कमठमाडौं २० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पार्टीको महाधिवशेन आगामी २६ देखि २८ मंसिरमा आयोजना गर्ने भएको छ ।
महाधिवेशनलाइ भव्य र व्यबस्थित बनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा, जुलुस व्यवस्थापन समिति गठन गरेको छ ।
त्यस्तै, उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति, उपाध्यक्ष हेमजङ् गुरुङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति, महामन्त्री भुवन पाठकको संयोजकत्वमा समारोह व्यवस्थापन समिति, महामन्त्री राजेन्द्र गुरुङको संयोजकत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति, कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ ।
त्यस्तै, गण्डकी प्रदेश अध्यक्ष पन्चराम गुरुङको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम तथा झककाकी व्यवस्थापन समिति, कार्यसम्पादन समिति सदस्य डा. विष्णु भण्डारीको संयोजकत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति, प्रवक्ता मोहन कुमार श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति, केन्द्रीय सदस्य दिपक रन्जितको संयोजकत्वमा शान्ति सुरक्षा तथा व्यवस्थापन समिति, केन्द्रीय सदस्य ई. सजिना कार्कीको संयोजकत्वमा स्वास्थ्य समिति, केन्द्रीय सदस्य ध्रुब विक्रम मल्लको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति र काठमाण्डौं, ललितपुर, भक्तपुर जिल्लालाई स्वागत द्वार व्यवस्थापन समितिको जिम्मेवारी दिईएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

Previous Articleउत्तराधिकारी ‘एक्सपोज’ गर्दै ओली, प्रदिप ज्ञवाली छायाँ महासचिव
