काठमाडौं, २७ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६३ जिल्लामा पहिलो जिल्ला अधिवेशन गरेको छ । आगामी ७ देखि ९ असारमा पहिलो महाधिवेशनको तयारीमा रहेको रास्वपाले पछिल्लो तथ्यांकअनुसार ६३ जिल्लामा अधिवेशन सम्पन्न गरेको हो । तीमध्ये धेरैजसो जिल्लामा सर्बसम्मत र केही जिल्लामा चुनाव भएको रास्वपाले जनाएको छ ।
मधेशका धेरै जिल्लामा विवादका कारण अधिवेशन हुन सकेको छैन । अरु कतिपय जिल्लामा पनि अधिवेशन स्थगित छन् ।
यस्तो छ जिल्ला नेतृत्वको अनुहार
कोशी प्रदेशअन्तर्गत इलाममा दिनेश महत ,झापा सभापतिमा ओमनाथ भण्डारी, मोरङमा भरत कँडेल, सुनसरीमा सागर दाहाल, तेह्रथुममा सुमन खत्री, ताप्लेजुङमा राजनकुमार गुरुङ, उदयपुरमा चित्रकुमार कार्की, संखुवासभामा भक्तनारायण श्रेष्ठ, पाँचथरमा प्रकाश गुरुङ, धनकुटामा भुवन थापा सभापति भएका छन् । त्यस्तै, सोलुखुम्बुमा नारायणकाजी कार्की, ओखलढुङ्गामा कृष्णबहादुर थापा, खोटाङमा मुकुन्दकृष्ण थापा, भोजपुरमा ख्यामबहादुर भुजेल, चयन भएका छन् ।
मधेस प्रदेशको पर्सामा बुद्धिप्रसाद पन्त सभापति निर्वाचित भएका छन् ।
वागमतीअन्तर्गत काठमाडौंमा राजा शाक्य, झक्तपुरमा रामेश्वर बस्नेत, ललितपुरमा बुद्धरत्न महर्जन सभापति चयन भएका छन् । त्यसैगरी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, मकवानपुरमा सञ्जीव पाठक, काभ्रेमा प्रवीण ढकाल, रसुवामा वसन्त भट्ट, सिन्धुलीमा अविनाश बस्नेत, धादिङमा राजन अर्याल, रामेछापमा रमेशकुमार रायमाझी, चितवनमा मिनिमाधव खनाल सभापति छानिएका छन् ।
गण्डकी प्रदेशका स्याङ्जामा रुक्मांगत भण्डारी (विश्वास भण्डारी) र कास्कीमा यदुनाथ अधिकारी, पर्वतमा जलबहादुर पुन, लमजुङमा अशोक सापकोटा, बागलुङमा पुनम शर्मा, म्याग्दीमा युवराज रोक्का, तनहुँमा विश्व बास्तोला, गोरखामा सुवर्ण रोकाहा क्षेत्री, नवलपुरमा दोमनबहादुर भण्डारी सभापति निर्वाचित भएका छन् ।
लुम्बिनीअन्तर्गत प्युठानमा विकास पोखरेल, बाँकेमा विवेककुमार श्रेष्ठ, बर्दियामा शान्ता बुढा क्षेत्री, अर्घाखाँचीमा सीता पराजुली, रुपन्देहीमा महेन्द्रप्रसाद उपाध्याय रोल्पामा बालाराम थापा, गुल्मीमा हरि श्रेष्ठ, कपिलवस्तुमा शिवकुमार सुवेदी, नवलपरासी पश्चिममा रवि पाण्डेय, पाल्पामा विष्णुप्रसाद भण्डारी, दाङमा किरण खनाल सभापति चयन भएका छन् ।
त्यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा रमेशकुमार सापकोटा, रुकुम पश्चिममा द्रोण खड्का, जुम्लामा मकरबहादुर भण्डारी, कालीकोटमा प्रेमबहादुर केसी, सल्यानमा प्रकाश नेपाली, दैलेखमा बखतबहादुर भण्डारी, जाजरकोटमा महेश सिंह सभापति चयन भएका छन् ।
सुदुरपश्चिम प्रदेशअन्तर्गत कैलालीमा कवीन्द्र ठगुन्ना, कञ्चनपुरमा पदम विष्ट, दार्चुलामा राजेशसिंह सामन्त, झाङमा सत्यराज उपाध्याय, डडेल्धुरामा सुरेन्द्र अवस्थी, अछाममा ओमप्रकाश रावल, बाजुरामा नवराज जैशी बैतडीमा भीम नाथ, बडोटीमा केशव बलायर सभापति चयन भएका छन् ।
