काठमाडौं, २५ जेठ ।
कांग्रेस र एमालेले रास्वपाका अध्यक्ष रवी लामिछानेलाई उनको भारत भ्रमणकै बेला भारतले नेपाली सीमा मिचेर ५ सय मिटर वरसम्म सिमा स्तम्भ सार्नुका पछाडि के कारण छ ? भन्दै जवाफ मागेका छन् ।
लामिछाने भारत भ्रमणमा रहेकै बेला कैलालीको धनगढी उपमहागरको १४ मा भारतीय सशस्त्र सुरक्षा वलले ५ सय मिटर नेपाली भूमि मिचेर सिमा स्तम्भ सार्नुको कारण के हो भन्दै एमाले प्रमुख सचेतक ऐन महरले त्यसरी जवाफ मागेका हुन् ।
लामिछानेले आयोजना गरेको सर्बदलीय बैठकमा महरले नेपाली भूमि सुस्तामा निर्माणाधिन तटबन्धमासमेत भारतले अबरोध तुल्याएको विषयसँग प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय भूमि मिचेको विवादस्पद अभिव्यक्ति र लामिछानेको भारत भ्रमणबीच के ट्युनिङ छ ? भन्दै प्रश्न उठाएका थिए ।
उनको भनाईलाई कांग्रेसले पनि समर्थन जनाएको थियो । ‘हामीले प्रश्न उठायौ तर उहाँले केही पनि चित्त बुझ्दो जवाफ दिनुभएन ।’ बैठकपछि महरले भने ।
