काठमाडौं, २४ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार बिहान सर्वदलीय बैठक बोलाए । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै निरन्तर बैठक अवरुद्ध गरेपछि रास्वपाका सभापति लामिछानेले समस्या समाधानका लागि भन्दै सोमबार बिहान सर्वदलीय बैठक बोलाएका हुन् ।
१८ जेठमा सत्तापक्ष प्रतिपक्षबीच गम्भीर टकराव, सत्तापक्षले संविधान विपरित नियमावली प्रकृया मिचेर पारित गरेको आरोप लागेपछि अहिले सदन अवरुद्ध रहेको छ । विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र प्रतिनीधि सभा नियमावली जर्वजस्ती पारित गरेको विषयलाई लिएर संसद अवरोध गरिरहेका छन् । विपक्षीहरु अदालतसमेत जाने तयारी गरेका छन् । संविधानविपरित नियमावली बाझिएको र त्यसलाई जस्ताको तस्तै पारित गरेको आरोप विवपक्षीहरुले लगाएका छन् । सत्ता पक्षले जर्वजस्ती गरेको प्रतिकृयामा वेल घेराउ, टेबल उचाल्ने अमर्यादित ब्यबहार गरेपछि सभामुख डीपी अर्यालले छानबिन समिति गठन गरेका छन् ।
बालेनले नेपालले भुमी मिचेको अभिव्यक्ती माफी माग्न वा राजीनामा नदिएसम्म सदन चल्न नफिने घोषणाबीच सोमबार संसद बैठ्क बोलाइएपनि संसद चल्ने अवस्था छैन ।
यस्तै टकरावबीच सोमबार ससद बैठ्क डाकिएकाले त्यस अगावै दुरी घटाएर सहज वातावरण बनाउने उद्देश्यले सर्बदलीय बैठ्क डाकिएको छ । तर सोमबारपनि संसद चल्ने अवस्था नदेखिएपछि सभापति लामिछानेले आफ्नो भारत भ्रमणको जानकारी दिने आशयका साथ विपक्षीहरुसँग आफ्नो दूरी घटाउने चलाखी गरेका छन् । उनले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ । प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुनसक्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद् अवरोधका कारण तथा सहमतिका सम्भावित आधारबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्ति छ र सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी दलले संसद बैठक अवरुद्ध गर्दै आएका छन् । यसले संसदीय कामकारबाही प्रभावित भइरहेका बेला सर्वदलीय बैठकलाई गतिरोध अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ । सर्वदलीय बैठक बोलाउन अघि सभापति लामिछानेले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शाहसँग पनि कुराकानी गरेको गरेका थिए ।
तर सर्बदलीय बैठकको अस्त्रले एक तिरले दुईतिर सिकार गर्दैछन रवी । एउटा दुरी घटाएर अदालत जाने निर्णयमा पुगेका दललाई सकभर रोक्ने, बालेनलाई पनि विपक्षी देखाएर लगाम लगाई माफी मगाउने दाउमा छन । भारतबाट फर्किएलगत्तै बालेनमाथि विपक्षी देखाएर ‘चेक एन ब्यालेन्स’ गर्ने, आफै सर्वोच्च नेता भएको देखाउन खोज्दै रविले बैठकलाई उपयोग गर्ने नीति बनाएका आभाष हुन्छ ।
