काठमाडौं, २१ असार ।
नेकपा एमालेको चुनावी समिक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीका पुर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेसहितका पुर्व पदाधिकारीहरुबाट सुझाव लिएर प्रतिवेदन बनाउने भएको छ ।
२० असारभित्र सुझाव सङ्कलन गरेर केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाउनेगरी समयसिमा तोकिए पनि कार्यदल पाण्डेसहितका नेताहरुबाट सुझाव लिएपछी मात्र प्रतिवेदन लेख्ने टुङ्गोमा पुगेको हो ।
केन्द्रिय कार्यालय सचिव डा भीष्म अधिकारीले पाण्डेसहित पुर्व पदाधिकारीहरु र दशौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुबाट सुझाव लिने प्रयोजनका लागि २३ असारमा अलग्गै कार्यक्रम राखिएको र त्यसका लागि सुचित गर्दै आमन्त्रण समेत गरिएको जानकारी दिए ।
पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यसहित १ सय ४० नेतालाई सुझाव दिन कार्यदलले डाकेको छ । कार्यदलको नेतृत्व उपाध्यक्ष रामबहादुर थापाले गरेका छन ।
कार्यदलको समयसिमा सकिए पनि देशभरिबाटै प्रभावशाली नेता पाण्डेसहितका पुर्व पदाधिकारीबाट सुझाव नलिदा राम्रो नहुने र सिङ्गो पार्टी पङ्तिले पनि अपनत्व महशुस नगर्ने भन्दै बादलदहितका नेताहरु दबाबमा थिए ।
पछिल्ला दिनमा महासचिव शङ्कर पोखरेल पनि अध्यक्ष केपी ओलीलाई हटाएर पार्टीलाई पुनर्गठनमा लैजान पाण्डेसग मिलेर जान तयार देखिएका छन । त्यसनिम्ती उनले पटक-पटक सन्देश पठाएका पनि छन । पाण्डे भने विगतको साङ्गठनिक पृष्ठभूमिअनुसार पोखरेल आफुभन्दा जुनियर रहेकाले तत्काल उनैलाई नेता मान्न तयार छैनन । तर पोखरेलमाथी भने पार्टीमा राम्रो साङ्गठनिक पकड भएका र पछिल्ला समयमा राम्रो अर्थविद तथा वौदिक नेताको पोस्टर बनाएका पाण्डेलाई नेताका रुपमा नसमेटी एमाले पुनर्जागृत र एकताबद्ध भएको सन्देश नजाने भन्दै जसरी पनि मिल्न दबाब परिरहेको छ ।
