीएर थन्किएका थिए । डायलासि मेसिन बनेर सञ्चलनमा आएपछि विरामीहरु खुसि भएका छन् । मेसिन बनेपछि इमरजेन्सिमा डायलासिस गराउदै आएका २२ जनावाट घटेर ३ जनामा आएको निमित्त कार्यालय प्रमुख डा.रसाइलिले बताए । मेसिन बनेपछि दैनिक थप ११ जना मिर्गौलाका विरामीहरुले डायलासीस सेवा प्राप्त गरेका छन् । तिन सिफ्टमा चल्ने प्रतिष्ठानको डायलासीस सेवा दैनिक ३३ जना विरामीले प्राप्त गर्दै आएका छन् ।
विहान ७ बजेदेखी वेलुका १० बजेसम्म चल्ने डायलासीस सेवावाट हालसम्म ९१ जना मिर्गौलाका विरामीहरु लाभान्वित भइरहेका छन् । डायलासीस सेवालाई प्रभावकारी बनाउन नर्शिङ इञ्चार्जसहीत १८ जना नर्सिङ स्टाफलाई तालिमसमेत दिईएको छ । हाल प्रतिष्ठानमा १५ वटा हेमोडायलासीस सेवा सञ्चालनमा रहेका छन् । डा. रसाइलिले मेसिन थपिएपछि अरु थप वेटिङमा रहेका ५४ जना मिर्गौलाका विरामीलाई सेवा दिन सकीने जानकारी दिए । प्रतिष्ठानका वायोमेडिकल ई.शिरीष बुढाथोकीको नेतृत्वमा वायो मेडिकल टेक्नीसियनहरु आशिष गौतम, अंकित अधिकारीसहीतको टोलिको लामो मेहनतपछि प्रतिष्ठानमा विग्रीएका मेसिनहरु सञ्चालनमा आएका छन् । प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको नेतृत्वमा नर्शिङ इञ्चार्जसहीत आइसियु र डायलासीस सेवामा १८ जनाको टोलि खटिएर निरन्तर सेवा दिदै आएको छ । साथै प्रतिष्ठानले मुुलुकमै पहिलोपटक आइसियुमा रहेका मिगौलाका विरामीहरुलाई लक्षित गरेर आइसियुमा डायलासीस सेवा पनि दिदै आइरहेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
राप्ती प्रतिष्ठानमा बर्षाैसम्म विग्रीएर थन्कीएका पाँच वटा डायलासीस मेसिन बने
Previous Articleविद्या भण्डारीको नेतृत्व अब एमालेको भविष्य
