काठमाडौ, १ साउन ।
एमाले उपमहासचिव योगेश भट्टराईले प्रदेशहरुमा सरकार हेरफेर गर्ने तयारीले सत्तालोलुपता झल्किएको भन्दै बिरोध गरेका छन ।
उनले त्यस विषयमा पार्टीमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने माग पनि गरेका छन ।
“कार्यकालको अन्तिमतिर रहेका प्रदेश सरकारहरूको फेरबदल उचित होईन । किन, कसले र केकालागि यो गरिरहेको छ ? यसको खोजिनीति हुनु पर्दछ । यसले अस्थिरता र सत्ता लोलुपतालाई नै प्रकट गरेको छ” गम्भीर प्रश्न उठानसहित भट्टराईले सामाजिक संजालबाट भनेका छन-“हिजो जनस्तरमा पुराना दल र पुरानो नेतृत्वको बारेमा जे जे टिप्पणी भएका थिए आजका काम/ कर्वाहीले त्यही धारणालाई बल पुर्याईरहेका छन। यस्तो परिस्थितिमा पार्टीको बैठक बसेर सामुहिक निष्कर्षकासाथ अघि बढनु पर्ने हो तर पारा उही पुरानै छ ।”
