काठमाडौं, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सर्वदलीय बैठक बाेलाएकाे छ।समसामयिक राजनीतिका विषयमा छलफल गर्न सोमबार बिहान ९ बजे सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका हुन्।
बैठक सार्वजनिक लेखा समितिको हल, संसद् सचिवालय, सिंहदरबारमा बस्नेछ।
बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
सर्वदलीय बैठक आवान गरिएको:
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूबाट समसामयिक राजनीतिका बिषयमा छलफल गर्न तपसिल बमोजिम सर्वदलीय बैठकको आव्हान गर्नु भएको व्यहोरा अनुरोध गर्दछु।
मिति: २०८३ जेठ २५ गते
समय: बिहानको ९:०० बजे
स्थान: सार्वजनिक लेखा समितिको हल, संसद सचिवालय, सिंहदरबार, काठमाडौँ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट पार्टी अध्यक्ष/सभापति सहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ।
सर्वदलीय बैठकको सूचना सहितको आमन्त्रण अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूमा पठाइसकेको व्यहोरा जानकारी गराउँछु।
धन्यवाद ।
कविन्द्र बुर्लाकोटी
महामन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी
